कीवर्डहरू -

माईक्रोसफ्टद्वारा एक्सबक्सका लागि ‘कोपाईलट फर गेमिंग’ एआई असिस्टेन्ट सार्वजनिक

माईक्रोसफ्टद्वारा एक्सबक्सका लागि ‘कोपाईलट फर गेमिंग’ एआई असिस्टेन्ट सार्वजनिक

माईक्रोसफ्टले एक्सबक्स गेमरहरूलाई स्मार्ट अनुभव प्रदान गर्न डिजाइन गरिएको नयाँ एआई–असिस्टेन्ट कोपाईलट फर गेमिंग सार्वजनिक गरेको छ । यो एआई–आधारित असिस्टेन्टले गेमरहरूको समय बचत गर्न मद्दत गर्नेछ, गेम ट्यूटोरियलहरू खोज्न, इन–गेम सहायता प्रदान गर्न, तथा गेम इंस्टल वा अपडेट गर्नजस्ता कार्यहरू सजिलो बनाउनेछ ।

एक्सबक्सको गेमिङ एआई डिभिजनकी कर्पोरेट उपाध्यक्ष फातिमा कर्दार का अनुसार, कोपाईलट फर गेमिंगले गेमरहरूलाई गेम सेटअप गर्न, नयाँ गेमहरूको सिफारिस दिन, इन–गेम सहायता प्रदान गर्न र सामाजिक रूपमा जोडिन मद्दत गर्नेछ ।

यो सुविधा खेलाडीहरूको गेमिङ बानी र प्राथमिकताअनुसार अनुकूलित अनुभव प्रदान गर्नेछ । कोपाईलट फर गेमिंगको मद्दतले खेलाडीहरू साधारण भाषामा आदेश दिएर गेम इंस्टल गर्न सक्नेछन् ।

उदाहरणका लागि, यदि कसैले भन्छ, “मलाई एज अफ एम्पायर फेरि खेल्न मन छ, के तिमी यसलाई इंस्टल गर्न सक्छौ? भने कोपाईलटले एक्सबक्समा उक्त गेम डाउनलोड गर्न सुरु गर्नेछ । यसबाहेक, खेलाडीहरूले आफ्नो गेम प्रोग्रेसको सारांश प्राप्त गर्न र गेम अपडेटहरू जाँच गर्न सक्नेछन् ।

माईक्रोसफ्टका अनुसार, यो सुविधा गेमरहरूलाई त्यसैबेला सहायता प्रदान गर्नेछ जब उनीहरूले आवश्यक ठान्नेछन् । फातिमा कर्दार भन्छिन्, “हामी केवल एआईको उपस्थिति देखाउन चाहँदैनौं, बरु यसलाई सही समयमा उपयोगी बनाउनेछौं । हाम्रो लक्ष्य बाधा नभई सहयोगी अनुभव सिर्जना गर्नु हो ।'