नयाँ प्रविधि
अब मोबाइल नजोडी आइप्याडबाटै सीधै ह्वाट्सएप अकाउन्ट खोल्न सकिने
काठमाडौं । ह्वाट्सएपले विभिन्न प्लेटफर्मका प्रयोगकर्ताका लागि नयाँ सुविधाहरू सार्वजनिक गरेको छ । नयाँ अपडेटसँगै अब एप्पलका प्रयोगकर्ताले आइप्याडबाटै सीधै नयाँ ह्वाट्सएप अकाउन्ट दर्ता गर्न सक्नेछन् ।
साथै, एप्पल म्युजिक र स्पोटिफाईका गीतहरू सिधै ह्वाट्सएप स्ट्याटसमा सेयर गर्न, कारप्ले तथा एन्ड्रोइड अटोमा सुधारिएको अनुभव प्राप्त गर्न र पीडीएफ फाइलसँग सम्बन्धित नयाँ सुविधाहरू प्रयोग गर्न सकिने भएको छ ।
आइप्याडबाटै नयाँ ह्वाट्सएप अकाउन्ट
यसअघि आइप्याडमा ह्वाट्सएप प्रयोग गर्न स्मार्टफोनमा पहिले नै दर्ता भएको अकाउन्टलाई Linked Device का रूपमा जोड्नुपर्ने व्यवस्था थियो । तर, Direct Registration सुविधा उपलब्ध भएसँगै अब प्रयोगकर्ताले मोबाइल फोनको आवश्यकता बिना नै आइप्याडबाटै नयाँ ह्वाट्सएप अकाउन्ट सिर्जना गर्न सक्नेछन् ।
नयाँ अपडेटपछि आइप्याड प्रयोगकर्ताले:
- मोबाइलमा पहिले अकाउन्ट नबनाई सिधै आइप्याड एपबाटै नयाँ ह्वाट्सएप अकाउन्ट दर्ता गर्न सक्नेछन् ।
- स्मार्टफोनलाई Linked Device का रूपमा जोड्नुपर्ने बाध्यता हट्नेछ ।
स्ट्याटसमा अब सिधै गीत सेयर गर्न सकिने
ह्वाट्सएपले स्ट्याटस फिचरमा पनि सुधार गरेको छ । अब प्रयोगकर्ताले एप्पल म्युजिक वा स्पोटिफाईबाट मनपर्ने गीत सिधै ह्वाट्सएप स्ट्याटसमा सेयर गर्न सक्नेछन् । यसले लिङ्क कपी गर्ने वा गीतको विवरण आफैं टाइप गर्नुपर्ने झन्झट हटाउने कम्पनीको विश्वास छ ।
कारप्ले र एन्ड्रोइड अटोमा नयाँ अनुभव
ह्वाट्सएपले एप्पल कारप्ले र एन्ड्रोइड अटोका लागि पनि इन्टरफेस परिमार्जन गरेको छ । नयाँ डिजाइनमार्फत चालकले हातको प्रयोग नगरी भ्वाइस कमान्डमार्फत मेसेज सुन्न, जवाफ पठाउन, ह्वाट्सएप कल गर्न, कल हिस्ट्री हेर्न तथा मनपर्ने सम्पर्कहरूलाई सहजै सम्पर्क गर्न सक्नेछन् ।
पीडीएफ प्रयोग अझ सहज
ह्वाट्सएपले पीडीएफ फाइल व्यवस्थापनका लागि पनि नयाँ सुविधा थपेको छ । अब प्रयोगकर्ताले पीडीएफ फाइल डाउनलोड नगरीकनै च्याटभित्रै खोलेर हेर्न सक्नेछन् । साथै, Adobe Acrobat को सहयोगमा च्याट विन्डो नछाडीकनै पीडीएफमा मुख्य अंश हाईलाइट गर्न र टिप्पणी (Annotations) थप्न सकिनेछ ।
यद्यपि, यीमध्ये केही सुविधा हाल ह्वाट्सएपको वेब र डेस्कटप संस्करणमा मात्र उपलब्ध छन् । कम्पनीका अनुसार यी नयाँ सुविधाहरू क्रमश: विश्वभरका प्रयोगकर्तामाझ उपलब्ध गराइँदै छन् ।
नयाँ प्रविधि
एक्सको नयाँ एन्ड्रोइड एप सार्वजनिक, अब पोस्ट र स्क्रोलिङ झन् छिटो
काठमाडौं । इलोन मस्कको एक्स (पूर्व ट्विटर) ले झन्डै एक वर्षको विकास प्रक्रियापछि आफ्नो नयाँ एन्ड्रोइड एप सार्वजनिक…
एआईको आँखा, ड्रोनको पहरा : बाँदरबाट बाली जोगाउने नेपाली प्रविधि
काठमाडौं । नेपालका किसानका लागि बाँदरबाट हुने बाली नोक्सानी वर्षौंदेखिको ठूलो समस्या हो । खेतमा दिनरात पह…
ह्वाट्सएपको च्याट लक फिचर प्रयोग गरेर आफ्नो व्यक्तिगत कुराकानीलाई कसरी लुकाउने ?
