कीवर्डहरू -

एआई

गुगलको एआई जेमिनी प्रयोग गर्नेको संख्या १ अर्ब पुग्यो

काठमाडौं । गुगलको एआई एप जेमिनीका मासिक सक्रिय प्रयोगकर्ताको संख्या १ अर्ब नाघेको छ । गुगलका सीईओ सुन्दर पिचाईले एक्समार्फत जेमिनी गुगलका सबैभन्दा तीव्र गतिमा बढिरहेका उत्पादनमध्ये एक बनेको जानकारी दिएका हुन् ।

जेमिनी १ अर्ब प्रयोगकर्ता पुग्ने गुगलको १४ औँ उत्पादन बनेको छ । जेमिनीको तीव्र वृद्धिसँगै यो ओपनएआईको च्याटजीपीटीसँगको प्रतिस्पर्धामा पनि अघि बढिरहेको छ । च्याटजीपीटीले पनि गत जुनमा १ अर्ब मासिक सक्रिय प्रयोगकर्ता पार गरेको थियो ।

गुगलले आफ्नो एआई जेमिनीलाई सर्च, वर्कस्पेस र एन्ड्रोइडलगायत विभिन्न सेवामा विस्तार गर्दै आएको छ । गुगलका अनुसार जेमिनीको स्ट्यान्डअलोन एपका मासिक सक्रिय प्रयोगकर्ताको संख्या मात्रै १ अर्ब नाघेको हो । गुगलका अन्य सेवामार्फत जेमिनी प्रयोग गर्ने प्रयोगकर्ता भने यो तथ्यांकमा समावेश छैनन् ।

जेमिनी प्रयोगकर्तामध्ये ६३ प्रतिशतले भ्वाइस फिचरमार्फत एआईसँग कुराकानी गर्ने गरेको गुगलले जनाएको छ । जेमिनीले दैनिक १५ करोडभन्दा बढी तस्बिर समेत निर्माण गरिरहेको कम्पनीको दाबी छ ।

जेमिनीको प्रयोग गुगलका आफ्नै उत्पादनमा मात्र सीमित छैन । आईओएसमा पनि जेमिनीका १० करोडभन्दा बढी सक्रिय प्रयोगकर्ता रहेको गुगलले जनाएको छ ।

गुगलले जेमिनीका नयाँ मोडल तथा फिचरहरू निरन्तर सार्वजनिक गर्दै आएको छ । पछिल्लो समय जेमिनी ३.५ फ्ल्यास सार्वजनिक गर्दै कोडिङ तथा स्वचालित एआई एजेन्टसम्बन्धी कामलाई थप प्रभावकारी बनाउने लक्ष्य राखिएको छ ।

गुगलका अनुसार पछिल्लो एक वर्षमा जेमिनीका दैनिक सक्रिय प्रयोगकर्ताको संख्या तीन गुणाले बढेको छ । यसले एआई सेवाको बजारमा जेमिनीको तीव्र विस्तारलाई देखाएको छ ।

एआई

ओपनएआईको नयाँ हार्डवेयर आउँदै, २०२७ मा एआई स्मार्ट स्पिकर लन्च हुने

काठमाडौं । च्याटजीपीटीमार्फत एआई क्षेत्रमा प्रभाव जमाएको ओपनएआई अब आफ्नै हार्डवेयर उत्पादनतर्फ अघि बढ्ने तयारीमा…

एआईमा निर्भर बन्दै भिसा, २६ सय कर्मचारी कटौती गर्ने घोषणा

काठमाडौं । विश्वव्यापी भुक्तानी सेवा प्रदायक कम्पनी भिसाले करिब २ हजार ६ सय कर्मचारी कटौती गर्ने घोषणा गरेको …

ओपनएआईको नयाँ अपडेट : फ्री प्रयोगकर्ताले पनि अब अनलिमिटेड टेक्स्ट च्याट गर्न पाउने

काठमाडौं । ओपनएआईले च्याटजीपीटीका सबै प्रयोगकर्ताका लागि टेक्स्ट च्याटको सीमा हटाउने घोषणा गरेको छ । कम्पनीले…

टिकटकको मातृ कम्पनीले भन्यो- 'प्रतिस्पर्धी एआईबाट मोडल सुधार नगर्नू'

