कीवर्डहरू -

दराजले अब डेलिभरीमा विद्युतीय स्कुटर प्रयोग गर्ने

दराजले अब डेलिभरीमा विद्युतीय स्कुटर प्रयोग गर्ने

दराजले अब डेलिभरीको लागि विद्युतीय बाइक प्रयोग गर्ने घोषणा गरेको छ। कम्पनीले हालै १० वटा ओकिनावा डुअल इलेक्ट्रिक बाइक खरिद गरेको जनाएको छ जसलाई काठमाडौं उपत्यकामा डेलिभरी गर्न प्रयोग गरिने छ ।

विशेष गरी धुम्बाराही, चाबहिल, कपन, कुलेश्वर, कालीमाटी, न्युरोड, नागार्जुन, पुलचोक, सानेपा, जावलाखेल लगायतका केही क्षेत्रका ग्राहकलाई सामान पुर्याउन विद्युतीय बाइकको प्रयोग गरिने छ ।

यस नयाँ पहलमार्फत, दराजले आयातित इन्धनको खपतलाई स्वदेशमै उत्पादन हुने 'क्लिन एण्ड ग्रिन' बिजुलीले प्रतिस्थापन गर्ने र वातावरणमा कार्बन फुटप्रिन्ट कम गर्ने अपेक्षा गरेको छ।

साथै, कम्पनीले दुई र चार पाङ्ग्रे दुवै खण्डमा आफ्नो फ्लीटमा विद्युतीय सवारी साधनको संख्यालाई थप विस्तार गर्ने योजना रहेको पनि बताएको छ।

दराजकी प्रबन्ध निर्देशक आँचल कुँवरले यो दिगो तथा वातावरण मैत्री कदम भएको बताइन् । दराजले डेलिभरी सवारी साधनहरूमा १० वटा विद्युतीय स्कुटर थपेको छ ।

दराजले प्याकेजिङ्गको लगभग 80 प्रतिशत पुन: प्रयोग गरिएको कागज प्रयोग गर्दै आएको छ । पूर्ण रूपमा कागजविहीन जाने प्रयास गरिरहेको छ । दराजले नागार्जुनको सामुदायिक वनमा चारसय बढी रूखहरू पनि रोपेका छ ।

हरियाली नेपाल निर्माण गर्न मद्दत गर्ने उपायहरू कार्यान्वयन गर्न दराज सधैं अग्रसर रहेको कुँवरको भनाइ छ ।

सेप्टेम्बर २३ मा दराजको थसिखेल हबमा आयोजित कार्यक्रममा दराज नेपालकी प्रबन्ध निर्देशक आँचल कुँवरले कम्पनीका गोपी कृष्ण, सोल्टीमोड र थसिखेल हबका डेलिभरी हिरोहरुलाई विद्युतीय बाइकको साँचो हस्तान्तरण गरेकी थिइन् ।