कीवर्डहरू -

एआई

दुरुपयोगको जोखिम देखिएपछि गुगलले रोक्यो ‘गुगल अर्थ एआई’ फिचर

काठमाडौं । गुगलले आफ्नो नयाँ 'गुगल अर्थ एआई' फिचर सार्वजनिक गरेको केही समयमै त्यसको दुरुपयोग हुने जोखिम देखिएपछि सेवा अस्थायी रूपमा स्थगित गरेको छ । वास्तविक भूगोल र नक्सालाई आधार बनाएर अत्यन्तै यथार्थजस्ता देखिने कृत्रिम तस्बिर सिर्जना गर्न सक्ने यो प्रविधिबाट गलत सूचना फैलिन सक्ने चिन्ता बढेपछि कम्पनीले थप सुरक्षा व्यवस्था लागू नगरेसम्म सुविधा रोक्ने निर्णय गरेको हो ।

गुगलले हालै 'नानो बनाना २ (Nano Banana 2)' नामक एआई इमेज जेनेरेटरलाई गुगल अर्थसँग एकीकृत गरेको घोषणा गरेको थियो । तर, सार्वजनिक भएको ४८ घण्टाभन्दा कम समयमै केही प्रयोगकर्ताले कम्पनीको नीति विपरीत सामाग्री तयार गर्न थालेपछि उक्त सुविधा हटाइएको गुगलले जनाएको छ ।

यो प्रविधिले प्रयोगकर्तालाई टेक्स्टमार्फत निर्देशन दिएर गुगल अर्थमा उपलब्ध उपग्रह, हवाई तथा थ्री डी नक्सालाई आधार बनाउँदै नयाँ दृश्य सिर्जना गर्न सक्ने सुविधा दिएको थियो । तर, यही क्षमताले वास्तविक स्थानमा नभएका घटना, भवन वा अन्य संरचनालाई पनि वास्तविकजस्तै देखिने गरी प्रस्तुत गर्न सक्ने भएकाले यसले गलत सूचना फैलाउने जोखिम बढाएको विज्ञहरूले बताएका छन् ।

आर्टिफिसियल इन्टेलिजेन्स तथा मिडिया विश्लेषक हेन्क भान एसका अनुसार यो प्रविधिको सबैभन्दा ठूलो समस्या नक्कली तस्बिर बनाउनु मात्र होइन, ती तस्बिरलाई वास्तविक नक्सासँग जोडेर प्रस्तुत गर्नु हो । उनका अनुसार कुनै काल्पनिक दृश्य वास्तविक भूगोलमा राखिँदा मानिसहरूले त्यसलाई सहजै सत्य ठान्न सक्छन् ।

अनुसन्धानका क्रममा उक्त एआई प्रणालीले इरानमा अस्तित्वमै नभएको आणविक ऊर्जा केन्द्र, अमेरिका–मेक्सिको सीमामा काल्पनिक शरणार्थी शिविर तथा गाजाको एक अस्पताल नजिक बम विस्फोटबाट बनेको ठूलो खाल्डो देखिने कृत्रिम तस्बिर तयार गरेको पाइएको थियो । यी सबै दृश्य वास्तविक स्थानसँग जोडिएकाले भ्रामक सूचना फैलाउने सम्भावना उच्च रहेको विश्लेषकहरूको निष्कर्ष छ ।

गुगलले भने आफ्नो एआईबाट सिर्जना भएका तस्बिरमा अदृश्य डिजिटल वाटरमार्क राखिएको र प्रयोगकर्ताले जेमिनी वा गुगल लेन्समार्फत तस्बिरको सत्यता परीक्षण गर्न सक्ने जनाएको थियो । यद्यपि, BBC Verify ले गरेको परीक्षणमा यी सुरक्षा उपाय प्रभावकारी भएपनि केही अवस्थामा सजिलै छल्न सकिने देखिएको उल्लेख गरिएको छ ।