काठमाडौं । कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा बढ्दो प्रतिस्पर्धाबीच टिकटकको मातृ कम्पनी बाइटडान्सले आफ्ना अनुसन्धा…

ओपनएआई र एन्थ्रोपिकपछि मेटाले पनि स्वीकार्‍यो एआई ह्याकिङ घटना

काठमाडौं । कृत्रिम बुद्धिमत्ता (एआई) प्रणालीको सुरक्षा परीक्षणका क्रममा अनपेक्षित व्यवहार देखिएको घटनामा मेटा प…

दुरुपयोगको जोखिम देखिएपछि गुगलले रोक्यो ‘गुगल अर्थ एआई’ फिचर

काठमाडौं । गुगलले आफ्नो नयाँ 'गुगल अर्थ एआई' फिचर सार्वजनिक गरेको केही समयमै त्यसको दुरुपयोग हुने …

एन्थ्रोपिकको खुलासा: क्लोड एआईले परीक्षणकै क्रममा तोड्यो तीन संस्थाको सुरक्षा

काठमाडौं । कृत्रिम बुद्धिमत्ता (एआई) कम्पनी एन्थ्रोपिकले आफ्नो एआई मोडेल क्लोडले आन्तरिक साइबर सुरक्षा परीक्षणका …

जुकरबर्गको दाबी : पाँच वर्षमै एआई बन्नेछ सबैको व्यक्तिगत सहायक

काठमाडौं । आगामी केही वर्षभित्र कृत्रिम बौद्धिकता (एआई) व्यक्तिगत सहायकका रूपमा आम मानिसको दैनिक जीवनको अभिन्…

थ्रेड्स प्रयोगकर्ताले अब इनबक्समै मेटा एआईसँग निजी रूपमा कुराकानी गर्न सक्ने

काठमाडौं । मेटाले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म थ्रेड्समा निजी सन्देश (DM) मार्फत मेटा एआई च्याटबोट उपलब्ध गराउ…

च्याटजीपीटी अब स्वास्थ्य सहायक पनि, ओपनएआईले ल्यायो ‘हेल्थ’ फिचर

काठमाडौं । ओपनएआईले च्याटजीपीटी प्रयोगकर्ताका लागि स्वास्थ्यसम्बन्धी जानकारी बुझ्न र विश्लेषण गर्न सहज बनाउने उद्द…

एआईको बढ्दो प्रयोगसँगै सोलोप्रेन्योरशिपको नयाँ लहर

काठमाडौं । आर्टिफिसियल इंटेलिजेन्स अर्थात् एआईको प्रयोग पछिल्ला केही वर्षमा निकै बढेको छ । एआईले व्यवसायम…

स्क्रिनसटले बदल्दै एआईको काम गर्ने तरिका, प्रयोगकर्ताको डाटा कत्तिको सुरक्षित ?

काठमाडौं । तपाईंको स्मार्टफोनमा जस्तै ल्यापटप वा डेस्कटपमा पनि धेरै स्क्रिनसटहरू सुरक्षित भएका हुन्छन् । सामाजिक…

ओपनएआईको एआई नियन्त्रणबाहिर ? आफ्नै निर्णयमा कम्पनी ह्याक गरेपछि बढ्यो सुरक्षा चिन्ता

काठमाडौं । अहिलेसम्म आम रूपमा के मानिँदै आएको थियो भने, एआई जति नै स्मार्ट बनेपनि अन्ततः यो मानवको नि…

गुगलले ल्यायो जेमिनीका तीन नयाँ एआई मोडल, साइबर सुरक्षाका लागि छुट्टै संस्करण

काठमाडौं । गुगल डिपमाइन्डले आफ्ना जेमिनी (Gemini) एआई मोडलको शृङ्खलामा तीन नयाँ मोडल सार्वजनिक गरेको छ । क…

स्पोटिफाईमा एआई च्याट फिचर, कुराकानी गरेर गीत खोज्न र बजाउन सकिने

काठमाडौं । संगीत स्ट्रिमिङ सेवा स्पोटिफाईले आफ्ना प्रिमियम सदस्यका लागि कृत्रिम बौद्धिकता (एआई) मा आधारित नयाँ…