कीवर्डहरू -

एआई

के एआईले दिन सक्छ चिकित्सकले जस्तै स्वास्थ्य सुझाव ? अध्ययन गर्दै एप्पल

काठमाडौं । स्वास्थ्यसम्बन्धी जानकारी लिन कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग बढ्दै गएपछि प्रविधि कम्पनी एप्पलले यस क्षेत्रमा नयाँ अनुसन्धान सुरु गरेको छ । कम्पनीले स्वास्थ्यसम्बन्धी प्रश्नमा एआईले दिने जवाफ कत्तिको उपयोगी र विश्वसनीय हुन्छ भन्ने अध्ययन गर्न विशेष एप सार्वजनिक गरेको हो ।

ओपनएआई र एन्थ्रोपिकजस्ता कम्पनीले स्वास्थ्यसम्बन्धी प्रश्नको जवाफ दिने एआई सेवा विस्तार गरिरहेका बेला एप्पलले भने चिकित्सकीय प्रमाणमा आधारित जानकारीले प्रयोगकर्तालाई कसरी सहयोग पुर्‍याउन सक्छ भन्ने विषयमा केन्द्रित भएर अनुसन्धान अघि बढाएको छ ।

यसका लागि एप्पलले स्वास्थ्य क्षेत्रमा काम गर्ने एआई कम्पनी ओपनएभिडेन्ससँग सहकार्य गरेको छ । कम्पनीले अमेरिकामा आधारित २१ वर्ष वा सोभन्दा माथिका प्रयोगकर्तालाई अध्ययनमा सहभागी हुन आह्वान गरेको छ । यसमा आईफोन १५ वा त्यसपछिका मोडेल प्रयोग गर्ने, आईओएस २६ वा नयाँ संस्करण सञ्चालन गरिरहेका तथा एप्पल इन्टेलिजेन्स सक्रिय गरेका प्रयोगकर्ता सहभागी हुन सक्नेछन् ।

एप्पलले १२ महिनाभन्दा बढी समय सञ्चालन हुने यस अनुसन्धानमा अधिकतम दुई लाख सहभागी समेट्ने लक्ष्य राखेको छ । नयाँ एपमार्फत प्रयोगकर्ताले च्याटजीपीटी र क्लाउडमा जस्तै स्वास्थ्यसम्बन्धी विभिन्न जिज्ञासा राख्न सक्नेछन् ।

तर यसको जवाफ चिकित्सकीय अनुसन्धान तथा प्रतिष्ठित वैज्ञानिक प्रकाशनमा उपलब्ध प्रमाणका आधारमा तयार गरिनेछ । यसका लागि द न्यु इङ्ल्यान्ड जर्नल अफ मेडिसिन, जर्नल अफ द अमेरिकन मेडिकल एसोसिएसन र नेचरजस्ता प्रकाशनका सामाग्री उपयोग गरिनेछ ।

एप्पलका अनुसार एपले दैनिक जीवनमा आइपर्ने सामान्य स्वास्थ्य समस्याबारे सहज भाषामा जानकारी दिनेछ । प्रयोगकर्ताले प्राप्त जवाफको उपयोगिता मूल्यांकन गर्न, आफ्नो प्रतिक्रिया दिन र नियमित सर्वेक्षणमा सहभागी हुन सक्नेछन् । यसबाट स्वास्थ्यसम्बन्धी एआई सेवाको प्रभावकारिता र प्रयोगकर्ताको अनुभवबारे तथ्यांक संकलन गरिनेछ ।

अध्ययनमा सहभागीले थप व्यक्तिगत सुझाव प्राप्त गर्न एप्पलको हेल्थकिटमा सुरक्षित स्वास्थ्य विवरण एपसँग जोड्न सक्नेछन् । यसमा आराम गरिरहेको बेलाको मुटुको धड्कन, शारीरिक गतिविधि, निद्राको अवस्था तथा प्रयोगशालामा गरिएको स्वास्थ्य परीक्षणका नतिजालगायत विवरण समावेश हुनेछन् ।

स्वास्थ्यसम्बन्धी जानकारी उपलब्ध गराउनुका साथै एपले चिकित्सकसँग परामर्श गर्नुअघि आवश्यक तयारी गर्न पनि सघाउने एप्पलको अपेक्षा छ । त्यस्तै, गम्भीर स्वास्थ्य समस्या देखिएमा उपयुक्त स्वास्थ्य सेवा प्रदायकसम्म पुग्न मार्गदर्शन गर्ने सुविधा पनि यसमा रहनेछ ।

