कीवर्डहरू -

Most read

सफ्टेक २०१४ को तयारी तीव्र

कम्प्युटर एशोसिएसन अफ नेपाल (क्यान) ले वार्षिक रुपमा गर्दै आएको सफ्टेकको सातौं संस्करणको तयारी तीव्र पारेको छ । भदौ २६ देखि २९ गतेसम्म भृकुटीमण्डपको प्रदर्शनी हलमा हुने 'सुबिसु क्यान सफ्टेक २०१४ इन एशोसिएसन विथ नियो ईआरपि'मा मा १ सय ४२ स्टल सहभागी हुने जानकारी आयोजकले दिएको छ । बुधबार प्रेस सेम्मेलन गर्दै क्यानले ७० प्रतिशत स्टल बुकिङ भइसकेको जनाएको छ । यस अन्तर्गत सफ्ट्वेयर, कम्प्युटर शिक्षा, कम्प्युटर सुरक्षा, बैंकिङ, सूचना व्यवस्थापन, लेखा व्यवस्थापन, एन्टिभाईरस, अस्पताल व्यवस्थापन लगायतका सफ्ट्वेयरको प्रदर्शनी गरिनेछ ।

त्यस्तै सेवा सम्बन्धी क्षेत्रमा इन्टरनेट, केबल तथा टेलिभिजन सम्बन्धी सेवा रहने छन् । सोलुसनको क्षेत्रमा सेक्युरिटी सोलुसन, वायरलेश सोलुसन, प्रिन्टिङ्ग सोलुसन, पावर \"\" सोलुसन र विभिन्न एप्लिकेशनसहितका स्टल रहने छन् । यसका साथमा कम्प्युटर र सूचना तथा सञ्चार प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले स्मार्ट मोबाइल र ल्यापटपसहितका स्टल थप गरिने बताइएको छ । नेपाल सरकारका विभिन्न निकायले गरेका सूचना तथा सञ्चार प्रविधिको अभ्याससँग सम्बन्धित गतिविधिको प्रदर्शनी पनि सफ्टेकमा हुने छ ।

सफ्टेकमा आइसिटी क्षेत्रसँग सम्बन्धित विभिन्न विषयमा सेमिनार कार्यक्रम गरिने भएको छ । एस्क्यूए इन्थुजिएस्टसँगको सहकार्यमा एक दिवसिय वेब सेक्युरिटी विषयक सेमिनार कार्यक्रम र ग्रिन आइटी सोलुसन्ससँगको सहकार्यमा एक दिवसिय भर्चुलाइजेशन कार्यशाला समेत गरिने बताइएको छ ।

त्यस्तै, मिदास एजेकेशनसँगको सहकार्यमा 'लर्न अन मोबाइल'को अवधारणाअनुरुप मिदास ई क्लास एप सम्पूर्ण भिजिटरलाई उपलब्ध गराउने जानकारी पनि प्रेस सम्मेलनमा दिइयो ।

सफ्टेकको अवसरमा सहभागी कम्पनीहरुले विभिन्न स्किम सहितका प्रोडक्ट प्रदर्शनीमा राख्ने छन् । शीर्ष प्रायोजक सुबिसु केबल नेट प्रालिले इन्टरप्राइज सेवाहरु, प्रोडक्सन होस्टिङ सोलुसन डेडिकेटेड एण्ड म्यानेज्ड होस्टिङ सोलुसन, अप्टिमाइज्ड इन्टरप्राइज्ड इन्टरप्राइज इन्टरनेट र म्यानेज्ड भिडियो प्रिजेन्स जस्ता सेवाको जानकारी दिनेछ ।

यसै गरी सिल्भर स्पोन्सर ईरासफ्ट सोलुुसन प्रा. लि. ले माबाईलको प्रयोगबाट नै ट्याक्सी सेवा लिन तथा प्रदान गर्न सकिने (अनभर स्मार्ट ट्याक्सी) सेवा यसै सफ्टेकबाट शुरुवात गर्ने छ । प्रिन्ट स्पोन्सर सागर इन्फोसिसले कास्परस्की एन्टिभाइरस तथा इन्टरनेट सेक्युरिटी र प्रेस्टिजिओ स्मार्टफोन र ट्याब्लेटमा विशेष अफर दिने भएको छ ।

सातौं संस्करणको सफ्टेकलाई सफल पार्न सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा कार्यरत व्यक्ति, सफ्ट्वेयर उद्योगी, सफ्टवेयर प्रयोगकर्ता, नीति निर्माता, सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा अध्ययनरत विद्यार्थी, सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा कार्यरत तथा नेपाल सरकारका विभिन्न निकाय, बैंक तथा वित्तीय संस्था, स्कुल कलेज तथा अन्य निजी क्षेत्रमा क्रियाशील संघ संस्थालाई आयोजक क्यानले अनुरोध समेत गरेको छ ।

Most read

इन्स्टाग्राममा एआई पावर्ड सर्चबार परीक्षण गर्दै मेटा

मेटाले इन्स्टाग्राममा एआई पावर्ड सर्चबार परीक्षण गरिरहेको छ । कम्पनीले इन्स्टाग्रामको सर्च बार र च्याटमा मेटा एआई राख्ने गरी परीक्षण …

