समाचार
चिरञ्जीवी अधिकारी क्यान महासंघको वरिष्ठ उपाध्यक्षमा सर्वसम्मत निर्वाचित
नेपालको सूचना तथा प्रविधि क्षेत्रको विकासमा दुई दशकभन्दा लामो योगदान दिएका साइबर सुरक्षा विशेषज्ञ तथा आईसीटी अगुवा चिरञ्जीवी अधिकारी कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)को वरिष्ठ उपाध्यक्ष पदमा सर्वसम्मत रूपमा निर्वाचित भएका छन् ।
क्यान महासंघका ६ जना उपाध्यक्ष मध्येेबाट अधिाकरी सर्वसम्मत वरिष्ठ उपाध्यक्ष चयन भएका हुन् । अधिकारीसँगै क्यान महासंघको कोशी प्रदेश सचिवमा ठाकुर कुमार श्रेष्ठ, लुम्बिनी प्रदेश सचिवमा नारायण श्रेष्ठ, संस्थागत समूह सचिवमा केशव भट्टराई र व्यक्तिगत समूह सचिवमा दिपेन्द्र पौडेल चयन भएका छन् ।
चितवनको भरतपुर महानगरपालिका निवासी अधिकारी साइबर सुरक्षा र नेटवर्किङ क्षेत्रमा उच्च विशेषज्ञता राख्ने व्यक्तित्वको रूपमा परिचित छन्। उनले सूचना सुरक्षा, आईटी शासन, कृत्रिम बुद्धिमत्ता, साइबर सुरक्षा, र सूचना सुरक्षा व्यवस्थापन प्रणाली (ISMS) लगायतका विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलहरूमा अनेकौं लेख प्रकाशन गरिसकेका छन्।
अधिकारीलाई नेपालको सूचना तथा प्रविधि क्षेत्रमा गरेको उल्लेखनीय योगदानका लागि मन्त्रिपरिषद् पूर्व अध्यक्ष खिलराज रेग्मीबाट गत वर्ष “आईसीटी एक्सिलेन्स अवार्ड २०२४” प्रदान गरिएको थियो । उक्त सम्मान चन्द्रलोक फाउन्डेसनद्वारा आयोजित विशेष समारोहमा प्रदान गरिएको थियो ।
आईसीटी क्षेत्रमा २१ वर्षभन्दा बढीको अनुभवसहित अधिकारीले नेपालको साइबर सुरक्षा क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन्। अधिकारीले नेपालभरि ५०० भन्दा बढी साइबर सुरक्षा सचेतना कार्यक्रम सञ्चालन गरिसकेका छन्।
उनी ईन्फरमेशन सेक्यूरिटी रेस्पोन्स टिम नेपाल (#npCert) को निर्वतमान अध्यक्ष, सेन्टर फर साइबरसिक्योरिटी रिसर्च एन्ड इनोभेसन (#CSRI) को संस्थापक अध्यक्ष र अग्रणी साइबर सुरक्षा कम्पनी वन कभर प्रालिका सीईओ समेत हुन् ।
साथै, सफ्टवेरिका कलेज अफ आईटी एण्ड ई–कमर्स र टेक्सास कलेज अफ म्यानेजमेन्ट एण्ड आईटीमा अध्यापनमार्फत शैक्षिक योगदान पनि दिँदै आएका छन्।
अधिकारी नेपाली युवालाई प्रविधिमा संलग्न गराउने तथा स्टार्टअप संस्कृति विकास गर्न क्रियाशील छन्। उनका पहलहरूले धेरै युवालाई प्रविधिमा करियर बनाउन उत्प्रेरणा प्रदान गरेको छ।
समाचार
के हो आइफोनको ‘आई’ को अर्थ? इन्टरनेटदेखि इन्स्पिरेशनसम्म ‘आई’ को यात्रा
पछिल्लो केही समययता एन्ड्रोइड फोनको तुलनामा मानिसहरूले एप्पलको आइफोन बढी मन पराउन थालेका छन् । विशेषगरी युवाहरूबीच यसको क्रेज…
हर्कुलेनियमका २,००० वर्ष पुराना स्क्रोलहरू भर्चुअल “अनर्याप”: एल्गोरिदमले ल्यायो प्राचीन पाण्डुलिपिको रहस्य
सन् २०२४ मा प्लस वन (PLOS One) मा प्रकाशित एक अध्ययनले करिब २,००० वर्षदेखि अँध्यारोमा हराइरहेका हर्कुलेनियम (Herculaneum) का प्राचीन स्क्रोलहरूलाई भर्चुअल रू…
गुगल जिमेलमा ल्यायो ‘म्यानेज सब्स्क्रिप्सन’ फिचर, अनावश्यक इमेलबाट छुटकारा पाउने सजिलो उपाय
गुगलले निःशुल्क खाता सँगै १५ जीबी स्टोरेज निःशुल्क दिन्छ । आजको डेटा युगमा यो १५ जीबी कहाँ सकिन्छ भन्ने थाहा नै हुँदैन् । यस्तो…
