कार्यक्रम
एनवाईईएफ स्टार्टअप अवार्ड सम्पन्न, को को भए विजेता ?
नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) काठमाडौं च्याप्टरले आयोजना गरेको ग्लोबल आईएमई बैंकद्वारा प्रस्तुत एनवाईईएफ स्टार्टअप अवाड्र्स ४.० भव्य रूपमा सम्पन्न भएको छ । नेपाली स्टार्टअपहरूको नवप्रवर्तनात्मक भावना र उद्यमशील उत्कृष्टताको उत्सव स्वरूप आयोजित यस कार्यक्रमलाई काठमाडौँको प्रतिष्ठित ह्यात रेजेन्सी होटल, चाबहिलमा आयोजना गरिएको थियो ।
उक्त कार्यक्रममा १५० भन्दा बढी विशिष्ट पाहुनाहरूको सहभागिता रहेको थियो । यस वर्षको विजेता डीएल अपलोडलाई ४ लाख नगद पुरस्कारसहित प्रतिष्ठित स्टार्टअप अवार्ड प्रदान गरिएको छ । उपविजेताको रुपमा मेल्ट डाउनलाई २ लाख नगद र खेतीपाती अर्गानिक्सले अडियन्स पिक अवार्ड जित्दै १ लाख रूपैयाँ पुरस्कार प्राप्त गरेको छ ।
विशिष्ट पाहुना र नेतृत्व कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारी र विशेष अतिथिका रूपमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल रहेका थिए ।
उक्त कार्यक्रममा बोल्दै, विशेष अतिथि चन्द्रप्रसाद ढकालले स्टार्टअपहरूलाई आर्थिक वृद्धि र नवप्रवर्तनमा महत्वपूर्ण भूमिका खेल्ने विषयमा जोड दिए । प्रमुख अतिथि प्रा. डा. शिवराज अधिकारीले स्टार्टअपहरूलाई सफल बनाउन अनुकूल नीति निर्माणको आवश्यकता रहेको पनि औँल्याए ।
डीएल अपलोड,मेल्ट डाउन,खेतीपाती अर्गानिक्स, ज्ञान बजार, ई–कागजपत्र, माच२० अर्बिटल्स र स्मार्टपालिका अवार्डको उत्कृष्ट ७ मा पुग्न सफल भएका थिए ।
कार्यक्रम
ब्रिटिस कलेजमा माइक्रोसफ्ट इम्याजिन कप २०२५ आईडियाथन हुँदै
पुस ६ गते शनिबार माइक्रोसफ्ट इम्याजिन कप २०२५ आईडियाथन आयोजना हुने भएको छ । आज काठमाडौंको थापाथलिस्थित ब्रिटिस कलेजमा माइक्रो…
इन्ड्राइभ आइसिटी अवार्ड २०२४ को ग्राण्ड फिनाले शुक्रबार, १५ विधामा अवार्ड प्रदान हुने
सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा परिचित आइसिटी अवार्डको ग्राण्ड फिनाले पुस ५ गते शुक्रबार हुने भएको छ …
भिरिञ्ची कलेजमा युआई/युएक्स प्रतियोगिता सम्पन्न
ललितपुरको भिरिञ्ची कलेजमा युआई/युएक्स प्रतियोगिता सम्पन्न भएको छ । आइसिटी मेला ५.० को प्रि इभेन्टको रूपमा सञ्चालन भएको प्रतियोगि…
नेशनल साईबर ओलम्पियाडको पाँचौं संस्करण हुँदै, प्रत्येक हप्ता आईटी कार्यशाला सञ्चालन हुने
नेशनल साईबर ओलम्पियाडको पाँचौं संस्करण आयोजना हुने भएको छ । प्रशिक्षणको आयोजनामा हुन गइरहेको नेशनल साईबर ओलम्पियाड २०८१…
