कीवर्डहरू -

एआई

एआईसँग जेन-जीको जटिल सम्बन्ध: उपयोग पनि, संशय पनि

काठमाडौं । आजको विश्वमा जहाँ हरेक व्यक्ति एआईको पछि लागिरहेको छ, त्यहीँ जेन-जीले यो प्रविधिसँग निकै अनौठो र जटिल सम्बन्ध बनाइरहेका छन् । प्रायः मानिसहरूलाई लाग्छ, डिजिटल वातावरणमा हुर्किएको यो पुस्ताले पक्कै पनि एआई लाई आफ्नो जीवनको अभिन्न हिस्सा बनाइसकेको हुनुपर्छ । कसैले यसलाई आफ्नो “थेरेपिस्ट” जस्तो मानिरहेको होला, त कसैले “रोमान्टिक पार्टनर” जस्तो । तर हार्वर्ड बिजनेस पब्लिशिङको पछिल्लो अनुसन्धानले यस्तो सोचमा गम्भीर “रियालिटी चेक” दिएको छ ।

सत्य के हो भने, जेन-जी एआई प्रति उत्साहित त छन्, तर त्यति नै अलमलमा पनि छ । उनीहरू यसलाई कुनै जादुई संसारका रूपमा होइन, बरु बिजुली वा इन्टरनेट जत्तिकै एउटा आवश्यक साधनका रूपमा हेर्छन् । एकातिर उनीहरू आफ्नो काम गर्ने क्षमता बढाउन च्याटजीपीटी वा क्लड जस्ता उपकरणको भर परिरहेका छन्, अर्कोतर्फ उनीहरूको मनमा यो डर पनि गहिरो छ कि कतै यी “स्मार्ट मेसिन”ले उनीहरूको आफ्नै क्रिटिकल थिंकिङ र मौलिकता नै हराइदिने त होइन ।

अब यही अनुसन्धानका पाना पल्टाएर हेरौँ, यो भावना र तर्क दुवैमा चल्ने पुस्ताले एआई सँग आफ्नो जीवन कसरी सन्तुलनमा राखिरहेको छ ।

एआई प्रयोग: ‘काम चोर्ने’ होइन, स्मार्ट वर्क

जेन-जीका लागि एआई केवल कुराकानी गर्ने डिजिटल माध्यम होइन, बरु व्यक्तिगत सहायक हो । उनीहरूले यसलाई धेरै काममा प्रयोग गरिरहेका छन् ।

सबैभन्दा पहिले, गुगललाई बाइ-बाइ । अनुसन्धानका अनुसार करिब ६५ प्रतिशत जेन-जी अब घण्टौँसम्म सर्च इञ्जिनमा जानकारी खोज्दैनन् । उनीहरू सिधै एआईलाई सोध्छन् र सटिक जवाफ पाउँछन् ।

त्यसैगरी, वर्क एन्ड अफिसका काममा पनि एआई निकै उपयोगी भएको छ । लामो इमेल ड्राफ्ट गर्नुपर्ने होस् वा झन्झटिलो एक्सेल सिट सम्हाल्नुपर्ने होस्, एआई ले धेरै काम सजिलो बनाइदिएको छ ।

र यतिमात्र होइन, रिलेशनशिप एड्भाइस का लागि पनि एआई प्रयोग भइरहेको छ । साथीहरू व्यस्त भएको बेला “म आफ्नो एक्सलाई म्यासेज पठाऊँ कि नपठाऊँ ?” जस्ता व्यक्तिगत प्रश्नको जवाफ खोज्न समेत एआई नै सहारा बन्न थालेको छ ।

तर मानिसहरूले सोचेजस्तो जेन-जी सबैले एआईलाई प्रेमी वा प्रेमिका बनाइरहेका छैनन् । अनुसन्धान भन्छ, त्यस्तो सोच्नेको संख्या केवल १० प्रतिशत जति मात्र छ । बाँकी धेरैका लागि एआई एउटा उपयोगी मेसिन मात्र हो ।

अर्को डर: के एआईले हामीलाई अल्छी बनाइरहेको छ ?

