कीवर्डहरू -

अन्तर्वार्ता

‘इन्ड्राइभ अब सस्टेनेबिलिटीमा केन्द्रित हुन्छ, प्लेटफर्ममा धेरैभन्दा धेरै ईभीलाई जोड्छौं’

राइड हेलिङ प्लेटफर्म इन्ड्राइभ नेपालमा लोकप्रिय छ । यसमा चालक र यात्रु दुबैले बार्गेनिङ गर्न सक्छन् । 

विश्वका ४६ देशमा फैलिएको इन्ड्राइभले नेपाली बजारमा पनि विशेष ध्यान केन्द्रित गरेको छ ।  

हालै इन्ड्राइभका एशिया प्यासिफिक क्षेत्रका प्रमुख मार्क टली नेपाल आएका थिए । यसै सन्दर्भमा इन्ड्राइभले नेपालमा गरिरहेको काम, चुनौती र आगामी योजनाबारे उनै टलीसँग आइसिटी समाचारले गरेको कुराकानीको सम्पादित अंश:


केही दिन अगाडि महिला यात्रुलाई इन्ड्राइभरका राइडरले दुर्व्यवहार गरेको घटना सार्वजनिक भएको थियो । यसमा इन्ड्राइभको धारणा के छ ? 

इन्ड्राइभले सुरूवातदेखि नै जिरो टोलोरेन्स नीति अंगीकार गरेको छ । सेवाग्राहीहरूमाथि गरिने कुनै पनि आपत्तिजनक, गैरकानूनी र दुर्व्यवहारपूर्ण कार्य कडा रूपमा निन्दा गर्दछौं । विशेषगरी इन्ड्राइभले महिलाहरूको सुरक्षालाई प्राथमिकता दिदै आएको छ ।

यात्राको अनुभवलाई उत्कृष्ट बनाउने कार्य सधैं जारी छ । केही दिन अगाडि महिला यात्रुमाथि इन्ड्राइभ राइडरबाट भएको घटनाप्रति क्षमा चाहन्छौं । इन्ड्राइभ एउटा जिम्मेवार कम्पनी हो । त्यसैले यस घटनालाई निष्पक्ष रूपमा अनुसन्धान गर्नका लागि सम्बन्धित निकायसँग हामीले पूर्ण रूपमा सहकार्य गरेका छौं ।

सेवालाई निरन्तर रूपमा सुधार गर्न हामी प्रतिबद्ध छौं । यो हाम्रो मुख्य भ्यालु पनि हो । आगामी दिनमा यस्ता दुर्व्यवहारका घटना दोहोरिन नदिन काम गर्नेछौं । इन्ड्राइभ छनौटलाई सुरक्षित बनाउन सुनिश्चित गर्ने हाम्रो उद्देश्य हो । इन्ड्राइभमा केही सेफ्टी फिचर समेत छन् । एपमा सेफ्टी बटन छ, जसले प्रयोगकर्तालाई हाम्रो सपोर्ट, प्रहरी र एम्बुलेन्समा सम्पर्क गर्न अनुमति दिनेछ । 

यस्तै प्रयोगकर्ताले आपतकालीन अवस्थामा ट्रेस्टेड व्यक्तिलाई समेत सम्पर्क गर्न सक्छन्, जसका लागि एपको इमरजेन्सी कन्ट्याक्टमा ५ वटासम्म सम्पर्क नम्बर राख्न सकिन्छ ।  

साथै शेयर योर राइड फिचरबाट यात्रु र राइडर दुबैल आफ्नो परिवार र साथीभाइसँग लाइभ लोकेसन शेयर गर्न सक्छन् । अर्को हामीसँग यात्रु र ड्राइभरलाई रेटिङ गर्ने फिचर पनि छ । यस अनुसार इन्ड्राइभबाट यात्रा गर्दा रेटिङ हेरेर गर्न सकिने छ । 

इन्ड्राइभ नेपालीहरूको रोजाइमा परेको छ । नेपालमा इन्ड्राइभ सफल हुनु पछाडिका कारणहरू के के हुन ? 

