अटो
डोङफेङद्वारा विश्वकै सबैभन्दा ठूलो १६,००० टन डाइ–कास्टिङ उत्पादन लाइन सञ्चालनमा
चीनको वुहान आर्थिक तथा प्रविधि विकास क्षेत्रमा रहेको डोङफेङको १६,००० टन क्षमताको डाइ–कास्टिङ कारखानाले आफ्नो पहिलो उत्पादन ‘ब्याट्री केसिङ’ सफलतापूर्वक उत्पादन गरेको छ। यससँगै डोङफेङले विश्वकै सबैभन्दा ठूलो १६,००० टन र १०,००० टन क्षमताका दुई डाइ–कास्टिङ उत्पादन लाइन औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ।
उक्त कारखानाबाट उत्पादन हुने कम्पोनेन्टहरू आगामी अप्रिल महिनादेखि सामूहिक उत्पादनमा जाने अपेक्षा गरिएको छ। पहिलो चरणमा डोङफेङ eπ ००७, eπ ००८ तथा भोयाह ड्रीमर जस्ता नयाँ ऊर्जा सवारी साधन (NEV) मोडेलहरूमा यी कम्पोनेन्टहरू प्रयोग गरिनेछन्।
डोङफेङका अनुसार, यो कारखानाको मुख्य उद्देश्य नयाँ ऊर्जा सवारी साधनका लागि अल्ट्रा–लार्ज इन्टिग्रेटेड डाइ–कास्ट संरचनात्मक कम्पोनेन्टहरूको अनुसन्धान, विकास, उत्पादन तथा बिक्री गर्नु हो। विशेषगरी, पावर ब्याट्री प्रणालीका लागि अत्यन्त महत्वपूर्ण मानिने ब्याट्री केसिङको उत्पादनमा यो कारखाना केन्द्रित रहनेछ।
परम्परागत निर्माण विधिको तुलनामा डाइ–कास्ट प्रविधिबाट बनेका ब्याट्री केसिङहरूले सवारी साधनको सुरक्षा स्तर वृद्धि गर्ने, तौल र ऊर्जा खपत घटाउने तथा ड्राइभिङ रेन्ज विस्तार गर्न सहयोग गर्ने डोङफेङले जनाएको छ।
४७,००० वर्ग मिटर क्षेत्रफलमा फैलिएको यस कारखानाको निर्माण कार्य नोभेम्बर २०२४ मा सुरु गरिएको थियो भने मुख्य उत्पादन भवन अगस्ट २०२५ मा सम्पन्न भएको हो। करिब १ अर्ब युआन (झण्डै १४३.६ मिलियन अमेरिकी डलर) लगानीमा निर्माण गरिएको यस कारखानामा हाल १६,००० टन र १०,००० टन क्षमताका डाइ–कास्टिङ मेसिनहरू जडान गरिएका छन्। वर्तमान अवस्थामा कारखानाको वार्षिक उत्पादन क्षमता २ लाख अटोमोबाइल कम्पोनेन्ट रहेको छ।
डोङफेङले दोस्रो चरणमा थप चार उत्पादन लाइन निर्माण गर्ने योजना बनाएको छ। उक्त चरण सम्पन्न भएपछि कारखानाको कुल वार्षिक उत्पादन क्षमता ६ लाख युनिटसम्म पुग्ने अपेक्षा गरिएको छ।
उल्लेखनीय रूपमा, १६,००० टन क्षमताको डाइ–कास्टिङ मेसिन चीनमै डिजाइन तथा निर्माण गरिएको हो, जसका कारण यो उद्योगकै सबैभन्दा ठूलो इन्टिग्रेटेड डाइ–कास्टिङ कारखानाका रूपमा स्थापित भएको छ।
प्रविधिगत रूपमा, १०,००० टन क्षमताको डाइ–कास्टिङ मेसिनमा एक चलायमान (मुभिङ) र एक स्थिर (स्टेसनरी) मोल्ड प्रयोग गरिएको छ। करिब ७२० डिग्री सेल्सियस तापक्रमको पग्लिएको एल्युमिनियम मोल्डभित्र इन्जेक्ट गरिएपछि, केवल दुई मिनेटभित्रै ब्याट्री ट्रे र ब्याट्री केसिङ आवश्यक आकारमा डाइ–कास्ट गरिने डोङफेङले जानकारी दिएको छ।
अटो
एलआरआर मोटर्सको जिली ईएक्स फाइभ बिक्री प्रबर्द्धन योजना
नेपालमा जिली ईएक्स फाइभ म्याक्स र प्रो विद्युतीय गाडीको आधिकारिक आयातकर्ता एलआरआर मोटर्सले क्रिसमस तथा अंग्रेजी नयाँ व…
नेपालगञ्जमा दिपाल र नामीको टेस्ट ड्राइभ र एक्सचेन्ज
