कीवर्डहरू -

नङ पोलिस सुकाउने युभी ड्रायरले छाला रोग निम्त्याउन सक्ने

नङ पोलिस सुकाउने युभी ड्रायरले छाला रोग निम्त्याउन सक्ने

अन्वेषकहरुले नंग पोलिस सुकाउने युभी ड्रायरले डिएनएलाई नोक्सानी पुर्याउने र म्युटेसन गर्ने पत्ता लगाएको छ । सन् २०१० मा सार्वजनिक भएसँगै जेल म्यानिक्योर एकदमै चर्चामा रहेको छ ।

जेल नंग पोलिस लामो समयसम्म रहिरहने र छिटो नमेटिने हुँदा धेरै जनाले जेल नंग पोलिस प्रयोग गर्न थालेका छन् । घरमा हामीले नंग पोलिस लगाउँदा कहिले सुक्छ भनेर दिक्क लाग्ने गर्दछ तर युभी ड्रायरले जेल नंग पोलिसलाई पनि केही समयमानै सुकाइदिन सक्छ ।

यूभी लाईटले जेल भित्र रहेको रसायनलाई सक्रिय बनाएर सख्त बनाउने गर्दछ र नंग पोलिस छिट्टै सुख्छ तर यसले स्वास्थयमा भने नराम्रो असर पार्ने गरेको हामीले देख्न सक्छौँ । यूभी लाईटले बेग्लै किसिमको छाला क्यान्सर पनि गराइरहेको क्यालिफोर्नियन सस्यान डियेगो विश्वविद्यालयका अन्वेषकहरुले पत्ता लगाएका छन् ।

मान्छेको शरीरको ३० प्रतिशत कोशाणु युभी ड्रायरको यूभी लाईटले मर्ने गरेको पत्ता लागेको छ । तीन चोटि लगातार २० मिनेटसम्म युभी ड्रायरको यूभी लाईटमा पेट्री डिसमा राखिएको ७० प्रतिशत कोशाणु मरेको अन्वेषकले अन्वेषणको क्रममा फेला पारेका हुन् ।

यस अन्वेषणमा माइटोकन्ड्रीअल र डिएनएको नोक्सानी पनि देखिएको थियो । मान्छेहरु अहिले धेरै व्यस्त हुन थालेकाले दैनिक लगाउनुपर्ने खालको नंग पालिस लाउनु भन्दा जेलवाला रुचाउने गर्दछन् तर यसले दिगोरुपमा हातको क्यान्सर र अरु छाला रोगहरु निम्त्याउन सक्ने अन्वेषकहरुको चेतावनी रहेको छ ।