कीवर्डहरू -

आइसिटी अवार्ड २०१९ अन्तर्गत ३ विधाका  उत्कृष्ट ११ को घोषणा

आइसिटी अवार्ड २०१९ अन्तर्गत ३ विधाका  उत्कृष्ट ११ को घोषणा

काठमाडौं । लिभिङ विथ आइसिटीको आयोजनामा साउन ३२ मा हुन लागेको चौथो संस्करणको ‘आइसिटी अवार्ड २०१९’ अन्तर्गत ९ विधामध्ये ३ विधाका शीर्ष ११ को घोषणा गरिएको छ । ११ सदस्यीय निर्णायक समूहले विभिन्न चरण र छनोट प्रक्रियामार्फत् शीर्ष ११ को टुंगो लगाएको हो ।

यी ३ विधाअन्तर्गत स्टार्टअप आइसिटी अवार्ड , प्रडक्ट आइसिटी अवार्ड राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड का उत्कृष्ट ११ प्रतिष्पर्धीको नाम सार्वजनिक गरिएकाे जानकारी जुरी समूहले दिएकाे छ । आइसिटी स्टार्टअप अवार्ड २०१९ अन्तर्गत विभिन्न ९ विधाका लागि १ सय ५० बढीले अनलाइन आवेदन दिएका थिए । सेल्फ नोमिनेशनबाट प्राप्त आवदेन, डकुमेन्ट र प्रोफाइलको अधारमा स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड र राइजिङ स्टुडेन्ट आइसिटी अवार्डको लागि उत्कृष्ट ११ को छनौट गरिएको हो ।

यसअन्तर्गत शीर्ष ११ मा सफल स्टार्टअप कम्पनीमा एडमाना टेक्नोलोजी , सिनिकल टेक्नोलोजी प्रालि , ई–डिजिटल नेपाल प्रालि , हाम्रो टेक्नोलोजी प्रालि , खाली सिसी प्रालि , किताब यात्रा प्रालि, यति बुक्स स्टोर , टायर ट्रिजर्स , युजी केक्स प्रालि , उनेल्मा प्लाटफर्म वाकम्यान ‘ग्रिन क्वेन्स’ रहेका छन् । स्टार्टअप आइसिटी अवार्डमा ३० भन्दा बढीको नोमिनेशन प्राप्त भएको थियो । पहिलो चरणमा क्राइटेरियामा परेका कम्पनीहरुलाई छनाेट प्रक्रियामा समावेश गरिएको थियो ।

त्यसैगरी प्रडक्ट आइसिटी अवार्ड २०१९ अन्तर्गत कुल २६ प्रडक्टको अनलाइन आवेदन परेको थियो । यसअन्तर्गत शीर्ष ११ मा विधाना , डेल्टा सेल्स एप , डिजिटल एड नेटवर्क प्लाटफर्म , प्रोमिस टु सेक्युर , इन्सपेला , खोज इन्फो , एमबैंक , मेडिफ्लो सिस्टम एन्ड सर्भिसेस , स्कुल म्यानेजमेन्ट सिस्टम , श्रीयोग डटकम सर्भे म्यानेजमेन्ट सिस्टम पर्न सफल भएका छन् ।

त्यसैगरी राइजिङ आइसिटी अवार्ड २०१९ मा कुल २० ओटा आवेदन परेको थियो । कलेज पढ्दै गरेका विद्यार्थीले बनाएका इन्नोभेटिभ प्रोजेक्टहरुबीच प्रतिष्पर्धा गराइने यो विधाबाट उत्कृष्ट ११ मा बचाओ एप , हेल्प इआर , नयाँ किनमेल , प्रशासन ई , रक्तदान , स्मार्ट बोट फर रेक्स्यु , वाटर टेस्टर एप , इमेज सर्भ इन्जिन , नेपाली स्टेमिङ , भिनसेल फेस ट्रिप सहयात्री छानिन सफल भएका छन् ।

यी तीन विधाका उत्कृष्ट ११ ले आगामी असार २८ गते शनिवार ११ जना जुरीको माझ प्रेजेन्टेशन, स्पिड डेटिङ र अन्तवार्ता सेसनमा सहभागी हुने छन् । त्यसबाट छानिएका उत्कृष्ट ५/५ प्रतिष्पर्धीका लागि अनलाइन तथा एसएमएस भोटिङ सुरु हुने छ । यस वर्ष उत्कृष्ट ११ मा प्रत्येक विधामा २ भन्दा बढि प्रतिस्प्रधिहरु काठमाण्डौ वाहिरबाट समावेश भएका छन ।

जुरीहरुबाट प्राप्त जानकारीअनुसार पायोनियर आइसिटी अवार्ड, डिजिटल गभर्नेन्स आइसिटी अवार्ड, आन्ट्रप्रनर आइसिटी अवार्ड, नेपाली डायस्पोरा आइसिटी अवार्ड,  डिजिटल एजुकेशन आइसिटी अवार्ड र मिडिया पर्सन आइसिटी अवार्ड २०१९ को छनोट प्रक्रिया जारी रहेको छ । जुरी समुहले यी विधामा प्राप्त डकुमेन्ट र प्रोफाइल अध्ययन गरिरहेको जानकारी दिएको छ । विभिन्न चरणका छनौटहरुसँगै यस वर्ष फिल्ड भिजिटकाे कार्यक्रम समेत समावेश गरिएको छ ।

साउन ३२ गते अवार्ड वितरण समाराेहकाे आयोजना गरिने छ । साे समाराेहकाे विभिन्न टेलिभिजन, अनलाइन मिडिया, फेसबुक, हाम्रो पात्रो एप लगायतमा प्रत्यक्ष प्रसारण हुनेछ ।