कीवर्डहरू -

आइसिटी स्टार्टअप मेलाको शीर्ष प्रायोजकमा फ्युज मेसिन्स नेपाल

आइसिटी स्टार्टअप मेलाको शीर्ष प्रायोजकमा फ्युज मेसिन्स नेपाल

काठमाडाैं । आइसिटी अवार्ड २०१९ को तयारी स्वरुप देशका विभन्न स्थानमा हुन लागेको प्रदेशस्तरीय आइसिटी स्टार्टअप तथा इन्नोभेसन मेलाको शीर्ष प्रायोजन फ्युज मेसिन्स नेपाल ले गरेको छ ।

स्थानीयस्तरमा रहेका स्टार्टअपहरुलाई प्रवद्र्धन गर्दै अघि बढाउन र विद्यार्थीहरुले बनाएका प्रोजेक्टहरुलाई राम्रो प्लाटफर्म प्रदान गर्ने उद्धेश्यले लिभिङ विथ आइसिटीले ‘ फ्युज मेसिन्स आइसिटी स्टार्टअप एन्ड इन्नोभेसन मेला २०१९ ’ आयोजना गरेकाे हो ।

प्रदेश १ अन्तर्गत विराटनगरमा वैशाख २७ र २८ मा पहिलो मेला आयोजना हुने छ ।

त्यस्तै प्रदेश ५ अन्तर्गत बुटवलमा जेठ १० र ११ गते मेला आयोजना हुने छ भने प्रदेश ३ अन्तर्गत जेठ १७ र १८ मा नारायणगढमा मेला आयोजना हुने छ ।

साथै यो मेलामा प्रदेश सरकार, विभिन्न सरकारी निकाय, आइटी कम्पनी, कलेज, आइटी कम्युनिटी, सञ्चारमाध्यमलगायतले सहयोग गरेका छन् ।