व्यक्तिगत स्वास्थ्य विवरणको गोपनीयतालाई ध्यानमा राख्दै एप्पलले प्रयोगकर्ताका तथ्यांक तेस्रो पक्षको क्लाउड सेवा प्रदायकलाई पठाउनुअघि पहिचान खुल्न नसक्ने बनाइने जनाएको छ ।

संकलित विवरण कुनै पनि एआई मोडेललाई तालिम दिन प्रयोग नगरिने कम्पनीको भनाइ छ । साझेदार कम्पनी ओपनएभिडेन्सले समेत प्रयोगकर्ताका प्रश्न र तिनका जवाफसम्बन्धी तथ्यांक २४ घण्टापछि हटाउने जनाएको छ ।

एप्पलकी स्वास्थ्य तथा फिटनेस उपाध्यक्ष डा. सुम्बुल देसाईले स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा एआईको प्रयोग वैज्ञानिक अनुसन्धान र चिकित्सकीय प्रमाणमा आधारित हुनुपर्ने बताएकी छन् ।

मानिसहरूले दैनिक जीवनमा स्वास्थ्यसम्बन्धी एआई कसरी प्रयोग गर्छन्, त्यसबाट प्राप्त जानकारीलाई कसरी बुझ्छन् र त्यसको मूल्यांकन कसरी गर्छन् भन्ने विषयमा अध्ययन गर्नु आवश्यक रहेको उनले उल्लेख गरेकी छन् ।

उनका अनुसार अनुसन्धानबाट प्राप्त निष्कर्षले स्वास्थ्य क्षेत्रमा एआईको प्रयोगबारे वैज्ञानिक बहसलाई थप अघि बढाउनुका साथै मानिसको स्वास्थ्य यात्रामा उपयोगी हुने विश्वासिलो प्रविधि विकास गर्न सहयोग पुर्‍याउनेछ ।

एप्पलले सार्वजनिक गरेको नयाँ अध्ययन एप अमेरिकाका योग्य प्रयोगकर्ताका लागि उपलब्ध गराइएको छ । यद्यपि, कम्पनीले भविष्यमा आफ्नो हेल्थ एप वा सिरीमा यस्तै एआईमा आधारित स्वास्थ्य प्रश्नोत्तर सुविधा समावेश गर्ने योजना बनाएको छ वा छैन भन्नेबारे कुनै स्पष्ट जानकारी दिएको छैन ।

स्वास्थ्य क्षेत्रमा एआईको प्रयोग तीव्र गतिमा विस्तार भइरहेको छ। ओपनएआईले यसअघि नै च्याटजीपीटीमा प्रयोगकर्ताले प्रत्येक साता ३० करोडभन्दा बढी स्वास्थ्यसम्बन्धी प्रश्न सोध्ने गरेको जनाएको थियो । यसले स्वास्थ्यसम्बन्धी जानकारी प्राप्त गर्न एआईप्रति मानिसहरूको बढ्दो आकर्षणलाई समेत देखाउँछ ।

एआई

जेमिनीका नि:शुल्क प्रयोगकर्ताले फ्ल्यास र प्रो मोडल चलाउन नपाउने, गुगलले बदल्दैछ एआई सेवा

काठमाडौं । गुगलले आफ्नो एआई च्याटबट जेमिनीमा मोडल प्रयोगसम्बन्धी व्यवस्था परिवर्तन गर्ने भएको छ । अक्टोबर ९ देखि…

च्याटजीपीटीमा तस्बिर बनाउँदा अब विज्ञापन पनि देखिने

काठमाडौं । च्याटजीपीटीमा अब तस्बिरसँगै विज्ञापन पनि देखिने भएको छ । ओपनएआईले च्याटजीपीटीमा नयाँ प्रकारको वि…

च्याटजीपीटीमा नयाँ ‘स्पेस’ सुविधा, पेज बनाउनदेखि सामाग्री व्यवस्थापन र सहकार्यसम्म

काठमाडौं । ओपनएआईले च्याटजीपीटीमा ‘स्पेस’ नामक नयाँ सुविधा ल्याएको छ । यसले प्रयोगकर्तालाई च्याट…