परीक्षणका क्रममा एआईलाई प्रत्यक्ष रूपमा आपत्तिजनक दृश्य बनाउन अनुरोध गर्दा त्यसले अस्वीकार गरे पनि, उही अर्थ आउने गरी शब्द परिवर्तन गरेर निर्देशन दिँदा सुरक्षा प्रणाली छल्न सकिएको बीबीसीले जनाएको छ । उदाहरणका रूपमा, बेलायती संसद् बाहिर हिंसात्मक दृश्य सिर्जना गर्न गरिएको प्रत्यक्ष अनुरोध अस्वीकार भए पनि घुमाउरो भाषामा गरिएको समान अनुरोध स्वीकार गरिएको थियो ।

त्यस्तै, ह्वाइट हाउस परिसरमा राजनीतिक सन्देश राख्न अस्वीकार गरे पनि सोही स्थानमा अन्य संरचना सिर्जना गर्न भने प्रणाली तयार भएको देखिएको थियो ।

बीबीसीका अनुसार धेरैजसो बाह्य एआई पहिचान प्रणालीहरूले पनि गुगल अर्थ एआईबाट बनाइएका केही कृत्रिम स्याटेलाइट तस्बिरलाई वास्तविक ठानेका थिए, जसले यस्ता प्रविधिको दुरुपयोग रोक्न अझ प्रभावकारी सुरक्षा आवश्यक रहेको संकेत गर्छ ।

एआई अनुसन्धानकर्ता हेनरी एज्डरले विशेष गरी युद्ध, द्वन्द्व वा संकटग्रस्त क्षेत्रमा यस्ता प्रविधिको दुरुपयोग अत्यन्तै संवेदनशील विषय भएको बताएका छन् । उनका अनुसार पत्रकार, अनुसन्धानकर्ता र सर्वसाधारणले लामो समयदेखि स्याटेलाइट तस्बिरलाई विश्वसनीय प्रमाणका रूपमा प्रयोग गर्दै आएका छन् । तर, एआईमार्फत त्यही स्रोतलाई पनि सजिलै नक्कली बनाउन सकिने अवस्था सिर्जना हुँदा तथ्यमा आधारित सूचना प्रणालीमै चुनौती थपिएको छ ।

यस्तै, गैरनाफामूलक स्याटेलाइट सेवा कमन स्पेसका सहसंस्थापक तथा जियोस्पेसियल विश्लेषक बिल ग्रियरले स्याटेलाइट डेटा ऐतिहासिक रूपमा विश्वसनीय मानिने भएकाले नक्कली दृश्यको बढ्दो प्रयोगले सार्वजनिक विश्वासमा गम्भीर असर पार्न सक्ने बताएका छन् ।

उनका अनुसार भविष्यमा वास्तविक तथ्याङ्कमा पहुँच झन् सीमित हुँदै गए र एआईबाट सिर्जना गरिएका नक्कली तस्बिर बढ्दै गए भने सत्य र भ्रम छुट्याउन झन् कठिन बन्नेछ ।

एआई

च्याटजीपीटी अब स्वास्थ्य सहायक पनि, ओपनएआईले ल्यायो ‘हेल्थ’ फिचर

काठमाडौं । ओपनएआईले च्याटजीपीटी प्रयोगकर्ताका लागि स्वास्थ्यसम्बन्धी जानकारी बुझ्न र विश्लेषण गर्न सहज बनाउने उद्द…

एआईको बढ्दो प्रयोगसँगै सोलोप्रेन्योरशिपको नयाँ लहर

काठमाडौं । आर्टिफिसियल इंटेलिजेन्स अर्थात् एआईको प्रयोग पछिल्ला केही वर्षमा निकै बढेको छ । एआईले व्यवसायम…

स्क्रिनसटले बदल्दै एआईको काम गर्ने तरिका, प्रयोगकर्ताको डाटा कत्तिको सुरक्षित ?

