कीवर्डहरू -

स्टार्टअप

राती सुत्नुअघि मोबाइल चलाउदा यस्ता हुन्छन् हानी

मोबाइल, ट्याबलेट, ल्यापटपजस्ता इलेक्ट्रोनिक ग्याजेट हाम्रा दैनिकी नै बनेका छन् । यस्ता ग्याजेटको प्रयोगले जीवन सरल बनेको छ । तर प्रयोग गर्न नजान्दा गम्भीर असर पनि निम्तिएका छन् । आज हामीले राती सुत्नुभन्दा मोबाइल चलाउदा के कस्ता नकारात्मक असर हुन्छन् भन्ने विषयमा जानकारी ल्याएका छौं :

सुत्नेबेला मोबाइल चलाउनु मानिसक स्वास्थ्यका लागि धेरै हानिकारक हुने तथ्य बेला बेला आउने गरेका छन् । पछिल्लो पटक समाचार संस्था इन्डिपेन्डेन्टलका अनुसार करिब १ लाख मानिसहरुमा गरिएको सर्वेक्षणपछि राति सुत्नेबेला मोबाइल चलाउनु मानिसक स्वास्थ्यका लागि धेरै हानिकारक हुने पत्ता लगाइएकोे छ । 

सुत्नुअघि फेसबुक, ट्वीटर र इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालहरु घण्टौँसम्म स्क्रोल गरेर मात्र निदाउने बानी धेरैको छ । यही विषयमा अध्ययन गरिरहेका विज्ञहरुले अहिले यस्ता मानिसहरुमा तनाव, एक्लोपना, बाइपोलार डिस्अर्डर र व्यक्तित्वमा नकारात्मक असर जस्ता मानसिक रोगहरु देखा पर्ने दाबी गरेका छन् ।

वास्तवमा मोबाइलको प्रयोगका कारण मानिसहरुले पूरा निद्रा लिन नपाउने हुनाले शरीरको २४ घण्टे प्रणालीमा अवरोध आउने अध्ययनकर्ताहरुको भनाइ छ । युनिभर्सीटी अफ ग्लासगोका प्रोफेसरहरुले प्रकाशन गरेको ‘ल्यान्सेट साइकियाट्री’ अध्ययनमा नै पहिलोपटक यसले शरीरको दैनिक साइकलमा खराब प्रभाव पार्ने उल्लेख गरिएको थियो ।

यसैको सर्वेक्षणका क्रममा राति मात्र सक्रिय मानिसहरुकोे नाडीका गतिविधि र आन्तरिक शरीरिक प्रणालीमा आउने अवरोधबारे अनुसन्धान गर्न सात दिनसम्म हातमा एक्सेलोमिटर राखिएको थियो । यसै प्रक्रियापछि अनुसन्धानकर्ताहरुले २५ मध्ये एक जनामा असामान्य मानिसक गतिविधि देखा पर्ने बताएका हुन् ।

त्यसैगरी ११ प्रतिशत मानिसहरुमा बाइपोलार डिसअर्डर हुने र ६ प्रतिशत डिप्रेशन र एक्लोपनाको शिकार हुने पनि पत्ता लगाइएको हो । यस्ता मानिसहरुमा अनिद्राको समस्या बढी भेटिने हुनाले नै उनीहरु राति सक्रिय हुने गर्छन् ।

त्यसकारण यिनीहरु मध्य रातमा मोबाइल चलाउने, चिया पकाउने जस्ता गतिविधिमा संलग्न हुने गरेको प्रमुख अध्ययनकर्ता ड्यानिअल स्मिथले बताएका हुन् । उनका अनुसार यस प्रकारका मानसिक रोगबाट बच्न १० बजे सम्मको समयसीमा तोक्न आवश्यक छ ।

मानिसहरुले त्यसभन्दा पछाडि मोबाइल चलाउनमा रोक लगाए समस्या धेरै कम हुने उनको भनाइ छ । विशेषगरी शहरमा चौबीसै घण्टा बत्तीको मुनि बस्ने मानिसहरुका लागि मोबाइलको अधिक प्रयोगले गम्भीर समस्या निम्त्याउने गरेको पाइन्छ ।