च्याटजीपीटीमा नयाँ किनमेल सुविधा : कपडा लगाएर हेर्नदेखि मनपरेका सामान सुरक्षित गर्नेसम्म

काठमाडौं । ओपनएआईले च्याटजीपीटीमार्फत अनलाइन किनमेललाई थप सहज बनाउने उद्देश्यले दुई नयाँ सुविधा सार्वजनिक ग…

बेलायतमा एआई र डीपफेकमार्फत हुने सूचना युद्ध रोक्न नयाँ केन्द्र स्थापना गरिने

काठमाडौं । बेलायत सरकारले गलत सूचना, डीपफेक तथा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगमार्फत हुने सूचना युद्धको…

एआई सुरक्षा अभ्यासबारे एन्थ्रोपिक र ओपनएआईमाथि एफटीसीको अनुसन्धान

काठमाडौं । अमेरिकी सङ्घीय व्यापार आयोग (एफटीसी) ले कृत्रिम बौद्धिकता (एआई) विकास गरिरहेका एन्थ्रोपिक र ओपनएआ…

ट्रम्पले बदले एआईको नाम, अब ‘सुपर इन्टेलिजेन्स’

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सरकारी प्रयोजनमा प्रयोग हुँदै आएको ‘आर्टिफिसियल इन्टेलिजेन्…

ओपनएआईले च्याटजीपीटीमा एपजस्तै नयाँ सुविधा थप्दै

काठमाडौं । ओपनएआईले च्याटजीपीटीलाई थप उपयोगी र बहुउद्देश्यीय बनाउने उद्देश्यले नयाँ सुविधा विस्तार गरेको छ ।…

सुरक्षा मापदण्ड पूरा नभएपछि ओपनएआईले रोक्यो नयाँ एआई मोडल सार्वजनिक गर्ने योजना

काठमाडौं । एआई कम्पनी ओपनएआईले सुरक्षा चिन्ताका कारण नयाँ एआई मोडल ‘एस्ट्रा ६.१’ सार्वजनिक गर्ने …

एआई लगानीले विश्व अर्थतन्त्रमा टेवा, जोखिम पनि बढ्दो : ओइसीडी

काठमाडौं । कृत्रिम बुद्धिमत्ता (एआई) विश्व अर्थतन्त्रमा आर्थिक वृद्धिको नयाँ संवाहक बन्दै गएको भए पनि यससँगै वित्…

एआईको बढ्दो मागसँगै भारतको सेमिकन्डक्टरमा १३.५ अर्ब डलरको नयाँ लगानी योजना

काठमाडौं । कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको विस्तारसँगै विश्व बजारमा सेमिकन्डक्टर अर्थात् चिपको माग बढिरहेका …

ह्वाट्सएप बिजनेसमा आयो एआई एजेन्ट, सेटअपदेखि व्यवस्थापनसम्म सहज

काठमाडौं । मेटाले नयाँ एआई सब्स्क्रिप्सन प्लानसँगै ह्वाट्सएप बिजनेस व्यवस्थापनमा एआई एजेन्ट प्रयोग गर्न सकिने घोषण…

ओपनएआईले ल्यायो इमेज २.५, अब च्याटजीपीटीमै चित्र कोरेर बनाउन सकिनेछ तस्बिर

काठमाडौं । ओपनएआईले नयाँ फिचरसहितको इमेज २.५ (Image 2.5) सार्वजनिक गरेको छ । कम्पनीका अनुसार नयाँ मोडल अ…

एआई विकासको गति घटाउन एन्थ्रोपिक प्रमुख अमोडेईको प्रस्ताव, भने- ‘जोखिम नियन्त्रणका लागि समय चाहिन्छ’

काठमाडौं । एआई कम्पनी एन्थ्रोपिकका प्रमुख कार्यकारी अधिकृत डारियो अमोडेईले कृत्रिम बुद्धिमत्ता (एआई) मोडेलको व…

च्याटजीपीटीको भर पर्दै हुनुहुन्छ ? फाइल अपलोड गर्दा यस्तो गल्ती नगर्नुस्

काठमाडौं । एआई उपकरणको प्रयोग बढेसँगै च्याटजीपीटीमा विभिन्न किसिमका कागजात तथा फाइल अपलोड गरेर काम गराउने…