कीवर्डहरू -

जथाभावी विज्ञापन प्रसारण नगर्न सञ्चारमन्त्रीको आग्रह

जथाभावी विज्ञापन प्रसारण नगर्न सञ्चारमन्त्रीको आग्रह

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जथाभावी विज्ञापन प्रसारण नगर्न सञ्चार माध्यामहरुलाई सचेत गराएका छन् ।

मन्त्री बास्कोटाले प्रमाणित नै नभएको मेडिसिनको समेत विज्ञान प्रसारण भइरहेको उल्लेख गर्दै त्यसो नगर्न सञ्चारमाध्यामहरुलाई सचेत गराउनु भएको हो ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकार प्रेस स्वतन्त्रता मात्र नभई त्यसलाई मर्यादित र जवाफदेही बनाउने गरी कानुन बनाउन प्रतिबद्ध रहेको पनि बताए ।

मन्त्री बास्कोटाले सञ्चारसम्बन्धि कानुनलाई अभ्यासको आधारमा सुधार गर्दै लैजाने प्रतिबद्धता पनि व्यक्त गरे ।

मन्त्री बास्कोटाले प्रेसको सम्पादकीय स्वतन्त्रता हनन् हुन नदिन पनि सरकार सचेत रहेको बताए ।