एनएमबि बैंकका ग्राहक तथा कर्मचारीहरुले नेपालको अग्रणी अनलाइन दराजबाट किस्ताबन्दीमा समान खरीद गर्न पाउने भएका छन् । यसका लागि दराज र एनएमबि बैंकबीच सम्झौता भएको छ ।
एनएमबि बैंकका क्रेडिट कार्ड प्रयोग कर्ताले दराजबाट आफुलाई आवश्यक सामानहरु किस्ता बन्दीमा खरिद गर्न सक्नेछन् ।
यसको लागी ग्राहकले दराजबाट भुक्तानी गरी समान खरिद गर्नेछन् र उक्त खरिद रकमलाई एनएमबि बैंकले ईएमआईमा रुपान्तरण गर्नेछ ।