काठमाडौं । ह्वाट्सएपमा प्रयोगकर्ताहरूको सुरक्षाका लागि च्याट लक (Chat Lock) फिचर उपलब्ध छ । यदि तपाईं आफ्ना के…
जिमेलको नयाँ फिचर, एकै क्लिकमा हटाउनुहोस् अनावश्यक इमेल
काठमाडौं । अनावश्यक न्यूजलेटर, अफर र प्रचारात्मक इमेलका कारण जिमेलको इनबक्स भरिने समस्या अब सहजै समाधान गर्न …
कपी गर्नेको कमाइ बन्द, एक्सले पैसा अब वास्तविक क्रियटरलाई दिने
काठमाडौं । सामाजिक सञ्जाल प्लेटफर्म एक्स (पूर्व ट्विटर) ले अरूको सामाग्री कपी गरेर ‘रि–पोस्ट&rsquo…
गुगल एआई मोड अब क्यान्भा, युट्युब म्युजिक र इन्स्टाकार्टसँग जोडियो
काठमाडौं । गुगलले आफ्नो एआई सेवा अझ प्रभावकारी बनाउने उद्देश्यले एआई मोड (AI Mode) लाई क्यान्भा, युट्युब म्युज…
विन्डोज ११ मा आयो सम्पूर्ण पीसीका लागि ‘Undo’ सुविधा, गल्ती भए सजिलै पुरानै अवस्थामा फर्काउन सकिने
काठमाडौं । माइक्रोसफ्टले विन्डोज ११ का 24H2 र 25H2 संस्करणका लागि KB5101650 अपडेट सार्वजनिक गरेको छ । यस अप…
एप्पलको नयाँ एआई सिरी सार्वजनिक परीक्षणमा, अब थप स्मार्ट र व्यक्तिगत
काठमाडौं । एप्पलले आफ्नो नयाँ एआई सञ्चालित सिरीलाई सार्वजनिक परीक्षण मार्फत प्रयोगकर्ताका लागि उपलब्ध गराएको छ …
गुगल इमेजेजमा ‘फर यू’ फिड थपिँदै, एआईमार्फत सर्चमै फोटो बनाउन सकिने
काठमाडौं । गुगलले आफ्नो गुगल इमेजेज (Google Images) लाई अझ व्यक्तिगत र आकर्षक बनाउने उद्देश्यका साथ नयाँ फिच…
स्पोटिफाईमा एआई च्याट फिचर, कुराकानी गरेर गीत खोज्न र बजाउन सकिने
काठमाडौं । संगीत स्ट्रिमिङ सेवा स्पोटिफाईले आफ्ना प्रिमियम सदस्यका लागि कृत्रिम बौद्धिकता (एआई) मा आधारित नयाँ…
एक्सको नयाँ अपडेट : अब आफूले फलो गरेका प्रयोगकर्ताका रिप्लाई नै पहिले देखिने
काठमाडौं । सामाजिक सञ्जाल एक्स (पूर्व ट्विटर) ले प्रयोगकर्ताबीचको संवादलाई थप अर्थपूर्ण र सुरक्षित बनाउने उद्देश्…
अब आइफोनमा आइक्लाउडबिनै ह्वाट्सएप च्याट ब्याकअप गर्न सकिने
काठमाडौं । ह्वाट्सएपले आइफोन प्रयोगकर्ताका लागि एप्पलको आइक्लाउडमा निर्भर रहनुपर्ने बाध्यता हटाउने गरी नयाँ क्ला…
माइक्रोसफ्टको नयाँ अपडेट : विन्डोज ११ मा सर्च अनुभव फेरिँदै
काठमाडौं । माइक्रोसफ्टले विन्डोज ११ को सर्च बक्स (Windows Search) मा प्रयोगकर्ताको अनुभव सुधार गर्न नयाँ परिवर्…
डिजिटल गोपनीयतामाथि प्रश्न उठेपछि मेटाको एआई टूल बन्द
काठमाडौं । सामाजिक सञ्जाल प्लेटफर्म इन्स्टाग्रामका लागि मेटाले हालै सार्वजनिक गरेको कृत्रिम बुद्धिमत्तामा आधारित…
ह्वाट्सएपमा ‘बर्थडे नोटिफिकेसन’ फिचर, परीक्षण सुरु
काठमाडौं । ह्वाट्सएपले प्रयोगकर्ताहरूलाई आफ्ना परिवार, साथीभाइ र आफन्तको जन्मदिन सम्झिन सहज बनाउने नयाँ फिचर व…