काठमाडौं । तपाईंको स्मार्टफोनमा जस्तै ल्यापटप वा डेस्कटपमा पनि धेरै स्क्रिनसटहरू सुरक्षित भएका हुन्छन् । सामाजिक…

ओपनएआईको एआई नियन्त्रणबाहिर ? आफ्नै निर्णयमा कम्पनी ह्याक गरेपछि बढ्यो सुरक्षा चिन्ता

काठमाडौं । अहिलेसम्म आम रूपमा के मानिँदै आएको थियो भने, एआई जति नै स्मार्ट बनेपनि अन्ततः यो मानवको नि…

गुगलले ल्यायो जेमिनीका तीन नयाँ एआई मोडल, साइबर सुरक्षाका लागि छुट्टै संस्करण

काठमाडौं । गुगल डिपमाइन्डले आफ्ना जेमिनी (Gemini) एआई मोडलको शृङ्खलामा तीन नयाँ मोडल सार्वजनिक गरेको छ । क…

स्पोटिफाईमा एआई च्याट फिचर, कुराकानी गरेर गीत खोज्न र बजाउन सकिने

काठमाडौं । संगीत स्ट्रिमिङ सेवा स्पोटिफाईले आफ्ना प्रिमियम सदस्यका लागि कृत्रिम बौद्धिकता (एआई) मा आधारित नयाँ…

च्याटजीपीटीको नयाँ भ्वाइस फिचर सार्वजनिक, कुराकानी झन् स्वभाविक हुने

काठमाडौं । ओपनएआईले च्याटजीपीटीको भ्वाइस फिचरलाई अझ प्रभावकारी बनाउन GPT Live-1 र GPT Live-1 Mini नामका द…

एआई बजारमा नयाँ तरंग : डिपसिकले आफ्नै चिप विकास गर्दै

एजेन्सी । चिनियाँ कृत्रिम बुद्धिमत्ता (एआई) कम्पनी डिपसिकले आफ्नै एआई चिप विकास गर्ने तयारी अघि बढाएको बताइएक…

गुगलले सर्चमा अपलोड गरिएका फोटो, भिडियो र अडियो एआई प्रशिक्षणमा प्रयोग गर्न सक्ने, यस्तो छ सेटिङ बन्द गर्ने तरिका

काठमाडौं । गुगलले आफ्नो गोपनीयता नीतिमा परिवर्तन गर्दै प्रयोगकर्ताले सर्च सेवामार्फत अपलोड गर्ने केही सामाग्री …

जेमिनी एपमा गुगलको नयाँ ‘जेमिनी स्पार्क’, फाइल व्यवस्थापनदेखि इमेलसम्म एआईले गर्ने

काठमाडौं । गुगलले आफ्नो macOS का लागि उपलब्ध जेमिनी (Gemini) एपमा नयाँ एजेन्टिक एआई (Agentic AI) सहायक &l…

प्रयोगकर्ताले आफ्नै गेम बनाउन सक्ने मेटाको एआई आधारित नयाँ एप परीक्षण चरणमा

काठमाडौं । मेटाले “Pocket” नामक नयाँ एआई-आधारित एप सार्वजनिक गरेको छ, जसले प्रयोगकर्तालाई टेक्…

मेटाले ल्यायो सोचलाई टेक्स्टमा बदल्ने नयाँ एआई

काठमाडौं । मेटाले मस्तिष्कका संकेतलाई टेक्स्टमा रूपान्तरण गर्न सक्ने नयाँ कृत्रिम बौद्धिकता (एआई) प्रणाली Brain2…

विश्वकै पहिलो ‘एआई सिटी’ बन्दै : ब्राजिलले निर्माण गर्दै कृत्रिम बुद्धिमत्ताको भविष्यको सहर

काठमाडौं । पछिल्लो केही समययता आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग र प्रभाव तीव्र रूपमा बढिरहेको छ …

एआईको पर्दा पछाडिको अदृश्य श्रमशक्ति, नेपाललाई पनि असर पुर्याउँदै

काठमाडौं । जब हामी च्याटजीपीटी, जेमिनाइ वा क्लडजस्ता एआई च्याटबोटसँग कुरा गर्छौं, हामीलाई तिनले स्वतः स…