समाचार
विपद्मा दराज नेपालको साथ, बाढी पीडितलाई ४५ लाखको राहत
काठमाडौं । नेपालका विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायलाई राहत तथा सहयोग उपलब्ध गराउँदै दराज नेपालले राष्ट्रिय विपद् प्रतिकार्यमा आफ्नो साथ र प्रतिबद्धता दोहोर्याएको छ ।
यस राहत पहलअन्तर्गत दराज नेपालले करिब ६०० बाढी प्रभावित परिवारलाई लक्षित गर्दै ३० हजार अमेरिकी डलर (करिब ४५ लाख रुपैयाँ) बराबरको राहत सामाग्री उपलब्ध गराएको छ । साथै, थप आवश्यक सहयोगको योजना तथा तयारी पनि गरिरहेको छ ।
प्रभावित समुदायलाई तत्काल आवश्यक पर्ने सामाग्री पहिचान गर्न दराज नेपालले नेपाल सरकारसँग समन्वय गर्दै ती सामाग्रीको खरिद तथा व्यवस्थापनमा पनि सहयोग गरिरहेको छ ।


हाल उपलब्ध गराइएका राहत सामाग्रीमा चामल, दाल, चना, नुन, सोयाबिन, खानेतेल, चिया तथा बिस्कुटलगायत लामो समयसम्म सुरक्षित राख्न सकिने अत्यावश्यक खाद्य सामग्री रहेका छन् ।
यी राहत सामाग्री प्रभावित परिवारसम्म पुर्याउनका लागि नेपाल सरकारलाई प्रत्यक्ष हस्तान्तरण गरिएको हो । यसले राहत सहयोग स्थानीय आवश्यकताअनुरूप लक्षित गर्न तथा सबैभन्दा बढी सहयोग आवश्यक रहेका समुदायसम्म प्रभावकारी रूपमा पुर्याउन सहयोग मिल्ने कम्पनीको अपेक्षा छ ।
तत्कालीन राहत कार्य अघि बढ्दै गर्दा प्रभावित समुदायमा खाना पकाउने तथा खाना वितरणका लागि आवश्यक भाँडाकुँडा र सामाग्रीको आवश्यकता पनि पहिचान भएको छ । दराज नेपालले नेपाल सरकारसँगको समन्वय तथा स्थलगत आवश्यकताको मूल्यांकनका आधारमा राहत सहयोगको आगामी चरणमा यस्ता सामाग्री खरिद गर्ने तयारी गरिरहेको छ ।
हालै आएको विनाशकारी बाढीका कारण नेपालको विभिन्न क्षेत्रमा जनजीवन, रोजगारी तथा जीविकोपार्जन, यातायात र अत्यावश्यक सेवामा समेत गम्भीर असर परेको छ । विपद्को यस अवस्थाले उद्धार तथा राहत कार्यमा खटिएका सुरक्षाकर्मी, स्वयंसेवक, आपत्कालीन उद्धारकर्मी तथा अन्य अग्रपंक्तिमा रहेर काम गरिरहेका व्यक्तिहरूमाथि पनि ठूलो दबाब सिर्जना गरेको छ ।
दराज नेपालले यस्ता विपद्को समयमा सामूहिक प्रयासको महत्त्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गर्दै निजी क्षेत्रले सरकार र समुदायसँग सहकार्य गरी आफ्ना स्रोत, क्षमता तथा पहुँचलाई आवश्यक स्थानमा परिचालन गरेर राष्ट्रिय विपद् प्रतिकार्यमा अर्थपूर्ण योगदान पुर्याउन सक्ने जनाएको छ ।

यसैबीच, बाढीका कारण सडक तथा यातायात पूर्वाधारमा आएको अवरोधले विभिन्न क्षेत्रमा लजिस्टिक्स तथा डेलिभरी सेवामा समेत ठूलो चुनौती सिर्जना गरेको छ । दराज नेपालका टोलीहरूले आफ्नो लजिस्टिक्स नेटवर्कअन्तर्गतका विभिन्न मार्ग तथा सञ्चालन अवस्थाको निरन्तर निगरानी र मूल्यांकन गरिरहेका छन् ।
ग्राहक, विक्रेता, डेलिभरी कर्मचारी तथा साझेदारहरूको सुरक्षा कम्पनीको पहिलो प्राथमिकता रहेको दराज नेपालले जनाएको छ । जहाँ अवस्था अनुकूल र सुरक्षित छ, त्यहाँ दराज नेपालले आफ्ना लजिस्टिक्स साझेदार तथा सम्बन्धित सरोकारवालासँगको समन्वयमा सेवा सञ्चालन तथा पुन:स्थापनाका लागि काम गरिरहेको छ ।
यद्यपि, प्रभावित क्षेत्रमा सडक तथा यातायातको अवस्थाका कारण केही समयका लागि डेलिभरी तथा सेवामा ढिलाइ वा अवरोध आउन सक्ने कम्पनीले जनाएको छ । दराज नेपालले विपद्को यस अत्यन्त कठिन परिस्थितिमा प्रभावित समुदायको उद्धार तथा सहयोगका लागि निरन्तर खटिरहेका नेपालका आपत्कालीन उद्धारकर्मी, सुरक्षाकर्मी, स्वयंसेवक तथा अन्य अग्रपंक्तिका सहयोगीहरूप्रति हार्दिक सम्मान र कृतज्ञता व्यक्त गरेको छ ।
कम्पनीले तत्कालीन राहत चरणपछि पनि आफ्नो सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ । तत्कालका उद्धार तथा राहतका आवश्यकता सम्बोधन भइसकेपछि दराज नेपालले नेपाल सरकारसँग निरन्तर समन्वय गर्दै पुनर्निर्माण तथा पुन:स्थापनाका क्षेत्रमा आफ्ना स्रोत र क्षमतामार्फत प्रभावकारी रूपमा योगदान गर्न सकिने सम्भावनाको पहिचान गर्ने जनाएको छ ।
