कीवर्डहरू -

अब सबै प्रयोगकर्ताले टिकटकमा ३ मिनेटसम्मको भिडियो बनाउन सक्ने

अब सबै प्रयोगकर्ताले टिकटकमा ३ मिनेटसम्मको भिडियो बनाउन सक्ने

अब सबैले टिकटक प्रयोगकर्ताले ३ मिनेट लामो भिडियो बनाउन सक्ने भएका छन् । गत डिसेम्बरमा टिकटकले आफ्नो प्लेटफर्मका केही प्रख्यात क्रियटरहरुलाई लामो भिडियो हाल्न दिन थालेको थियो ।

अब भने यो फिचर अरु प्रयोगकर्ताले पनि प्रयोग गर्न पाउने भएका हुन् । ६० सेकेण्डको क्लिप सट्टा प्रयोगकर्ताहरुले अब तीन मिनेट सम्मको भिडियो टिकटकमा बनाउन सक्नेछन् ।

आजबाट रोलआउट शुरू भएको यो फिचर केही हप्तामा सबै प्रयोगकर्ताका लागि रोल आउट हुने जनाइएको छ । यो फिचर उपलब्ध भएपछि एपमा प्रयोगकर्तालाई नोटिफिकेसन आउनेछ । यसले भिडियो बनाउन अझै सहज हुने कम्पनीको विश्वास रहेको छ ।

विशेषगरी खाना पकाउने र मेकअपको भिडियो ६० सेकेण्ड भित्र सकाउन एकदमै गाह्रो हुने हुँदा टिकटकले यो फिचर सबैका लागि ल्याउने भएको हो । यो फिचरको प्रयोगले टिकटकको ट्रेन्डमा केही हदसम्म परिवर्तन ल्याउने अनुमान लगाइएको छ ।