कीवर्डहरू -

‘द बिग क्वान्टम थिओरी: एजुरेको कथा र आर्किटिक्चेर र रियल टाइम डेटा अभ्यास’ विषयमा वेबिनार हुँदै

‘द बिग क्वान्टम थिओरी: एजुरेको कथा र आर्किटिक्चेर र रियल टाइम डेटा अभ्यास’ विषयमा वेबिनार हुँदै

टेक वेबिनारले ‘द बिग क्वान्टम थिओरी : एजुरेको कथा र आर्किटिक्चेर र रियल टाइम डेटाको अभ्यास’ भन्ने विषयमा वेबिनार आयोजना गर्ने भएको छ । यो टेक वेबिनारको ३१ औँ श्रृङ्ख्ला हो । यो कार्यक्रम १९ सेप्टेम्बर अर्काे आइतबार नेपाली समयानुसार साझ ७ बजे देखि शुरू हुनेछ ।

कार्यक्रममा मास्टर डेटा ल्याबको सिईओ भिभियान रिबेरियो, लुनार कार पिटीका मालिक तथा प्रमुख सल्लाहकार तथा एसक्युएल सर्भरमा केन्द्रित रहेका माइक्रोसफ्टबाट प्रमाणित प्रशिक्षक एन्ड्रे मेलान्सिया वक्ताको रुपमा उपलब्ध हुनेछन् । भिभियानले आईटी तथा व्यवसायको क्षेत्रमा २४ वर्ष भन्दा बढि समय खर्च गरिसकेकी छिन् ।

आर्किटिक्चेर र रियल टाइम डेटाको अभ्यासमा आउने चुनौतीहरु र त्यसको विरुद्ध कुनकुन टूल र सोल्युसन प्रयोग गर्नुपर्छ भनेर छलफल गर्नेछन् । त्यस्तै एन्ड्रे मेलान्सियाले ‘द बिग क्वान्टम थिओरी : एजुरेको कथा’  भन्ने विषयमा छलफल गर्नेछन् । रेजिस्ट्रेसन तथम लाइभ वेबिनार लिकं पाउन यहाँ क्लिक गर्नुहोस् ।