जेन-जी निकै आत्मसचेत पनि छन् । उनीहरू एआई प्रयोग त गर्छन्, तर यसको असरबारे चिन्तित पनि छन् । करिब ७९ प्रतिशत युवा ब्रेन रोट अर्थात् दिमाग अल्छी बन्ने डरमा छन् । उनीहरूलाई लाग्छ यदि एआई ले हरेक कुरा हाम्रो सट्टा गरिदियो भने मानिसहरू बिस्तारै सोच्न, लेख्न र निर्णय गर्न कम सक्षम हुन सक्छन् ।

यहीँबाट अर्को ठूलो चिन्ता आउँछ; कग्निटिभ डेट । यसको अर्थ हो, जब हामी बारम्बार कुनै प्रविधि, विशेष गरी एआईमा सोच्ने, लेख्ने, याद गर्ने वा निर्णय गर्ने कामका लागि निर्भर हुन थाल्छौँ, तब हाम्रो आफ्नै विश्लेषण गर्ने क्षमता कमजोर हुँदै जान सक्छ ।

लस अफ स्किल्सको डर पनि छ । जेन-जीलाई चिन्ता छ कि कतै उनीहरूले कोडिङ वा लेखनजस्ता आधारभूत सीपहरू नै बिर्सिने त होइनन् ।

व्यावहारिक तरिका: काम पनि होस्, दिमाग पनि चलिरहोस्

अनुसन्धानका अनुसार स्मार्ट जेन-जी प्रयोगकर्ताले एआई लाई नक्कल गर्ने साधनका रूपमा होइन, बरु विचार साट्ने साथीझैँ प्रयोग गरिरहेका छन् । उनीहरू एआईलाई केही लेख्न लगाएर त्यसले किन यस्तो लेख्यो भनेर बुझ्ने प्रयास गर्छन् । यसरी उनीहरूको आफ्नै सीप पनि बढ्छ ।

अर्को तरिका भनेको दृष्टिकोण परिवर्तन गर्नु हो । “यदि म सिइओ (CEO) भएँ भने यो समस्यालाई कसरी हेर्थें ?” भन्ने प्रश्नमार्फत एआईले फरक दृष्टिकोण दिन सक्छ ।

त्यसैगरी, बैठकका नोट्स बनाउने, सामान्य प्रशासनिक काम गर्ने जस्ता दिमाग थकाउने कामहरू आउटसोर्स गरेर उनीहरू आफ्नो वास्तविक क्रिएटिभिटी का लागि समय बचाइरहेका छन् ।

एआईसँगको विरोधाभास: प्रयोग पनि, असन्तोष पनि

यस अनुसन्धानको सबैभन्दा रोचक पक्ष के हो भने, जेन-जीको एआईसँगको सम्बन्ध एक किसिमको “लभ-हेट रिलेसनसिप” जस्तो छ ।

एकातिर उनीहरू आफ्नो काममा अगाडि रहन एआई प्रयोग गर्छन्, अर्कोतिर सामाजिक सञ्जालमा त्यस्ता सामग्री मन पराउँछन् जुन “पूर्ण रूपमा मानवीय” देखियोस् । अनुसन्धानले देखाउँछ, जति एआई निर्मित सामग्री बढ्दै छ, जेन-जी त्यति नै हस्तनिर्मित, कच्चा र प्रामाणिक सामग्री खोजिरहेका छन् । उनीहरूका लागि एआई कामका लागि राम्रो हो, तर पूर्णतः विश्वास गर्ने माध्यम भने होइन ।

एआई शिक्षक होइन, मार्गदर्शक हो

जेन-जी अब परम्परागत तरिकाले मात्र सिकिरहेका छैनन् । उनीहरू एआई लाई निजी मार्गदर्शकका रूपमा प्रयोग गरिरहेका छन् ।

