कीवर्डहरू -

प्रविधिमा भौतिक विज्ञानको भूमिका

प्रविधिमा भौतिक विज्ञानको भूमिका

प्रविधि भनेकै भौतिक विज्ञान तथा विज्ञानको अरु शाखाहरुको व्यवहारिक प्रयोग गर्नु नै हो । भौतिक विज्ञान र प्रविधि एक अर्काको परस्पर सहयोगद्वारा विकास हुन्छन् ।

भौतिक विज्ञानमा भएको विभिन्न विचारहरुको अन्वेषण प्राविधिक समस्याबाटै थाहा हुने गर्दछ । भौतिक विज्ञान र प्रविधि एकअर्कासँग अन्तर्निहित पनि हुन्छन् ।

हामीले अध्ययन गर्दा प्रविधिले नयाँ भौतिकशास्त्रको जन्म दिने र अरु समय भौतिक विज्ञानले नयाँ प्रविधिको विकास गर्ने पाउन सक्छौँ । प्रविधिको भौतिक विज्ञानमा कस्तो भूमिका हुने गर्दछ ? आज हामी सोही विषयमा जानकारी दिदैछौँ ।

- डिस्चार्ज ट्युब प्रयोग गरेर क्याथोड रे पत्ता लगाइएको थियो । क्याथोड रे लाई टगंस्टेनले अवरोध गर्दा एक्स रे उत्पन्न हुने गर्दछ । एक्स रेको उत्पत्तिले भौतिक विज्ञानको विकासमा अझै मद्दत पुर्याएको हो । यसले प्रमाणुको बनावटको अध्ययन र स्पेक्ट्रल विश्लेषणमा मद्दत पुर्याएको छ ।

- म्याक्सवेल र हर्जले ईलेक्ट्रोम्याग्नेटिक वेबमा काम गरेकाले वायरलेस प्रविधिको विकास हुन पुग्यो । यो वायरलेस प्रविधिको विकासले गर्दा वैज्ञानिकहरले स्पार्क डिस्चार्ज र विद्युतीय एमिसनमा ध्यान दिन थाले । वायरलेस प्रविधिको विकासले गर्दानै प्रमाणुको सिद्धान्तलाई अझै परिमार्जन गर्न सम्भव भयो । यसले धातुहरुको अवस्थाबारे पनि अरु सिद्धान्त विकास गर्नलाई सहयोग पुर्याएको छ ।

- आधारभूत शिक्षासँगै भौतिक विज्ञानलाई भविष्यको प्रविधि विकास गर्नलाई प्रयोग गर्न सकिन्छ । यसले विश्वको अर्थतन्त्रलाई अगाडि बढाउन मद्दत गर्ने गर्दछ । भौतिक विज्ञानले समाजको समोन्नतिका लागि योगदान दिईरहेको छ ।

कम्पयुटर वैज्ञानिकले डिजाइन तथा विकास गरेको सफ्टवेयरलाई आईटी विज्ञले प्रयोग तथा व्यवस्थित गर्छन्। हरेक व्यवसायमा आईटी टिम हुन्छन्, जसमा डेभलपर, डेक्स्टप सपोर्ट कर्मचारी र सेक्युरिटी विश्लेषक पर्ने गर्दछन् ।