कीवर्डहरू -

सेल्सबेरीले अब आईएमएस सफ्टवेयर प्रयोग गर्ने

सेल्सबेरीले अब आईएमएस सफ्टवेयर प्रयोग गर्ने

नेपालको सबैभन्दा ठूलो रिटेल चेनहरूमध्येको एक सेल्सबेरी र आईटी सोलुशन प्रदायक कम्पनी आईएमएस सफ्टवेयरबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । 

नेपालको रिटेल व्यवस्थापन क्षेत्रलाई अझ मजबुत बनाउने दिशामा दुवै कम्पनीहरूको सहकार्य भएको हो । यस समझदारीमा सेल्सबेरीका अध्यक्ष सुशिल प्रधानाङ्ग र आईएमएस सफ्टवेयरका प्रबन्ध निर्देशक सन्तोष ताम्राकारले हस्ताक्षर गरेका छन् । 

यस समझौतापत्रले सेल्सबेरीको सञ्चालनमा नयाँ आयाम थपेको बताइएको छ । आईएमएस सफ्टवेयरमार्फत विशेष गरी सामान व्यवस्थापन, कुइक बिलिङ, लोयल्टी स्किमका सुविधा र लेखा प्रक्रियाहरूलाई प्रभावकारी रुपमा लेखाजोखा गर्ने सुविधाहरु प्रदान हुनेछ । 

यस सहकार्यले आईएमएस सफ्टवेयरमार्फत रिटेल उद्योगभित्र व्यापक ग्राहकहरूलाई आफ्नो समाधानहरूको प्रभावकारी भूमिका प्रदान गर्ने अवसर मिल्नेछ जनाइएको छ । 

सन् १९९३ साल पोखरामा स्थापना भएको सेल्सबेरी सुरूवातमा सेलवेज डिपार्टमेन्ट स्टोरको नामबाट परिचित थियो । सेलवेज क्यास एण्ड क्यारी प्रालिले सेलवेज ब्रान्ड अन्तर्गत १० वटा र सेल्सबेरी ब्रान्ड अन्तर्गत २८ वटा गरी कुल ३८ वटा स्टोरहरू सञ्चालन गरिरहेको छ ।

कम्पनीले पोखरामा सेलवेज र काठमाडौंमा सेल्सबेरी ब्रान्डलाई प्राथमिकता दिई आफ्नो व्यापार विस्तार गरिरहेको छ। ग्राहकहरूलाई सुपर स्टोर, प्रिमियम स्टोर र एक्सप्रेस स्टोर जस्ता विभिन्न स्टोरहरू मार्फत किराना सामान, सौंदर्यका उत्पादन, भान्साका सामान, इलेक्ट्रोनिक्स, कपडा र अन्य दैनिक उपभोग्य वस्तुहरूको बिक्रीवितरण, गर्नुको साथसाथै ग्राहक सेवाप्रति प्रतिबद्धताका साथ, नेपालमा एक उत्कृष्ट रिटेल स्टोर बनेको छ ।

त्यस्तै सन् २००० सालमा स्थापना भएको आईएमएस सफ्टवेयर प्रालिले स-साना, ठुला र सबै प्रकारका व्यवसायहरूको आवश्यकता अनुरुप आईटी सोलुशन विकास गर्दै आएको दुई दशकभन्दा बढीको अनुभव भएको कम्पनी हो । 

यसका आईटी सोलुशन डिपार्टमेन्टल स्टोर, रेस्टुरेन्ट र क्याफेहरू लगायत विभिन्न उद्योगहरूमा प्रयोग भइरहेका छन् । नेपाल, भारत, मलेशिया, युएई, बेलायत र जापान गरी २० हजार भन्दा बढी ग्राहकहरूको साथ, आईएमएस सफ्टवेयर आफ्नो सफ्टवेयर सोलुशन मार्फत सेवा प्रदान गर्दै आएको छ ।