यस्ता छन् हानी 
-तौल बढ्ने
-समस्या समाधानमा कठीन
-दिमागलाई असर
-आँखामा प्रेशर
-निन्द्रामा समस्या
-ध्यान दिन नसक्नु
 

स्टार्टअप

जिमेलमा थप भय नयाँ फिचरहरु

काठमाडौँ। जिमेलमा नयाँ सुविधाहरु थप भएका छन गूगलले आफ्नो ब्लग पोस्ट  मार्फत यस्तो  जानक…

आर्टिफिसियल इन्टेलिजेन्सका यस्ता रोचक तथ्यहरु

आर्टिफिसियल इन्टेलिजेन्सको विषयमा खोज तथा अनुसन्धान सन् १९५० देखि नै भएको थियो । अलान टर्निङलाई एआईका अग्रजका रूपमा लिइन्…

भाइबरले ल्यायो आफ्नो एपमा नयाँ सुविधा

काठमाडौँ। भाइबरले आफ्नो नयाँ भ…

गूगलले सुरक्षाका लागि नयाँ सुविधा ल्याउँदै

काठमाडौँ। डाटा चोरी हुनबाट बचाउन विश्वकै सर्वाधिक लाेकप्रिय सर्च इन्जिन गूगलले २ नयाँ फ…

आफ्नो बार्षिकोत्सवको अवसरमा नेपाल टेलिकमले ल्यायो अफरै अफर

काठमाडौँ काठमाडौँ काठमाडौँ । नेपालकाे सर्वाधिक डाउनलाेड भएकाे माेबायल एप्स हाम्रो पात्राै अब नयाँ स्वरुपम…

हाम्रो पात्रो मा नयाँ नयाँ सुविधाहरु आउदै

काठमाडौँ । नेपालकाे सर्वाधिक डाउनलाेड भएकाे माेबायल एप्स हाम्रो पात्राै अब नयाँ स्वरुपम…

गूगलको जीबोर्डमा तामाङ्ग, लिम्बु र डोट्याली भाषामै टाइप गर्न सकिने

काठमाडौं । गूगलको लोकप्रिय की बोर्डले थप भाषाहरु आफ्नो एपमा समावेश गरेको छ । गूगलको कीबोर्ड जीबोर्डले थप ५० भाषाहरु आफ्नो प्लेटमर्फमा समावेश गरेसँगै अब …

नेपाल टेलिभिजनका चारवटै च्यानल एचडी प्रसारणमा सुरु

काठमाडौ । नेपाल टेलिभिजनले आफ्नो प्रसारण एचडीमा सुरु गरेको छ। नेपाल टेलिभिजन, एनटिभी…

सामसुङले बनायो विश्वमा धरै इन्टर्नल स्टोरेज क्षमता भएको मेमोरी चिप

काठमाडौ। विश्वको चर्चित स्मार्टफोन कम्पनी सामसुङले विश्वमै पहिलो पटक  स्मार्टफोनका लागि १ …

पावर बैंकबारे जान्नैपर्ने यी कुरा

बोक्न मिल्ने (पार्टेबल) पावर ब्याङ्कमा खास ब्याट्रीको प्रयोग गरी विद्युतीय उर्जाको प्रवाह नियन्त्रण गर्न विशेष सर्किटको प्रयोग गर…

डिजिटल क्यामेराका यस्ता रोचक तथ्य 

१. पहिलो डिजिटल क्यामेरा सन् १९७५ मा स्टिभ स्यासनले बनाएका हुन् ।

सिटि एक्सप्रेस फाइनान्स अन्तरबैंक विधुतीय भुक्तानी प्रणालीमा आवद्ध

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले १४ गतेबाट कारोबार सुरु गर्ने गरी सिटि एक्सप्रेस फाइनान्स लिमिटेडलाई अन्तरबैंक विद्युतीय भ…

सिटिसी मोबाइल मेला एउटा किन्दा अर्को मोबाइल सितैमा पाईने

काठमाण्डौ। सिटिसी मोबाइल हबमा मेघा एक्सचेन्ज मोबाइल मेला सुरु भएको छ । यही शनिबार माघ…