अपराध
‘फेक कल’ मार्फत प्रधानमन्त्री कार्यालयको नाममा धम्की, आरोपी पक्राउ
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम दुरुपयोग गर्दै दैलेखको दुल्लु नगरपालिका १३ का वडासचिव कमल भण्डारीलाई फोनमार्फत धम्की दिएको आरोपमा एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ६ वीरेन्द्रचोक स्थायी घर भई हाल काठमाडौंको शंखमूल बस्दै आएका २२ वर्षीय प्रकाश खड्का रहेका छन् । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार खड्काले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम प्रयोग गरी राष्ट्रसेवक कर्मचारीलाई भय, त्रास तथा दबाब सिर्जना गर्ने उद्देश्यले अश्लील र अमर्यादित भाषा प्रयोग गर्दै धम्की दिएका थिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईले जानकारी दिए । यसअघि उक्त घटनामा संलग्न व्यक्तिमाथि कानुनी कारबाही प्रक्रिया अघि बढाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सुरक्षा तथा अनुसन्धान निकायलाई निर्देशन दिएको थियो ।
वडासचिव भण्डारीलाई धम्की दिएको अडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि घटनाले व्यापक चर्चा पाएको थियो । अडिओ सार्वजनिक भएपछि प्रधानमन्त्री कार्यालयले विज्ञप्ति जारी गर्दै सरकारी निकायको नाम दुरुपयोग गरी राष्ट्रसेवक कर्मचारीलाई धम्क्याउने, दबाब दिने तथा त्रास सिर्जना गर्ने कार्य निन्दनीय र अस्वीकार्य भएको जनाएको थियो ।
साथै, प्रधानमन्त्री कार्यालय वा सचिवालयको नाम जोडेर आउने फोन, सन्देश वा संवादलाई आधिकारिक माध्यमबाट प्रमाणीकरण (भेरिफिकेसन) गरेर मात्र आवश्यक प्रक्रिया अघि बढाउन सबै सरकारी निकाय तथा कर्मचारीलाई आग्रह गरिएको थियो ।
अपराध
विद्युतीय माध्यमबाट ठगी गर्ने ४ जना पक्राउ
काठमाडौं । साइबर ब्यूरोको नाम दुरूपयोग गरी ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ …
एआई र डीपफेकको दुरुपयोगले महिलामाथि अनलाइन हिंसा बढ्दै, सार्वजनिक मञ्चबाट पछि हट्न बाध्य
काठमाडौं । प्रविधिले हाम्रो जीवनलाई सजिलो त बनाएको छ, तर यसको गम्भीर दुष्परिणाम पनि अब स्पष्ट रूपमा देख…
ठेक्काको आर्थिक प्रस्ताव खोल्नुअघि नै हेरफेर, मुख्य आरोपीसहित १३ जना पक्राउ
काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ) को ई-गभर्नमेन्ट प्रोक्योरमेन्ट (ई-जीपी) प्रणालीमा अनधिकृत …
सरकारी ईजीपी प्रणाली ह्याक : ९ जना पक्राउ, ठेक्का हेरफेरको आरोप
काठमाडौं । सार्वजनिक खरीद अनुगमन कार्यालय (Public Procurement Monitoring Office) को विद्युतीय खरीद प्रणाली…
काठमाडौंमा बढ्दो अनलाइन ठगी : एक महिनामै २६१ उजुरी
काठमाडौं । काठमाडौंमा पछिल्लो समय डिजिटल माध्यमसँग जोडिएका अपराधहरू तीव्र रूपमा बढ्दै गएका छन्, जसले सुरक्षा…
राजसंस्था स्थापना गर्ने भन्दै ५० लाख एसएमएस पठाउने सेढाईं पक्राउ
मुलुकको प्रदेश संरचना हटाउँदै सनातन संवैधानिक राजसंस्था स्थापना गर्न आह्वान गर्दै बल्क एसएमएस पठाउने एक जना व्यक्ति पक्राउ परेका …
अमेरिकामा आईटी इन्जिनियर थिए, छुट्टीमा नेपाल आउँदा क्रिप्टो कारोबार गरेको आरोपमा समातिए
जिल्ला प्रहरी कार्यालय कास्कीले अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) कारोबार, अनलाईन जुवा/सट्टावाजी गरेको आशंकामा ५ जनालाई पक्राउ गरेक…
नक्कली फेसबुक आइडी बनाउँदै ठगी गर्ने व्यक्ति पक्राउ
नक्कली फेसबुक आइडी खोली आर्थिक लाभ लिने व्यक्ति पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले नक्कली फेसबुक आइडी…
सामाजिक सञ्जालमा धार्मिक सहिष्णुता खलल गर्ने अभिव्यक्ति दिने व्यक्ति पक्राउ
सामाजिक सञ्जालमा धार्मिक सहिष्णुता खलल गर्ने अभिव्यक्ति दिने व्यक्ति पक्राउ परेका छन् । साइबर ब्यूरोले सामाजिक सञ्जालमा धार्मिक सहिष्…
सानेपामा घर भाडामा लिएर ३ अर्ब ४ करोड बराबरको अनलाइन जुवा खेलाउने २४ जना पक्राउ
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ३ अर्ब ४ करोड रकम बराबरको अनलाइन (जुवा) सट्टावाजी गर्ने/गराउने समूह पक्राउ गरेको छ…
कल सेन्टर खोलेर अवैध अनलाइन सट्टेबाजी, २ भारतीयसहित ५३ जना पक्राउ
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले अवैध कल सेन्टर सञ्चालनमा संलग्न दुई भारतीयसहित ५३ जनालाई पक्राउ गरेको छ ।&n…
प्रयोगकर्ताको डेटा आपराधिक गिरोहलाई उपलब्ध गराउने खल्ती वालेटका तीन कर्मचारी पक्राउ
डिजिटल वालेट खल्तीका तीन जना कर्मचारीले प्रयोगकर्ताको व्यक्तिगत विवरण आपराधिक गिरोहलाई उपलब्ध गराएको तथ्य खुलेको छ ।
…साइबर ठगीमा युवाहरूको संलग्नता बढी, बायोमेट्रिकसहितको केवाईसी लागु गर्न सुझाव
साइबर प्रविधिमा आधारित शंकास्पद वित्तीय कारोबारमा १९ देखि २४ वर्ष उमेर समूहका युवाहरू बढी देखिएका छन् । नेपाल राष्ट्र बैंकको व…
बेहुली फ्रम मेघौलीको क्लिप्स सामाजिक सञ्जालमा राख्नेविरूद्ध साइबर ब्यूरोमा उजुरी
‘बेहुली फ्रम मेघौली’ फिल्मको शर्ट क्लिप्सहरू सामाजिक सञ्जालमा राख्ने प्रयोगकर्ताको अकाउन्ट बन्द हुने भएको छ ।
एआईको प्रयोग गरी विशिष्ट व्यक्तिहरुको चरित्र हत्या गर्न भ्रामक भिडियो बनाउने युवक पक्राउ
एआईको प्रयोग गरी विशिष्ट व्यक्तिहरुको चरित्र हत्या गर्ने उद्देश्यका साथ भ्रामक भिडियो बनाउने २२ वर्षिय युवक पक्राउ परेका छन् । …