कीवर्डहरू -

विज्ञान दिवसको मूल उदेश्य नै इन्नोभेसन र नवप्रवर्तनलाई प्रवर्द्धन गर्ने हो - गणेश शाह

विज्ञान दिवसको मूल उदेश्य नै इन्नोभेसन र नवप्रवर्तनलाई प्रवर्द्धन गर्ने हो - गणेश शाह


गणेश शाह, पूर्वमन्त्री, विज्ञान तथा प्रविधि

पूर्व मन्त्री गणेश शाह, जो एकपटक विज्ञान, प्रविधि तथा वातावरण मन्त्री हुनुभयो तर सधै मन्त्री झै सकृय हुनुहुन्छ । यु्वाका विभिन्न कार्यक्रम, आइटीका गतिविधि, पानी र वातावरण क्षेत्रमा उहाँको सकृयता झन बढिरहेको छ । नेपाल कम्युनिष्ट पार्टीका केन्दि«य सदस्य तथा पार्टीका विज्ञान प्रविधि संयोजक पनि रहनुभएका शाहुसँग आठौ राष्ट्रिय विज्ञान दिवसको अवसरमा केहि कुराकानी गरेका छौ । उहाँ विज्ञान दिवस आयोजक समितिको संयोजक पनि हुनुहुन्छ ।


राष्ट्रिय विज्ञान दिवसको महत्व के छ ?
विज्ञान विषय वैज्ञानिकहरुको मात्रै विषय नभएर यो आमजनताको र सरोकारको विषय बनाउन राष्ट्रिय विज्ञान दिवसको महत्व छ । आम जनतालाई वैज्ञानिक गतिविधि, वैज्ञानिक ज्ञान र यसमा संलग्न गराउन विज्ञान दिवसको महत्व छ ।


आठौं राष्ट्रिय विज्ञान दिवस कसरी मनाइँदै छ ?
२०७० सालदेखि राष्ट्रिय विज्ञान दिवस मनाउन सुरु भएको हो । यस पटकको आठौं राष्ट्रिय विज्ञान दिवस कोरोना भाइरसको कारण विविध कार्यक्रम गरी भर्चुअल रुपमा मनाइँदै छ । ‘स्वस्थ र गुणस्तरिय जीवनको लागि विज्ञान’ भन्ने मूल नाराका साथ आठौं विज्ञान दिवस आगामी असोज १ गते मनाइँदै छ । विज्ञान दिवसका कार्यक्रमहरु सुरु भइसकेका छन् । यो सप्ताहब्यापी कार्यक्रम हो । असोज १ गते प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथी हुनुहुन्छ । त्यस्तै युनिभर्सिटीको कार्यक्रममा सभामुख अग्नी सापकोटा प्रमुख अतिथी हुनुहुन्छ । भने पार्टीको विज्ञान विभागले गर्न लागेको कार्यक्रममा प्रचण्ड प्रमुख अतिथी हुनुहुन्छ । समग्रमा भन्नुपर्दा आठौं विज्ञान दिवस विविध कार्यक्रमको आयोजना गरी मनाइदै छ ।

\"\"

विज्ञान दिवसका कार्यक्रमहरु सुरु भइसकेका छन् । असोज १ गते प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथी हुनुहुन्छ । त्यस्तै युनिभर्सिटीको कार्यक्रममा सभामुख अग्नी सापकोटा प्रमुख अतिथी हुनुहुन्छ । भने पार्टीको विज्ञान विभागले गर्न लागेको कार्यक्रममा प्रचण्ड प्रमुख अतिथी हुनुहुन्छ । समग्रमा भन्नुपर्दा आठौं विज्ञान दिवस विविध कार्यक्रमको आयोजना गरी मनाइदै छ ।


