कीवर्डहरू -

नयाँ प्रविधि

स्पोटिफाइले ल्यायो ‘प्लेलिस्ट नोट्स’, अब गीत छनोट गर्नुको कारण पनि बताउन सकिने

काठमाडौं । संगीत स्ट्रिमिङ प्लेटफर्म स्पोटिफाइले प्रयोगकर्तालाई आफ्नो प्लेलिस्टमा रहेका गीत, पोडकास्ट तथा अडियोबुकबारे व्यक्तिगत विचार र टिप्पणी लेख्न मिल्ने नयाँ ‘Playlist Notes’ फिचर सार्वजनिक गरेको छ ।

यो सुविधामार्फत प्रयोगकर्ताले कुनै गीतले आफूलाई दिलाउने सम्झना, भावना वा उक्त गीत प्लेलिस्टमा समावेश गर्नुको कारण समेत लेख्न सक्नेछन् । प्लेलिस्ट हेर्न पाउने अन्य प्रयोगकर्ताले पनि ती नोटहरू पढ्न सक्नेछन् ।

स्पोटिफाइका अनुसार सम्पादकहरूले पनि आफ्ना Editorial Playlists मा गीत छनोट गर्नुको कारण उल्लेख गर्दै नोट राख्न सक्नेछन् । सुरुमा यो सुविधा लोकप्रिय तथा चर्चित प्लेलिस्टहरूमा उपलब्ध गराइनेछ ।

यससँगै कम्पनीले सम्पादकहरूका लागि ‘Editor Profiles’ पनि सार्वजनिक गरेको छ । प्रोफाइलमा सम्पादकका मनपर्ने गीत तथा एल्बमसँगै उनीहरूले व्यवस्थापन गर्ने प्लेलिस्टबारे जानकारी पाउन सकिनेछ ।

प्रयोगकर्ताका लागि उपलब्ध Playlist Notes सुविधा iOS र Android दुबैमा उपलब्ध छ । साथै स्पोटिफाइले हाल विश्वभर ३० करोडभन्दा बढी सब्सक्राइबर र ७७ करोड ७० लाखभन्दा बढी मासिक सक्रिय प्रयोगकर्ता रहेको जनाएको छ ।

कम्पनीका अनुसार नयाँ सुविधाले स्पोटिफाइलाई केवल संगीत सुन्ने प्लेटफर्ममा सीमित नराखी प्रयोगकर्ताबीच अनुभव, भावना र संगीतप्रतिको रुचि साझा गर्ने थप व्यक्तिगत तथा सामाजिक प्लेटफर्मका रूपमा विकास गर्न सहयोग गर्नेछ ।

नयाँ प्रविधि

गुगलले ल्यायो नयाँ सुविधा : अब एआई फोटो भिडियोमा देखिने वाटरमार्क हटाउन सकिने

काठमाडौं । गुगलले एआईबाट तयार पारिएका तस्बिर तथा भिडियोमा देखिने वाटरमार्क हटाउन सकिने सुविधा ल्याउने भएक…

फेसबुकले ल्यायो एआईसहितको ‘क्रिएटर स्टुडियो’ एप, क्रिएटरलाई मिल्नेछन् यस्ता सुविधा

काठमाडौं । फेसबुकले कन्टेन्ट क्रिएटरका लागि एआईमा आधारित नयाँ ‘क्रिएटर स्टुडियो’ एप सार्वजनिक गर…

चीनका लागि एप्पलले बनायो छुट्टै एआई मोडल, अलिबाबासँग सहकार्य

काठमाडौं । एप्पलले चीनमा आफ्ना जेनेरेटिभ एआई सेवा सञ्चालन गर्न स्थानीय बजारलाई लक्षित गर्दै छुट्टै लार्ज ल्याङ्ग्व…

डीपसिकको नयाँ मोडलसँगै बढ्यो मूल्य, एपीआई शुल्क चार गुणासम्म महँगो

काठमाडौं । कम लागतमा एआई सेवा उपलब्ध गराउँदै चर्चामा आएको चिनियाँ कम्पनी डीपसिकले आफ्ना एपीआई सेवाको मूल्य …

