कीवर्डहरू -

ह्वावे एसिया–प्यासिफिक डिजिटल इन्नोभेसन कंग्रेस सुरु

ह्वावे एसिया–प्यासिफिक डिजिटल इन्नोभेसन कंग्रेस सुरु

ह्वावे र एएसइएएन फाउण्डेशनको सहआयोजनामा ह्वावे एसिया–प्यासिफिक (एपिएसी) डिजिटल इन्नोभेसन कंग्रेस मे १९ बाट सुरु भएको छ ।

कार्यक्रममा एसिया–प्यासिफिक क्षेत्रबाट १० बढी देशहरुका १५०० सरकारी कर्मचारी, विज्ञ, पार्टनर र विश्लेषकहरुको सहभागीता रहेको थियो ।

कार्यक्रममा आइसिटी क्षेत्रमा भएको परिवर्तनहरु, द्रुत गतिमा भईरहेको डिजिटल परिवर्तन र ग्रीन र लो कार्बन विकास जस्ता विषयमा छलफल भएको थियो ।

\"\"

ह्वावेको रोटेटिङ अध्यक्ष केन हुले एसिया–प्यासिफिक क्षेत्रले विश्वको आर्थिक क्षेत्रमा पुर्याएको महत्वपूर्ण भूमिकाको बारेमा बताए र त्यसले डिजिटल इनोभेसनमा पनि महत्व राखेको बताए ।

उनले धेरै एपिएसी देशहरूले डिजिटल रूपान्तरणलाई रणनीतिक नीति स्तरबाट काम गरिरहेको र गो ग्रीन कन्सेप्टमा पनि सक्रिय रुपमा लागेको बताएका छन् ।

ह्वावेले सन् २०२२ मा ग्रीन र डिजिटल एपिएसीका लागि अझै काम गर्ने प्रतिबद्धता पनि जनाएको छ ।