कीवर्डहरू -

साइबर सुरक्षा

मोबाइलबाट बैंकिङ कारोबार गर्दै हुनुहुन्छ ? यी सुरक्षा उपाय अनिवार्य अपनाउनुहोस्

काठमाडौं । मोबाइल तथा इन्टरनेट बैंकिङको प्रयोग बढेसँगै अनलाइन कारोबारमा साइबर ठगी र अन्य सुरक्षा जोखिम पनि बढ्न सक्छन् । त्यसैले अनलाइन बैंकिङ प्रयोग गर्दा आफ्नो खाता र व्यक्तिगत विवरण सुरक्षित राख्न विशेष सावधानी अपनाउनुपर्छ ।

अनलाइन बैंकिङ प्रयोग गर्नुअघि सम्बन्धित बैंकका नियम तथा प्रक्रियाबारे जानकारी लिनुहोस् । मोबाइल बैंकिङका लागि बैंकको आधिकारिक मोबाइल एप पहिचान गरी आधिकारिक स्रोतबाट मात्र डाउनलोड गर्नुहोस् । इन्टरनेट बैंकिङ प्रयोग गर्दा बैंकको आधिकारिक वेबसाइटमा मात्र प्रयोग गर्नुहोस् ।

बैंकिङ कारोबार गर्ने मोबाइल, कम्प्युटर वा ल्यापटपमा पासवर्ड, प्याटर्न, पिन वा बायोमेट्रिक लक अनिवार्य राख्नुहोस् । सम्भव भएसम्म मल्टी-फ्याक्टर अथेन्टिकेसन तथा टू-फ्याक्टर अथेन्टिकेसन सक्रिय गर्नुहोस् । ओटीपी, मोबाइल नम्बर वा फिङ्गरप्रिन्टजस्ता अतिरिक्त सुरक्षा प्रणालीको प्रयोगले खाताको सुरक्षा थप मजबुत बनाउन सक्छ ।

इन्टरनेट बैंकिङ प्रयोग गर्दा बैंकको आधिकारिक यूआरएल आफैं टाइप गरेर वेबसाइटमा प्रवेश गर्नुहोस् । इमेल, एसएमएस वा सामाजिक सञ्जालमा आएका शंकास्पद लिंक तथा अन्य वेबसाइटमा रहेका हाइपरलिंक क्लिक गरेर बैंकिङ सेवामा प्रवेश नगर्नुहोस् ।

बैंक खातामा हुने हरेक कारोबारको जानकारी प्राप्त गर्न एसएमएस वा इमेल नोटिफिकेसन सेवा सक्रिय राख्नुहोस् । बैंक स्टेटमेन्ट नियमित रूपमा जाँच गर्नुका साथै आफ्नो खातामा भएका कारोबार बैंकको स्टेटमेन्टसँग मिलान गर्नुहोस् ।

आफ्नो बैंक खाता विवरण, पासवर्ड, पिन, सीभीसी र ओटीपीजस्ता संवेदनशील जानकारी कसैलाई पनि नदिनुहोस् । बैंकका कर्मचारीले फोन, एसएमएस वा अन्य माध्यमबाट पासवर्ड, पिन, सीभीसी वा ओटीपी माग्दैनन् । त्यसैले बैंकका कर्मचारीको नाम लिएर आउने फेक कल, सन्देश वा अन्य स्क्यामबाट सावधान रहनुहोस् ।

अनलाइन बैंकिङको लगइन क्रेडेन्सियल ब्राउजरमा सेभ नगर्नुहोस् । कारोबार पूरा भएपछि अनिवार्य रूपमा लगआउट वा साइन आउट गर्नुहोस् । सार्वजनिक कम्प्युटर, साइबर क्याफे वा सार्वजनिक वाइफाइ प्रयोग गरेर अनलाइन बैंकिङ कारोबार नगर्नुहोस् ।

बैंकिङका लागि प्रयोग हुने मोबाइल, कम्प्युटर, ल्यापटप तथा अन्य उपकरणमा नियमित रूपमा सफ्टवेयर र मोबाइल एप अपडेट गर्नुहोस् । कम्प्युटर, मोबाइल तथा ल्यापटपमा विश्वसनीय र मौलिक एन्टिभाइरस सफ्टवेयर प्रयोग गर्नुहोस् । उपकरणमा अनधिकृत पहुँच रोक्न पासवर्ड वा अन्य सुरक्षा प्रणाली सक्रिय राख्नुहोस् ।

अनलाइन बैंकिङ सुरक्षित रूपमा प्रयोग गर्ने तरिकाबारे आफू पनि जानकारी लिनुहोस् र परिवारका सदस्यलाई समेत सचेत गराउनुहोस् । डिजिटल बैंकिङको प्रयोग गर्दा सामान्य सुरक्षा सावधानी अपनाउन सके साइबर ठगी तथा अनधिकृत कारोबारको जोखिम कम गर्न सकिन्छ ।

