कीवर्डहरू -

सामसङले ग्यालेक्सी एआई ल्याउँदै, लाइभ ट्रान्सलेट कल सुविधा पनि हुने

सामसङले ग्यालेक्सी एआई ल्याउँदै, लाइभ ट्रान्सलेट कल सुविधा पनि हुने

सामसंगले ग्यालेक्सी एआई सार्वजनिक गर्ने भएको छ ।सामसंगले एआई प्रयोग गरेर लाइभ कल ट्रान्सलेट सुविधासहित ग्यालेक्सी एआई ल्याउने घोषणा गरेको हो । 

यो एक अन–डिभाइस युनिभर्सल इन्टेलिजेन्स हो, जसको मद्दतले विभिन्न कार्यहरू गर्न सक्ने कम्पनीको दाबी छ । ग्यालेक्सी एआई सुरक्षा र गोपनीयताको पनि ख्याल राख्नेछ ।

 ग्यालेक्सी एआई अर्को वर्ष लन्च हुन सक्ने छ तर यसको सार्वजनिक हुने मिति अझै भनिएको छैन् । यो कम्पनीको अर्को फ्ल्यागशिप सिरिज ग्यालेक्सी एसमा उपलब्ध गराउन सकिने अपेक्षा गरिएको छ । ग्यालेक्सी एस २४, ग्यालेक्सी एस २४ प्लस र ग्यालेक्सी एस २४ अल्ट्रा यस श्रृंखला अन्तर्गत लन्च गरिनेछ । यी फोनहरू सन् २०२४ को जनवरीमा सार्वजनिक हुन सक्छ ।

सामसङले एआई लाइभ ट्रान्सलेट कल सुविधाको बारेमा थप जानकारी दिदै यसले ग्यालेक्सी फोनहरूमा व्यक्तिगत अनुवादकको रूपमा काम गर्ने बताएक्को छ । यो अनुवाद फिचर कल सुविधा मा प्रदान गरिनेछ । तपाईले बोल्ने बित्तिकै यसले तपाईको कलको अडियो र टेक्स्ट अनुवाद गरेर प्रदान गर्नेछ ।