नयाँ प्रविधि
गुगल डक्समा जेमिनीको नयाँ एआई सुविधा, अब कमेन्टको सारांश र जवाफ आफैं तयार हुने
काठमाडौं । गुगलले आफ्नो एआई सहायक जेमिनीको क्षमता विस्तार गर्दै गुगल डक्स प्रयोगकर्ताका लागि नयाँ एआई आधारित कमेन्ट व्यवस्थापन सुविधा सार्वजनिक गरेको छ । यस सुविधाले कागजातमा आएका कमेन्टहरूको व्यवस्थापन र सहकार्यलाई थप सहज बनाउने कम्पनीको विश्वास छ ।
नयाँ सुविधाअन्तर्गत जेमिनीले सहकर्मी वा अन्य प्रयोगकर्ताले गरेका कमेन्टहरू पढेर तिनको सारांश तयार गर्न, सम्भावित जवाफको मस्यौदा (ड्राफ्ट) बनाउन तथा प्रयोगकर्ताको तर्फबाट उपयुक्त जवाफ सुझाव दिन सक्नेछ । साथै, जेमिनीले सम्पूर्ण डकुमेन्टको विश्लेषण गरेर आवश्यक सुधार वा सुझावहरू कमेन्टका रूपमा प्रस्तुत गर्न पनि सक्षम हुनेछ ।
गुगलका अनुसार, यस सुविधाले धेरै कमेन्ट भएका कागजातमा मुख्य विषय वस्तु छिटो बुझ्न, प्रतिक्रिया व्यवस्थापन गर्न र सम्पादन प्रक्रियालाई प्रभावकारी बनाउन सहयोग गर्नेछ । प्रयोगकर्ताले प्राप्त सुझावका आधारमा कागजातमा आवश्यक सुधार गर्न जेमिनीको सहायता लिन सक्नेछन् ।
यो सुविधा गुगल डक्सको तल्लो टुलबार वा जेमिनी साइड प्यानलबाट प्रयोग गर्न सकिनेछ । हाल यो सुविधा सम्पादन अनुमति भएका प्रयोगकर्ताका लागि चरणबद्ध रूपमा उपलब्ध गराउन थालिएको गुगलले जनाएको छ । सबै योग्य प्रयोगकर्तासम्म यो सुविधा पुग्न करिब १५ दिन लाग्न सक्ने कम्पनीले उल्लेख गरेको छ ।
गुगलका अनुसार, यो सुविधा Google AI Pro for Education, Google AI Pro तथा Google AI Ultra सदस्यताका प्रयोगकर्ताले प्रयोग गर्न सक्नेछन् ।
नयाँ प्रविधि
व्हाट्सएपले ल्यायो नयाँ सुविधा : अब वेब ब्राउजरबाटै सुरक्षित अडियो भिडियो कल गर्न मिल्ने
काठमाडौं । व्हाट्सएपले आफ्नो वेब संस्करणमा इन्क्रिप्टेड (सुरक्षित) अडियो तथा भिडियो कलिङ सुविधा उपलब्ध गराएको छ…
थ्रेड्स प्रयोगकर्ताले अब इनबक्समै मेटा एआईसँग निजी रूपमा कुराकानी गर्न सक्ने
काठमाडौं । मेटाले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म थ्रेड्समा निजी सन्देश (DM) मार्फत मेटा एआई च्याटबोट उपलब्ध गराउ…
एप स्टोरको सुरक्षामाथि प्रश्न, एप्पलविरुद्ध अमेरिकामा सामूहिक मुद्दा
काठमाडौं । एप्पलको एप स्टोरमा उपलब्ध नक्कली क्रिप्टो वालेट एपका कारण ठूलो आर्थिक क्षति भएको दाबी गर्दै अमेरिकाम…
च्याटजीपीटी अब स्वास्थ्य सहायक पनि, ओपनएआईले ल्यायो ‘हेल्थ’ फिचर