साइबर सुरक्षा

नेपालमा पहिलोपटक भर्चुअल साइबर सेक्युरिटीको इन्टर्नशिप, उत्कृष्टलाई रोजगारीको अवसर

काठमाडौं । नेपालमा साइबर सुरक्षा क्षेत्रको बढ्दो मागलाई सम्बोधन गर्दै दक्ष जनशक्ति तयार पार्ने उद्देश्यका साथ पूर्…

राहतको नाममा डिजिटल ठगीको जोखिम, क्यूआर स्क्यान गर्नुअघि सचेत रहन राष्ट्र बैंकको आग्रह

काठमाडौं । भोटेकोशी बाढी तथा अन्य विपद्बाट प्रभावितका लागि राहत रकम संकलन भइरहेका बेला नेपाल राष्ट्र बैंकले…

प्रधानमन्त्री राहत कोषको नाममा डिजिटल ठगी, प्रहरीको ‘स्क्याम अलर्ट’

काठमाडौं । विपद्का बेला सर्वसाधारणको सहानुभूति र सहयोगको भावनालाई दुरुपयोग गर्दै ठगी गर्ने गतिविधि बढेको भ…

बैंकको नाममा नयाँ शैलीको ठगी, ओटीपी माग्ने चार जना पक्राउ

काठमाडौं । बैंकका कर्मचारी बनेर फोन गर्ने र ‘केवाईसी अपडेट’ गर्नुपर्ने भन्दै ओटीपी (One-Time Pa…

एआईको दुरुपयोगले बढायो साइबर अपराध, प्रहरीको आग्रह- ‘अनलाइनका सबै कुरा नपत्याउनू’

काठमाडौं । नेपाल प्रहरीले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) तथा प्रविधिको दुरुपयोग गरी सामाजिक सञ्जाल र डिजिटल …

टिएआरएल परियोजनाले सामुदायिक विद्यालयका विद्यार्थीको सिकाइमा सुधार

रोटरी क्लब अफ यलाले ललितपुर र काभ्रे जिल्लाका ३० सामुदायिक विद्यालयमा सञ्चालन गरेको ग्लोबल ग्रान्ट प्रोजेक्ट – टिचिङ एट द राइट लेभल (टिएआरएल) मार्फत कक्…

एक क्लिकको गल्तीले रित्तिन सक्छ बैंक खाता : यसरी फैलिँदै छ अनलाइन स्क्यामको जालो

काठमाडौं । "तपाईंले अन्तर्राष्ट्रिय लट्री जित्नुभएको छ", "विदेशबाट आईफोन उपहार आएको छ", …

युट्युबमार्फत भ्रामक सूचना र अफवाह फैलाएको आरोपमा एक जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीको साइबर ब्यूरोले युट्युबमार्फत भ्रामक सूचना तथा अफवाह फैलाएको आरोपमा एक जनालाई पक्रा…

एसिया–युरोप भ्रमणको अफर देखाएर डिजिटल ठगी, दुई जना पक्राउ

कास्की । एसिया र युरोपका विभिन्न देश घुमाइदिने प्रलोभन देखाएर अनलाइनमार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको आरो…

फेसबुकबाट जागिरको अफर, बैंक खाताबाट रकम गायब : पाँच जना पक्राउ

काठमाडौं । फेसबुकमार्फत वैदेशिक रोजगारीको आकर्षक विज्ञापन देखाएर सर्वसाधारणलाई ठगी गर्ने गिरोहलाई नेपाल प्रह…

टिकटक र फेसबुक दुरुपयोग गरी महिलाको चरित्रहत्या, दुई जना पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमार्फत महिलामाथि साइबर हिंसा, ब्ल्याकमेल र चरित्रहत्या गर्ने आरोपमा नेपाल प्रहरीको सा…

हनी ट्र्याप : डिजिटल दुनियाँको नयाँ ठगी, कसरी जोगिने ?

काठमाडौं । आजको डिजिटल युगमा ठगीका नयाँ-नयाँ स्वरूप देखा परिरहेका छन् । तीमध्ये एक घातक र योजनाबद्ध ठगी हो…

सामाजिक सञ्जाल फेसबुक ह्याक गरी ठगी गर्ने एक युवक पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमा अनधिकृत पहुँच पुर्‍याई ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका १६ बालाज…

ह्वाट्सएपमा नयाँ साइबर खतरा, साथीको अकाउन्टबाटै आउँदै भाइरसयुक्त फाइल

काठमाडौं । भारत सरकारको साइबर सुरक्षा निकाय सीईआरटी–इन (CERT-In) ले ह्वाट्सएप डेस्कटप र ह्वाट्सएप वेब …

सामाजिक सञ्जालमा अश्लील सामाग्री सार्वजनिक गरी ब्ल्याकमेल गर्ने २० वर्षीय युवक पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमार्फत एक महिलाको निजी तस्बिर र भिडियो दुरुपयोग गरी ब्ल्याकमेल गरेको आरोपमा नेपाल …