इन्नोभेसन र नवप्रवर्तनलाई कसरी समेट्छ ?
यसको मूल उदेश्य नै इन्नोभेसन र नवप्रवर्तनलाई प्रवर्द्धन गर्ने हो । यसपालिको ग्लोबल इन्नोभेसन इनडेक्समा नेपाल १०९ स्थानबाट उक्लिएर ९५ औं स्थानमा आईपुगेको छ । इन्नोभेसनमा लगानी, इन्नोभेसन गर्ने मान्छेलाई बढवा र त्यस्तालाई सम्मान गर्ने कार्य पनि हामीले अगाडी बढाएका छौं ।


अहिले नेपालमा विज्ञान तथा प्रविधिको 'सिन्यारियो' के छ ?
अहिलेको अवस्थामा झन्डै ९० हजार नेपालीहरु विज्ञान तथा प्रविधिमा काम गरिरहेका छन् । धेरै नेपालीहरु विदेशमा गएर काम गरिरहेका छन् । त्यसैले आगामी दिनमा नेपालमा विज्ञान तथा प्रविधिको भविष्य उज्जवल छ । त्यसको लागि सरकारले ऐन कानून बनाइदिने तथा लगानी बढाइदिने काम गर्नु प¥यो । त्यस्तै शिक्षा रोजगारी मात्रै नभएर इन्नोभेसन र उद्यमशीलता उत्पादनको लागि पनि जोड दिनुप¥यो ।


ग्लोबल इन्डेक्समा नेपाल के कारणले माथी आएको हो ?
नेपाल यो वर्ष ग्लोबल इन्नोभेसन इन्डेक्समा ९५ स्थानमा आएको छ । सन् २०१९ मा नेपाल १०९ औं स्थानमा थियो । यो पटकको ग्लोबल इन्नोभेसन इन्डेक्समा नेपालले राम्रो प्रगती गरेको छ ।
गत वर्ष मात्रै आईटीमा धेरै इन्नोभेसनहरु अगाडी आएका छन् । गएको ५ देखि ७ वर्षमा हेर्ने हो भने धेरै आईटी इन्नोभेसनहरु अगाडी आएका छन् । नेपाल ग्लोबल इन्डेक्समा माथी उक्लनुको महत्वपूर्ण भूमिका डिजिटल प्ल्याटफर्मको छ ।

यसपालिको ग्लोबल इन्नोभेसन इनडेक्समा नेपाल १०९ स्थानबाट उक्लिएर ९५ औं स्थानमा आईपुगेको छ । इन्नोभेसनमा लगानी, इन्नोभेसन गर्ने मान्छेलाई बढवा र त्यस्तालाई सम्मान गर्ने कार्य पनि हामीले अगाडी बढाएका छौं ।


शिक्षा मन्त्रीले अनलाइन, भर्चुअल वा वैकल्पिक कक्षालाई त्यति म्यानेज गरेको देखिएन नि कसरी जानुपर्छ ?
अब शिक्षालाई प्रविधिमा आधारित र प्रविधिमैत्री बनाउनु पर्छ । केही दिन अगाडी मात्रै विद्यालयको लागि निर्देशिका जारी भएको छ । भने विश्वविद्यालयको लागि निर्देशिका जारी हुदैछ । त्यसैले अब शिक्षामा प्रविधिको उच्चतम प्रयोग गर्नुपर्छ । त्यस्तै शिक्षामा सबै किसिमको प्रविधि जस्तै रेडियो, टिभी, अनलाइन, टेलिफोन प्रयोग गरी वैकल्पिक शिक्षा हैन की यसलाई नै मूल धारको शिक्षामा समेट्नु पर्छ ।

राष्ट्रिय विज्ञान दिवसको अवसरमा के भन्न चाहनुहुन्छ ?
सातौं राष्ट्रिय विज्ञान दिवसको अवसरमा गतवर्ष विज्ञान तथा नवप्रवर्तन नीति घोषणा भएको थियो । उक्त विज्ञान तथा नवप्रवर्तन नीति अनुसारको कार्यक्रम, बजेट तथा कानूनहरु बनाउन सरकारसँग अनुरोध गर्दछु ।