कीवर्डहरू -

अब सवारीसाधनको ब्लुबुक बोकेर हिड्नु नपर्ने, क्युआर कोड स्क्यान गरेरै हुनेछ चेकिङ

अब सवारीसाधनको ब्लुबुक बोकेर हिड्नु नपर्ने, क्युआर कोड स्क्यान गरेरै हुनेछ चेकिङ

सवारीसाधनको ब्लुबुक अब बोकेर हिड्नु नपर्ने भएको छ । शुक्रबारदेखि बागमति प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रायले यातायात व्यवस्था सूचना प्रणाली (टिएमआईएस) कार्यान्यनमा ल्याएसँगै ब्लुबुक बोकेर हिड्नुपर्ने बाध्यताको अन्त्य हुने भएको हो ।

टिएमआईएसबाट सवारीसाधनको कर तिर्न, जानकारी लिन र नवीकरण गर्ने जस्ता सेवा पाइन्छ । बागमति प्रदेशभित्र दर्ता भएका तथा अन्य प्रदेशमा दर्ता भएका तर बागमति प्रदेशबाट कर तिरेका र नवीकरण गरेका सवारीसाधनको पनि अनलाइनबाटै कर तिर्ने र नवीकरण गर्न सकिने छ ।

टिएमआईएस प्रयोग गरेर सवारीसाधनको कर तिरेपछि त्यहाँ एउटा रसिद डाउनलोड गर्न सकिने छ । उक्त रसिदमा क्युआर कोडसहित तपाईको सवारीसाधनको सम्पूर्ण विवरण हुन्छ ।

सो डाउनलोड गरेको रसिद तपाईको सवारीसाधनमा टास्नुहोस् । जसबाट ट्राफिक प्रहरीले मोबाइल एपबाट उक्त क्युआर कोड स्क्यान गरी कर तिरे नतिरेको एकीन गर्नेछन् ।