“यस्तो ठूलो संकटका बेलामा सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको स्थलगत आवश्यकतालाई बुझेर छिटो र अर्थपूर्ण रूपमा सहयोग पुर्याउनु हो । प्रभावित परिवार तथा समुदायलाई अत्यावश्यक राहत उपलब्ध गराउन र समग्र विपद् प्रतिकार्यमा सहयोग गर्न हामी नेपाल सरकारको साथमा नजिकबाट समन्वय गरिरहेका छौँ,” दराज नेपालका प्रबन्ध निर्देशक बेन योङले भने, “हाम्रो जिम्मेवारी तत्कालीन आपत्कालीन अवस्थासँगै समाप्त हुँदैन । प्रभावित समुदाय पुन:स्थापित हुँदै अघि बढ्ने क्रममा पनि हामी उहाँहरूसँग निरन्तर रहनेछौँ ।”
समाचार
यामाहा ब्लू स्ट्रीक्स मोटरसाइकल कम्युनिटीद्वारा रसुवा र नुवाकोटका बाढीपीडितलाई सहयोग
काठमाडौं । गत भाद्र १० गते रसुवा जिल्लामा अचानक आएको बाढीले दर्जनौं पुलहरूमा क्षति पुर्याउनुका साथै हज…
एफवानसफ्ट ग्रुपद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ३५ लाख रुपैयाँ सहयोग
काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढी प्रभावितहरूको सहयोगार्थ एफवानसफ्ट ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्…
रसुवा–भोटेकोशी बाढीपीडितका लागि जेन्सेन ह्वाङको १० मिलियन डलर सहयोग
काठमाडौं । अमेरिकी प्रविधि कम्पनी एनभिडियाका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत जेन्सेन ह्वाङले रसुवा&ndash…
स्टामफोर्ड कलेजमा PUBG Mobile प्रतियोगिता हुँदै, १२० टिमले प्रतिस्पर्धा गर्ने
काठमाडौं । स्टामफोर्ड कलेज काठमाडौंले ‘STAMFORD ELITE ARENA’ नामक PUBG Mobile प्रतियोगिता आयो…
हार्डवेयर इन्जिनियरबाट एप्पलको सीईओसम्म, टर्नसको नयाँ यात्रा
काठमाडौं । एप्पलको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी अब जोन टर्नसले सम्हालेका छन् । टिम कुकले सीईओ…
गुगल म्याप्समा फेरियो लेक ओन्टारियोको नाम, अमेरिकामा देखियो ‘लेक अमेरिका’
काठमाडौं । गुगल म्याप्सले अमेरिकाका प्रयोगकर्ताका लागि लेक ओन्टारियोलाई ‘लेक अमेरिका’ नामबाट दे…
फ्ल्यास फ्लड पीडितका लागि एमएडब्लू ग्रुपको १ करोड ११ लाख सहयोग
काठमाडौं । देशका विभिन्न जिल्लामा आएको विनाशकारी फ्ल्यास फ्लडबाट प्रभावित नागरिकको राहत तथा पुन:स्थापनाका लाग…
पेन्टागनमा एआई विस्तार तीव्र, च्याटजीपीटी र ग्रोक सरकारी प्रयोगमा
काठमाडौं । अमेरिकी रक्षा विभाग पेन्टागनले आफ्ना लाखौं कर्मचारीका लागि विशेष रूपमा तयार पारिएका जेनेरेटिभ ए…
राष्ट्रिय विपद्मा शंकर ग्रुपको ४ करोड सहयोग
काठमाडौं । रसुवा बाढीबाट प्रभावितका लागि राहत, उद्धार तथा पुन:र्स्थापनामा सहयोग पुर्याउन शंकर ग्रुपले ४…
भोटेकोशी बाढीपछि ३ लाखभन्दा बढी ग्राहकले पाए एनसेलको नि:शुल्क दूरसञ्चार सेवा
काठमाडौं । विनाशकारी भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रका नागरिकलाई सम्पर्कमा रहन सहज होस् भन्ने उद्देश्यले एनसे…
मस्कको दाबी: सन् २०२७ को अन्त्यसम्म डिजिटल काममा एआईले मानिसलाई उछिन्नेछ
काठमाडौं । टेस्ला तथा स्पेसएक्सका प्रमुख एलन मस्कले कृत्रिम बुद्धिमत्ता (एआई) ले आगामी वर्षको अन्त्यसम्म कम्प्युटर त…
पहिरो प्रभावित तिब्बतमा नयाँ ४जी/५जी बेस स्टेसन सञ्चालन, उद्धार क्षेत्रमा सञ्चार सहज
काठमाडौं । चीनको दक्षिणपश्चिमी तिब्बत स्वायत्त क्षेत्रको ग्यिरोङ काउन्टीमा पहिरोका कारण प्रभावित भएको क्षेत्रमा सञ्…
उच्च सुरक्षा जोखिमपछि ई-जीपी प्रणाली अनिश्चितकालका लागि बन्द
काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले विद्युतीय सरकारी खरिद प्रणाली (ई-जीपी) मा उच्च सुरक्षा जोखिम देख…
के एल दुगड ग्रुपद्वारा बाढी पीडितलाई खाद्यात्र सामाग्री सहयोग
काठमाडौं । भदौ १० गते रसुवा क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रका परिवारलाई के एल दुगड ग्रुपले…
नाइमाद्वारा रसुवा बाढी प्रभावितका लागि ५० लाख सहयोग
काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले रसुवाको भोटेकोशी नदीमा आएको …