जटिल विषयलाई सरल भाषामा बुझाउने, कठिन उत्तरलाई सजिलो रूपमा खोलिदिने, वा पाँच वर्षे बच्चाले बुझ्ने शैलीमा कुनै कुरा सम्झाइदिने काममा एआई निकै प्रभावकारी बनेको छ ।

विशेषगरी अन्तर्वार्ताको तयारीका बेला एआई उनीहरूका लागि उपयोगी साथी बनिरहेको छ । कठिन प्रश्नको उत्तर अभ्यास गर्न, आत्मविश्वास बढाउन र घबराहट घटाउन एआई धेरैले रोजिरहेका छन् ।

नयाँ सीप: प्रम्प्ट इञ्जिनियरिङ

अनुसन्धानका अनुसार यस पुस्ताले एउटा नयाँ सीप विकास गरेको छ, प्रम्प्ट इञ्जिनियरिङ । अर्थात्, मेसिनबाट आफूले चाहेको काम कसरी निकाल्ने भन्ने कला । पुरानो पुस्ता एआईबाट डराइरहँदा, जेन-जी त्यसलाई रचनात्मक साझेदारका रूपमा दिशा दिइरहेको छ । उनीहरू बुझ्छन्, एआई उत्कृष्ट कलाकार हो, तर त्यसको निर्देशक सधैँ मानिस नै हुनुपर्छ ।

रोजगारीको डर होइन, प्रतिस्पर्धाको चिन्ता

जेन-जी लाई आफ्नो जागिर नै गुम्ने डर त्यति धेरै छैन । उनीहरूलाई बढी चिन्ता छ, एआईमा दक्ष मानिसहरूले आफूलाई प्रतिस्थापन गर्लान् कि ?

त्यसैले अब उनीहरू आफ्नो रेजुमे मा डिग्री मात्र होइन, एआई प्रयोगमा कति सक्षम छन् भन्ने पनि देखाउन चाहन्छन्। उनीहरू बुझिरहेका छन्, भविष्य एआई Vs मानव को होइन, बरु मानव + एआई Vs केवल मानव को हुनेछ ।

(link : https://hbr.org/2026/01/how-gen-z-uses-gen-ai-and-why-it-worries-them)

एआई

मेटाले घटाउँदै १० प्रतिशत जनशक्ति, बढाउँदै एआईमा अर्बौं लगानी

काठमाडौं । मेटाले कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा लगानी तीव्र बनाउने रणनीतिसँगै कर्मचारी कटौतीको अर्को चरण …

गुगल प्लेमा ‘जेमिनी इन्टेलिजेन्स’ सुविधा : अब नयाँ एप खोज्न एआईसँग प्रश्न सोध्न सकिने

काठमाडौं । यस वर्षको Google I/O मा Google Play का लागि धेरै अपडेटहरू घोषणा गरिएका छन् । अधिकांश नयाँ सुव…

गूगलले एआई मोडमा आधारित नयाँ विज्ञापन फिचर ल्याउँदै

काठमाडौं । गूगलले सर्चलाई एआई-आधारित अनुभवमा रूपान्तरण गर्दै अब एआई विज्ञापन पनि ल्याउने तयारी गरेको छ । कम्…

गूगल आइ/ओ २०२६ मा जेमिनी ३.५ सिरिज र जेमिनी ओम्नी सार्वजनिक, एआई क्षमतामा ठूलो छलाङ

काठमाडौं । मंगलबार आयोजना गरिएको गूगल आइ/ओ २०२६ इभेन्टमा सबैले कम्पनीले प्रयोगकर्ता र उद्यमहरूका लागि …

ओपनएआईको कोडेक्स : अब मोबाइलबाटै कोडिङ र सर्भर व्यवस्थापन गर्न सकिने

काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्सको क्षेत्रमा अग्रणी कम्पनी ओपनएआईले आफ्नो शक्तिशाली कोडिङ टुल ‘कोडेक्स&…