काठमाडौं । ओपनएआईले च्याटजीपीटी प्रयोगकर्ताका लागि स्वास्थ्यसम्बन्धी जानकारी बुझ्न र विश्लेषण गर्न सहज बनाउने उद्द…
क्लाउड वा इमेलबिनै फाइल सेयर गर्न चाहनुहुन्छ ? यो नि:शुल्क एपले बनाउँछ झन् सहज
काठमाडौं । विभिन्न अपरेटिङ सिस्टम भएका डिभाइसबीच छिटो, सुरक्षित र झन्झटरहित रूपमा फाइल आदान प्रदान गर्न Loca…
अब स्न्यापच्याटमा रियल टाइममा आफूले सुनिरहेको गीत साथीहरूसँग शेयर गर्न सकिने
काठमाडौं । स्न्यापच्याटले ‘नाउ प्लेइङ’ नामक नयाँ फिचर सार्वजनिक गरेको छ । यसमार्फत प्रयोगकर्ताले स्…
एआईको बढ्दो प्रयोगसँगै सोलोप्रेन्योरशिपको नयाँ लहर
काठमाडौं । आर्टिफिसियल इंटेलिजेन्स अर्थात् एआईको प्रयोग पछिल्ला केही वर्षमा निकै बढेको छ । एआईले व्यवसायम…
व्हाट्सएपको नयाँ सुरक्षा अपडेट, अकाउन्टमा पासवर्ड राख्न सकिने
काठमाडौं । लोकप्रिय म्यासेजिङ प्लेटफर्म व्हाट्सएपले प्रयोगकर्ताको अकाउन्टलाई अझ सुरक्षित बनाउन पासवर्डमा आधारित न…
मेटासँग प्रतिस्पर्धाका लागि गोपनीयतामा केन्द्रित स्मार्ट ग्लास ल्याउँदै एप्पल
काठमाडौं । एप्पलले मेटाको रे–ब्यान स्मार्ट ग्लाससँग प्रतिस्पर्धा गर्न आफ्नै स्मार्ट ग्लास सार्वजनिक गर्ने तयारी…
फेसबुक मार्केटप्लेसका लागि मेटाले ल्यायो नयाँ ‘सेलर’ एप
काठमाडौं । मेटाले फेसबुक मार्केटप्लेसमार्फत धेरै सामान बिक्री गर्ने प्रयोगकर्तालाई लक्षित गर्दै ‘सेलर&rsq…
स्क्रिनसटले बदल्दै एआईको काम गर्ने तरिका, प्रयोगकर्ताको डाटा कत्तिको सुरक्षित ?
काठमाडौं । तपाईंको स्मार्टफोनमा जस्तै ल्यापटप वा डेस्कटपमा पनि धेरै स्क्रिनसटहरू सुरक्षित भएका हुन्छन् । सामाजिक…
फेसबुकको नयाँ अपडेट : सेल्फी भिडिओ पठाएर नि:शुल्क भेरिफाइड बन्न सकिने
काठमाडौं । सामाजिक सञ्जालमा बढ्दो एआई (कृत्रिम बुद्धिमत्ता) प्रयोगसँगै नक्कली प्रोफाइल र डिजिटल ठगीका घटना बढ्न…
ओपनएआईको एआई नियन्त्रणबाहिर ? आफ्नै निर्णयमा कम्पनी ह्याक गरेपछि बढ्यो सुरक्षा चिन्ता
काठमाडौं । अहिलेसम्म आम रूपमा के मानिँदै आएको थियो भने, एआई जति नै स्मार्ट बनेपनि अन्ततः यो मानवको नि…
क्लोडमा नयाँ भ्वाइस फिचर, अब बोल्दै इमेल र डकुमेन्ट तयार गर्न सकिने
काठमाडौं । एआई कम्पनी Anthropic ले आफ्नो च्याटबट Claude को भ्वाइस मोडमा ठूलो सुधार गर्दै प्रयोगकर्तालाई थप शक्…
अब सेल्फी भिडियोबाटै गुगल अकाउन्टमा लगइन गर्न सकिने
काठमाडौं । गुगलले प्रयोगकर्ताको पहिचान पुष्टि गर्न सेल्फी भिडियो (Selfie Video Verification) मा आधारित नयाँ…