सामाजिक सुरक्षा भत्ता सिधैं व्यक्तिको बैंक खातामा पठाउन सुरू

सरकारले सामाजिक सुरक्षा भत्ता सिधैं व्यक्तिको खातामा पठाउन सुरू गरेको छ । सरकारले चालु आर्थिक वर्ष २०८०/८१ का लागि सार्वजनिक ग…

महिलाले नेतृत्व गरेका स्टार्टअप तथा परियाेजनाकाे प्रदर्शनी गर्दै दूरसञ्चार प्राधिकरण

नेपाल दूरसञ्चार प्राधिकरणले अन्तराष्ट्रिय दूरसंचार संघको आह्वानमा किशोरी तथा महिलाहरुबाट सिर्जित सूचना तथा सञ्चार प्रविधिमूलक प्र…

चालु आर्थिक वर्षमा हुम्लाबाहेक सबै जिल्लामा नेपाल टेलिकमको एफटीएचएच सेवा पुग्ने

सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् नेपाल सरकारका प्रवक्ता रेखा शर्माले सरकार दुरदराजमा इन्टरनेट सेवा पुर्‍याउने अभियानमा र…

झापामा फागुन २१ देखि हुने क्यान इन्फोटेकको तयारी तीव्र

झापामा पहिलो पटक हुन लागेको सूचना प्रविधिको मेला 'सुबिसु क्यान इन्फोटेक २०१६' को तयारी तीव्र पारिएको छ । ८० प्रतिशत तयारी पूरा भएको जानकारी क्यान महास…

राष्ट्र बैंकले छिट्टै डिजिटल करेन्सी ल्याउनुपर्छः डा. खतिवडा

पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले नोटको प्रयोग घट्दै गएकोले अब सहकारीले पनि सूचना प्रविधिमा जोडिएर विद्युतिय भुक्तानी गर्न तय…

अब इन्स्टाग्राममा रिल हेर्ने मात्रै नभएर गेम पनि खेल्न सकिने

मेटाको फोटो भिडियो सेयरिङ प्लेटफर्म इन्स्टाग्राममा अब गेम समेत खेल्न सकिने भएको छ । एपलाई अझै रोचक बनाउन इन्स्टाग्रामले आफ्ना प्रय…

सेल्सबेरीमा नेपाल पेबाट क्यूआर गर्दा १० प्रतिशत क्यासब्याक

 देशभरिका सेल्सबेरी स्टोरमा सामान खरिद गरी ‘नेपाल पे’ बाट भुक्तानी गर्ने ग्राहकहरूले १० प्रतिशत (अधिकतम १०० …

हल्ट प्राइज एट आइओईको उद्यमशीलता श्रृंखलाको दोस्रो भागमा स्टार्टअप बारे छलफल

हल्ट प्राइज एट आइओई पुल्चोक क्याम्पसले गत शनिबार उद्यमशीलता छलफल श्रृंखलाको दोस्रो भाग समापन गरेको छ  …

आईएमई पेको रिफन्डेबल फिचरमार्फत आन्तरिक हवाई टिकट काट्नेको संख्या बढ्दो

नेपालको पहिलो डिजिटल वालेट आइएमई पेले सञ्चालनमा ल्याएको रिफन्डेबल फिचरमार्फत आन्तरिक हवाई टिकट काट्ने सुविधा धेरैको रोजाइमा प…

काठमाडौँ म्युजिक फेस्टिभलको आधिकारिक फूड पार्टनरमा फूडमान्डु

फूड डेलिभरी कम्पनी फूडमान्डु ‘काठमाडौँ म्युजिक फेस्टिभल २०२४’ को आधिकारिक फूड पार्टनर हुने भएको छ । दक्षिण एसियाक…

बससेवाको नयाँ वर्ष अफर, हरेक दिन एक जना यात्रुले स्मार्टवाच र एयरबड जित्न सक्ने

नेपालको एकमात्र अनलाइन बस टिकटिङ्ग सेवा प्रदायक बससेवा डटकमले नयाँ वर्ष २०८१ सालको उपलक्ष्यमा ८१ सालमा एक्कासी अफर सार्वजनिक गर…

डिशहोमको एक्सन स्पोर्टस एचडी वानमा आहा रारा गोल्डकप हेर्न सकिने

पोखरामा मंगलबारदेखि सुरू हुने आहा रारा गोल्डकपको २३ औं संस्करणका खेलहरुको हेर्न सकिने भएको छ । पोखरा रंगशालामा हुने प्…

३ जिबी र्याम भएकाे माइक्रोम्याक्स क्यानभास ५ नेपाली बजारमा, मूल्य २१ हजार ५ सय रुपैयाँ

माइक्रोम्याक्सको नेपालस्थित आधिकारिक विक्रेता पशुपति ट्रेडलिंकले इन्फोटेकमा आफ्नो विशेष उपस्थिति जनाएको छ । उसले ल्याएको माइक्रोम्याक्स क्यानभास ५ मा अवलोकनकर्ता…

सीजी चिम्नी र एलईडी बल्ब सार्वजनिक

चौधरी ग्रुपअन्तर्गतको कम्पनी ईओएल प्रालिले नयाँ सीजी चिम्नी र एलईडी बल्ब सार्वजनिक गरेको छ । ब्रान्ड…