कीवर्डहरू -

चीनमा लन्च भयो नोकियाको ३३१० फोरजी मोडल

चीनमा लन्च भयो नोकियाको ३३१० फोरजी मोडल

एचएमडी ग्लोबलले नोकिया ३३१० को ४ जी मोडल चीनमा लन्च गरेको छ । नोकियाको निर्माण कम्पनि  फिनल्याण्डको एचएमडी ग्लोबलले यसअघि पनि नोकिया ३३१० को ३ जी तथा २ जी भेरीएन्ट लन्च गरिसकेको छ । कम्पनिले यो ह्यान्डसेट चाइनामा लन्च गराउन चाइना मोबाइलसँग साझेदारी गरेको गरेको छ । चाइनिज बजारमा उक्त फोन उपलब्ध भएतापनि चीन बाहिरका बजारमा कहिले र कति मूल्यमा उपलब्ध हुने भन्ने बारेमा भने कम्पनिले केहि बताएको छैन् ।

यो ४ जी भेरीएन्टमा २.४ इन्च (३२० x २४० ) डिस्प्ले रहेको छ । यो सेटमा ५१२ एमबी इनबिल्ट स्टोरेज रहेको छ । साथै ६४ जीबी सम्मको माइक्रो एसडी कार्ड सपोर्ट गर्छ । साथमा यसले १२ घण्टा सम्मको ४ जी स्ट्यान्डबाइ सपोर्ट गर्ने कम्पनीले दावि गरेको छ ।

नोकियाको यो फिचर फोनले वाईफाई तथा हटस्पट सपोर्ट गर्छ । साथमा यसमा ब्लूटुथ ४.० र एफएम रेडियो समेत यसमा रहेको छ, भने यसमा एलईडी फ्ल्याश सहित २ मेगपिक्सेलको रियर क्यामेरा रहेको छ । कम्पनिले अर्को महिना स्पेनमा हुने मोबाइल वर्ल्ड कंग्रेसमा नयाँ फोरजी मोडलको मूल्य तथा चीन बाहेकका अन्य बजारमा उक्त फोनको उपलब्धताको बारेमा जानकारी प्रदान गर्ने सम्भावना रहेको छ ।

नोकिया ३३१० ४ जी मोडल ब्लु तथा ब्ल्याक कलरमा उपलब्ध छ । फोनमा कनेक्टिभिटिको कुरा गर्दा ४ जिओएलटिई बाहेक ब्लुटुथ ४.०,माइक्रो युएसबि,एफएम रेडियो,वाईफाई ८०२.११ बि/जी/एन लगायतका फिचरहरु रहेका छन् ।