एमएडब्लु वृिद्धले नेपालगञ्जमा दिपाल र नामीको नयाँ सोरुम उद्घाटन हुने अवसरमा आगामी शनिबारदेखि तीन दिन लामो टेस्ट ड्राइभ र एक्सच…
फोटोन टोटल केयर: भरोसायुक्त आफ्टर सेल्स सर्भिस
फोटोनले ग्राहकहरूको विश्वासलाई अझ सुदृढ बनाउन फोटोन टोटल केयरमार्फत नेपालभर आफ्नो उपस्थिति मजबुत बनाइरहेको छ। यो पूर्णतया बिक्…
दिपलले किन्यो हुन्डाईको चिनियाँ प्लान्ट
चांगानले चीनमा रहेको हुन्डाईको प्लान्ट अधिग्रहण गरेको छ । बेइजिंग हुन्डाईको चोंगकिंगस्थित कारखानालाई चांगानले खरिद गरेर दिपल …
अत्याधुनिक प्रविधिसहित ‘होन्डा अल न्यु सीआर–भी’ नेपाली बजारमा
नेपालका लागि होन्डा गाडीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनि प्रालिले आफ्ना ग्राहकहरूको बढ्दो चाहना र मागलाई मध्यनजर गर्दै…
देशव्यापी डिलर सञ्जाल विस्तार गर्दै जिली
नेपालका लागि जिली इएक्स–५ का आधिकारिक आयातकर्ता एवं वितरक एलआरआर मोटर्सले देशव्यापी डिलर सञ्जाल विस्तारको योजना सार्वजनि…
विद्युतीय गाडीबारे ५ भ्रम र यथार्थ
विश्वभर विद्युतीय गाडी (ईभी) को लोकप्रियता बढ्दो छ। बीवाईडी,टेस्लादेखि लिएर निसान लिफ, टाटा, एक्सपेङ, चाङ्गनसम्म, बजारमा विभिन्न…
याडिया ओविन नेपाली बजारमा सार्वजनिक, दशैंको अवसरमा २५ हजार छुट
नेपालका लागि याडियाको आधिकारिक वितरक कुजु नेपालले बहुप्रतिक्षित याडिया ओविन विद्युतीय स्कुटर नेपाली बजारमा सार्वजनिक गरेको छ…
डोङफेङ मोटर ग्रुपलाई प्राइभेट बनाइने, कम्पनीका सेयरहरू करिब आठ वर्षयताकै उच्चविन्दुमा
डोङफेङ मोटर ग्रुपलाई प्राइभेट बनाउन लागिएको खबर सार्वजनिक भएपछि कम्पनीका सेयरहरू शुक्रबार तीव्रगतिमा बढेका छन्। यो खबरसँगै हङक…
टेस्लाले पावरवाल २ ब्याट्री फिर्ता बोलायो, आगलागीको जोखिम
टेस्लाले अष्ट्रेलियामा बिक्री भएका पावरवाल २ होम ब्याट्रीहरू फिर्ता बोलाएको छ। अष्ट्रेलियन कम्पिटिसन एण्ड कन्ज्युमर कमिसन (ACCC) का …
डोङफेङ मोटरद्वारा इजिप्टमा नौ वटा नयाँ मोडेल सार्वजनिक
डोङफेङमोटरले इजिप्टको कायरोमा आयोजना गरिएको एक विशेष कार्यक्रममा आफ्ना नौ वटा नयाँ मोडेल आधिकारिकरूपमा सार्वजनिक गरेको छ। उक्…
नेपालमा विद्युतीय एसयूभी आइकार भी २३ सार्वजनिक
ओमोडा एन्ड जेइकोका सवारीसाधनको आधिकारिक वितरक एसपिजि अटोमोबाइल्सले नेपालमा बहुप्रतिक्षित विद्युतीय एसयूभी ‘आइकार …
नाडा अटो शोमा जिली एक्स फाइभको १८७ गाडी बुकिङ
नाडा अटो शोमा जिली एक्स५ विद्युतीय गाडीको उल्लेखनीय बुकिङ भएको छ ।
‘ड्रिम स्मार्ट …
विजय लामा जेवाई एयर ईभीको ब्राण्ड एम्बासेडर नियुक्त
वरिष्ठ क्याप्टेन विजय लामालाई एलआरआर मोटर्सले नेपालमा ल्याएको जेवाई एयर विद्युतीय सवारीसाधन (ईभी) का लागि ब्राण्ड एम्बासेडर नियु…
इलेक्ट्रिक पिकअप ई-टुनल्याण्ड नेपालमा, यस्ता छन् सुविधा
टुनल्याण्ड जीसेभनको सफलतापछि फोटोनले यस वर्षको नाडा २०२५ मा शक्ति, दक्षता र आधुनिक प्रविधिको उत्कृष्ट संयोजन भएको आफ्नो बहुप्रतिक्…