ह्वाट्सएपमा आउँदैछ नयाँ एआई सुरक्षा फिचर, स्क्याम सन्देश आएलगत्तै दिनेछ चेतावनी

काठमाडौं । ह्वाट्सएपले प्रयोगकर्तालाई अनलाइन ठगीबाट जोगाउन नयाँ ‘स्क्याम डिटेक्सन’ फिचर ल्याउने तय…

गुगलको एआई जेमिनी प्रयोग गर्नेको संख्या १ अर्ब पुग्यो

काठमाडौं । गुगलको एआई एप जेमिनीका मासिक सक्रिय प्रयोगकर्ताको संख्या १ अर्ब नाघेको छ । गुगलका सीईओ सुन्दर पिच…

१० वर्ष पुरानो डिजाइन हटाउँदै इन्स्टाग्रामले ल्यायो नयाँ वर्डमार्क

काठमाडौं । इन्स्टाग्रामले आफ्नो नयाँ वर्डमार्क सार्वजनिक गरेको छ । वर्डमार्क भनेको कम्पनी वा ब्रान्डको नामलाई अक्षर…

जीपीटी ५.६ सोलमा ओपनएआईको ‘अल्ट्राफास्ट’ मोड, १४ गुणासम्म बढ्यो गति

काठमाडौं । ओपनएआईले आफ्नो शक्तिशाली एआई मोडल जीपीटी ५.६ सोलका लागि ‘अल्ट्राफास्ट’ नामक नयाँ मोड…

अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध दुई सञ्चार संस्थाको मुद्दा, ‘ट्रुथ एपीआई’ बन्द गर्न माग

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसल’ मा प्रकाशित सामाग्रीमा शुल्क लिएर अग्रिम पहुँ…

लिनक्समा पनि उपलब्ध भयो च्याटजीपीटी, ओपनएआईले सार्वजनिक गर्‍यो नयाँ डेस्कटप एप

काठमाडौं । लामो समयदेखि लिनक्स प्रयोगकर्ताले प्रतीक्षा गरिरहेको च्याटजीपीटीको आधिकारिक डेस्कटप एप अन्तत: सार्वज…

वास्तविक कलाकार कि एआई ? स्पोटीफाइले ल्याउँदै नयाँ पहिचान प्रणाली ‘एआई पर्सोना’

काठमाडौं । संगीत क्षेत्रमा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग बढ्दै गएपछि स्पोटीफाइले एआईबाट सिर्जित कलाकार पह…

एन्थ्रोपिकको नयाँ कदम : एआईबाट सिर्जित टेक्स्टमा वाटरमार्क अनिवार्य

काठमाडौं । एआई कम्पनी एन्थ्रोपिकले आफ्नो कृत्रिम बुद्धिमत्ता मोडेल क्लाउडलगायतबाट सिर्जना हुने टेक्स्ट र फाइलमा व…

एआईको बजार कब्जा गर्ने होडमा एप्पल, किन्यो ३२ स्टार्टअप

काठमाडौं । कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको विकाससँगै विश्वका ठूला प्रविधि कम्पनीबीच आफ्नो प्रभुत्व स्थापित गर्…

युट्युब क्रिएटरका लागि नयाँ नियम : मोनिटाइजेसनका लागि वाच आवर दोब्बर

काठमाडौं । युट्युबले नयाँ क्रिएटरका लागि मोनिटाइजेसनमा प्रवेश गर्न आवश्यक मापदण्ड थप कडा बनाउने भएको छ । नया…

एन्ड्रोइडबाट गुगल असिस्टेन्ट हटाउँदै गुगल, जेमिनाई बन्दैछ नयाँ सहायक

काठमाडौं । एन्ड्रोइड फोनमा प्रयोगकर्ताको आवाज सुनेर विभिन्न काम गरिदिने गुगलको पुरानो डिजिटल सहायक अब बिस्तारै विस्थापित हुने भएको छ । ग…