कीवर्डहरू -

प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने सबै कामको जानकारी अब भाइबरबाटै पाइने

प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने सबै कामको जानकारी अब भाइबरबाटै पाइने

प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने सबै कामको जानकारी अब भाइबरबाटै पाइने भएको छ । त्यसका लागि प्रधानमन्त्री देउवाले भाइबर कम्युनिटी बनाएका हुन् ।

फेसबुकमा एक फोटो पोष्ट गर्दै प्रधानमन्त्री देउवाले भाइरबरमा जोइन हुनका लागि लिंक दिएका छन् । उक्त पोष्टमा लेखिएको छ, ‘प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने सबै कामका बारेमा जानकारी रहन भाइबरको आधिकारिक कम्युनिटी जोइन गर्नुस् ।’

साथै भेरिफाइड (ब्लु चिन्ह भएको) कम्युनिटीमा मात्रै जोइन गर्न आग्रह गरिएको छ । प्रधानमन्त्री देउवा फेसबुक, ट्विटर, इन्स्टाग्राम सँगै अब भाइबरमा पनि आवद्ध भएका छन् ।