न्युज पोर्टल डिजाइनिङ सम्बन्धी १५ दिने अनलाइन तालिम हुँदै
ईकमस साथी प्रालिको आयोजनामा न्युज पोर्टल डिजाइनिङ सम्बन्धी १५ दिने अनलाइन तालिम हुने भएको छ । पत्रकार, विद्यार्थी, डेभलपर, न्युज…
काठमाडौंमा डिजिटल बैंकिङ कन्फेरेन्स २०२४ सुरू
काठमाडौंमा डिजिटल बैंकिङ कन्फेरेन्स २०२४ सुरू भएको छ ।
काठमाडौं फिनटेकको आयोजना र फि…
आईडिया स्टुडियो नेपालको आठौं सिजनको आवेदन खुला
आईडिया स्टुडियो नेपालको आठौं सिजनको आवेदन खुला भएको छ । दलित लाइभ्स म्याटर ग्लोबल अलायन्सको सहकार्यमा आईडिया स्टुडियो नेपालले …
भोलिदेखि दुईदिने टेकस्पायर स्टार्टअप एण्ड आईडिया फेस्ट, सातै प्रदेशका स्टार्टअप सहभागी हुने
टेकस्पायर स्टार्टअप एण्ड आईडिया फेस्ट २०२४ यही बिहीबार र शुक्रबार आयोजना हुँदैछ । काठमाडौंको बत्तिसपुतली स्थित अनुपम फुडल्य…
स्टार्टअप एण्ड आईडिया फेस्ट २०२४ को शीर्ष प्रायोजकमा टेकस्पायर कलेज
स्टार्टअप एण्ड आईडिया फेस्ट २०२४ को शीर्ष प्रायोजक (टाइटल स्पोन्सर) मा टेकस्पायर कलेज हुने भएको छ । यसका लागि फेस्टको आयोजक संस्था…
मौसमका कारण शनिबार हुने भनिएको आन्टरप्रेनर समिट स्थगित, टिकटको पैसा रिफण्ड हुने
नेपालको प्रविधि कम्पनी स्वीभ्ट र इन्भेस्टियाको संयुक्त आयोजनामा असोज १९ गते शनिबार सोल्टी होटलमा आयोजना हुने भनिएको आन्टरप्रेनर समिट नेपाल २०२४ स्थगित भएको छ…
असोज १९ गते आन्टरप्रेनर समिट आयोजना हुँदै, एशिया प्रशान्त क्षेत्रका उद्यमी र लगानीकर्ता आउने
अक्टोबर ५ अर्थात आगामी असोज १९ गते शनिबार नेपालमा आन्टरप्रेनर समिट २०२४ आयोजना हुने भएको छ ।
एनसीआईटी कलेजमा मनाइयो सफ्टवेयर फ्रिडम डे
नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी (एनसीआईटी) मा सफ्टवेयर फ्रिडम डे मनाइएको छ । असोज ५ गते शनिबार एनसीआईटी कलेजमा सफ्टवेयर फ्…
भोलि एनसीआईटी कलेजमा सफ्टवेयर फ्रिडम डे मनाइँदै
नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी (एनसीआईटी) मा सफ्टवेयर फ्रिडम डे मनाइने छ । असोज ५ गते शनिबार एनसीआईटीमा सफ्टवेयर फ्रिडम ड…
नेपालमै पहिलो पटक आयोजना भएको एप्याक क्षेत्रको कम्प्युनिटी नेटवर्क एक्सचेञ्ज कार्यक्रम सम्पन्न
काठमाडौंको टेक्सास कलेजमा नेपालमै पहिलो पटक आयोजना भएको एशिया प्यासिफिक क्षेत्रको कम्प्युनिटी नेटवर्क एक्सचेञ्ज कार्यक्रम सम्पन्न भए…
नेपालमा पहिलो पटक एशिया प्यासिफिक क्षेत्रको कम्प्युनिटी नेटवर्क एक्सचेञ्ज कार्यक्रम हुँदै
नेपालले एशिया प्यासिफिक क्षेत्रको कम्प्युनिटी नेटवर्क एक्सचेञ्ज कार्यक्रम आयोजना गर्ने भएको छ ।