गोपनीयता र सुरक्षालाई प्राथमिकता दिँदै एप्पलले बनाउँदै नयाँ एआई प्रणाली

काठमाडौं । अमेरिकी प्रविधि कम्पनी एप्पलले आफ्नो एप स्टोरलाई ‘एजेन्टिक एआई’ प्रणालीका लागि खुला गर्…

ओपनएआईको ‘डिप्लोयमेन्ट कम्पनी’ले आउटसोर्सिङ बजारमा तरंग, नेपालजस्ता सेवा-आधारित अर्थतन्त्रमा पनि नयाँ दबाब

काठमाडौं । ओपनएआईले आफ्नो नयाँ डिप्लोयमेन्ट कम्पनी अघि सारेपछि विश्वको आउटसोर्सिङ-आधारित आईटी सेवा उद्यो…

मोबाइलपछि अब ल्यापटपमा एआईको नयाँ फिचरहरु उपलब्ध, यी स्मार्ट फिचर्सले बदल्दैछन् काम गर्ने तरिका

काठमाडौं । मोबाइलपछि अब ल्यापटपमा पनि थुप्रै एआई फीचर्स आउन थालेका छन् । एआई फीचर्सले केवल प्रविधिलाई आ…

कृत्रिम बुद्धिमत्ता (एआई)को अदृश्य मूल्य: तपाईंको प्रश्नले कति पानी खर्च गरिरहेको छ?

प्रत्येक एआई प्रम्प्टले तपाईंले कहिल्यै नदेखेको पानी प्रयोग गरिरहेको हुन सक्छ।

तपाईंले भर्ख…

एन्ड्रोइड प्रयोगकर्ताका लागि गुगलको नयाँ सुविधा : क्रोममै जेमिनी एआई

काठमाडौं । गुगलले Android Show : I/O Edition लाइभस्ट्रिममार्फत घोषणा गर्दै आगामी जुन महिनादेखि एन्ड्रोइड डिभ…

चीनको अदालतको ऐतिहासिक फैसला: एआईले प्रतिस्थापन गर्नका लागि कर्मचारी निकाल्न नपाइने

काठमाडौं । चीनको एक अदालतले कम्पनीहरूले कर्मचारीहरूलाई केवल आर्टिफिसियल इन्टेलिजेन्स प्रणालीले प्रतिस्थाप…

एप्पल रोबोटदेखि च्याटजीपीटी फोनसम्म: टेक संसारमा सुरु भयो ‘एआई वार’, आउन सक्छन् नयाँ ग्याजेट्स

काठमाडौं । च्याटजीपीटी उपलब्ध भएको तीन वर्षभन्दा बढी भइसकेको छ र यसबीच धेरै कुरा बदलिएका छन् । च्याटजीप…

एन्थ्रोपिक र माइक्रोसफ्टको सहकार्य थप बलियो, अफिसमा क्लाउड एआई उपलब्ध

काठमाडौं । एन्थ्रोपिकले आफ्नो Microsoft 365 Add-ins औपचारिक रूपमा सार्वजनिक गरेको छ । अब योग्य प्रयोगकर्ताले Excel, PowerPoint र Word भि…

नेपालमा पहिलो एआई डाटा सेन्टर घोषणा हुँदै, प्रविधि क्षेत्रमा ऐतिहासिक कदम

काठमाडौं । नेपालमा डेटा तथा कृत्रिम बुद्धिमत्ता (AI) पूर्वाधार विकासको दिशामा महत्वपूर्ण मानिएको नयाँ पहल सा…

इन्स्टाग्रामले एआई क्रिएटर लेबल परीक्षण गर्दै

काठमाडौं । इन्स्टाग्रामले एआई (Artificial Intelligence) बाट बनाइएका वा सम्पादन गरिएका सामाग्रीबारे प्रयोगकर्त…