डिजिटल नेपाल फ्रेमवर्क २.० कार्यान्वयनका लागि सरोकारवालासँग क्यान महासंघको छलफल
कम्प्युटर एसोसिएन नेपाल महासंघ (क्यान महासंघ)ले आयोजना गरेको डिजिटल नेपाल फ्रेमवर्क २.०: कार्यान्वयन सरोकारवालासँग छलफल …
केकियस म्याक्सिमस: एलन मस्कको नाम परिवर्तनले क्रिप्टो बजारमा ल्यायो हलचल
टेस्ला र स्पेसएक्सजस्ता कम्पनीका सीईओ एलन मस्क आफ्नो अनौठो क्रियाकलापका लागि चिनिन्छन् । यद्यपि उनी विश्वका सबैभन्दा धनी व्यक्तिहरूको …
ओपनएआईदूारा क्लाउड-आधारित स्वतन्त्र कोडिङ एजेन्ट "कोडेक्स" को अनुसन्धान प्रीभ्यू सार्वजनिक
ओपनएआईले सफ्टवेयर विकासका लागि आफ्नो नयाँ एआई उपकरण कोडेक्सको अनुसन्धान प्रीभ्यू सार्वजनिक गरेको छ, जुन क्लाउड–आधारित इन्ज…
एनसेल फ्ल्याश सेल्समा अब आकर्षक डेटा प्याकसँगै सामाजिक सञ्जालहरूमा निःशुल्क पहुँच
एनसेलले आफ्नो साप्ताहिक फ्ल्याश सेल्स अफरलाई परिमार्जन गर्दै अब आफ्ना ग्राहकहरुलाई प्रत्येक शनिबार लोकप्रिय सामाजिक सञ्जालहरूमा २४ घ…
सिडरगेट नेपालमा एमच्यामको मेम्बर लर्निङ सिरिज
अमेरिकी चेम्बर अफ कमर्श इन नेपाल (एमच्याम)ले आफ्नो सदस्य संस्था सिडरगेट नेपालमा मेम्बर लर्निङ सिरिज सम्पन्न गरेको छ । एमच्यामका सदस्य संस्थाका प्रतिनिधिलगायतको …
जुनसुकै आईपी एड्रेसबाट सञ्चालन हुन्छ वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली, डेटा सुरक्षामा प्रश्न
वैदेशिक रोजगार विभागले सञ्चालनमा ल्याएको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली कार्यालयका कर्मचारीहरूले जुनसुकै आईपी एड्रेसबा…
एलन मस्कको ‘अप्टिमस’ रोबोटले मानवजस्तै नाचेर मच्चायो तहल्का, भिडियोले सबै चकित
एलन मस्क र उनका कम्पनीहरूका कामहरू सधैं चर्चामा रहने गर्छन् । सबैलाई थाहा भएकै कुरा हो कि मस्कको एक कम्पनीले ‘ह्युमनोइड&r…
टेरामक्स प्रकरणमा पूर्वमन्त्रीसहित १६ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा, ३ अर्ब २१ करोड बिगो
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स प्रकरणमा अनियमितता भएको आरोपसहित १६ जना र २ कम्पनी गरी १८ विरुद्ध विशेष अदालतमा म…
डिपफेकमार्फत जर्ज क्लूनी र ब्राड पिटको नक्कली अवतार बनाएर करोडौँ ठगी
अनलाइन ठगीका घटना कति खतरनाक बन्दै गइरहेका छन् भन्ने कुरा हालैको एक घटनाबाट बुझ्न सकिन्छ । अर्जेन्टिनाकी एक महिलासँग एक अचम्मको…
१० औं वार्षिकोत्सव मनाउँदै टेक्नोरियो
आईटी कम्पनी टेक्नोरियो १० औं वर्ष पूरा गरी ११ औं वर्षमा प्रवेश गरेको छ । एक दशकअघि देशमै केही गर्ने हुटहुटीसहित टेक्नोरियोको स्…
ड्राइभिङ लाइसेन्स: २५ लाख ७१ हजार स्मार्ट कार्ड माग, ८ लाख मात्रै मौज्दातमा
महालेखा परीक्षकको कार्यालयले स्मार्ट सवारीचालक अनुमतिपत्र २५ लाख ७१ हजार माग भएकोमा ८ लाख कार्ड मात्रै मौज्दातमा रहेको बताएको छ…
महालेखाले भन्यो: सरकारी सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने व्यवस्था प्रभावकारी भएन
महालेखा परीक्षकको कार्यालयले सबै सरकारी सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गर्ने व्यवस्था प्रभावकारी नभएको बताएको छ ।&…