हामीले नेपालमा अथाह वृद्धि देखेका छौं । वार्षिकरूपमा ३० प्रतिशतले इन्ड्राइभ वृद्धि भइरहेको छ । यात्रु ३० प्रतिशत र ड्राइभर ५० देखि ६० प्रतिशतसम्मले वार्षिक रूपमा वृद्धि भइरहेका छन् । नेपाली जनताको साथ सहयोगले यो वृद्धि सफल भएको हो । सर्वप्रथम म सबैलाई धन्यवाद दिन चाहन्छु ।

कुनै पनि बजारमा प्रवेश इन्ड्राइभ स्थानीय समुदायलाई सपोर्ट गर्नेमा केन्द्रित हुन्छ । यस बाहेक हामीले एफोर्डेबल र कन्भियन्स सेवा दिन्छौं । नेपाल जस्तो देशको मोबिलिटी उद्योग, इन्ड्राइभ जस्ता कम्पनीको इन्नोभेसनमार्फत उत्कृष्ट भइरहेको छ । बढ्दो शहरीकरणका कारण यातायात व्यवस्थामा देखिएका समस्यालाई पनि सुधार गर्न यसले भूमिका खेलेको छ ।

अर्को कुरा इन्ड्राइभ ‘भ्यालु फर मनी’ छ । इन्ड्राइभका यात्रु तथा राइडरले यात्रा गर्नुभन्दा अगाडि आफ्नो मूल्य आफै तोक्न सक्छन् । त्यो सुविधा हामीले दिएका छौं । इन्ड्राइभले ड्राइभरबाट १० प्रतिशत मात्रै कमिसन लिने गरेको छ । यसले ड्राइभरलाई अझै धेरै आम्दानी गर्न सघाउँछ । यात्रु र ड्राइभरका लागि उपलब्ध भएका यी सुविधाले नेपालमा इन्ड्राइभ सफल भएको जस्तो लाग्छ । 

इन्ड्राइभले नागरिक र समुदाय केन्द्रित अवधारणामा जोड दिएको छ । यस अवधारणा नेपाल जस्ता स्थानीय बजारमा कसरी प्रतिबिम्बित भइरहेको छ ? 

इन्ड्राइभले प्रयोगकर्तालाई छनौट र नियन्त्रणमार्फत सशक्तिकरण गर्न खोजेको छ । यात्रुले राइडरको रेटिङ, भेहिकल र समयको आधारमा आफ्नो राइड छनौट गर्न सक्छन् ।

यस्तै ड्राइभरले पनि प्यासेन्जर छनौट गरेर राइड लिन सक्छन् । इन्ड्राइभले राइडर र यात्रु दवैलाई आफ्नो राइड छनौट आफै गर्न सक्ने स्वतन्त्रता दिएको छ । इन्ड्राइभले स्वतन्त्रतालाई सधैं प्रवर्द्धन गर्ने गरेका छौं ।

मोबिलिटी उद्योगमा सस्टेनेबिलिटीको महत्त्वपूर्ण हुँदै गएको छ । सस्टेनेबिलिटी अभ्यासहरूलाई इन्ड्राइभले कसरी समावेश गरिरहेको छ ?  

विश्व नै सस्टेनिबिलिटी अर्थात दिगोमा केन्द्रित भइरहेको छ । यसमा इन्ड्राइभ पनि फरक छैन् । इन्ड्राइभले मोबिलिटी उद्योगको दिगोपनमा जोड दिइरहेको छ । यसलाई हामीले ‘इन्ड्राइभ कम्फर्ट’ फिचर ल्याएर नेपालमा सबैभन्दा पहिला सम्बोधन गरेका छौं ।

इन्ड्राइभ कम्फर्टका सबै कारहरू विद्युतीय हुन् । यसले प्रयोगकर्तालाई सहज र सुविधायुक्त यात्रा गर्न सघाउने छ । कम्फर्टलाई धेरै प्रयोगकर्ताले मन समेत पराइदिनु भएको छ । 

दक्षिण एशियाली क्षेत्रमा राइड हेलिङ उद्योगले कस्ता चुनौती भोगिरहेको छ र इन्ड्राइभले चुनौतीहरूको सामना कसरी गर्दै आएको छ ? 

हामीले दक्षिण एशिया क्षेत्रमा मोबिलिटीको डिमाण्ड बढिरहेको देखेका छौं । तर सँगसँगै केही चुनौती पनि देखिएका छन् । मोबिलिटी उद्योग वृद्धि हुँदा नियमहरू पनि परिवर्तन हुँदै आएका छन् । इन्ड्राइभले सधैं स्थानीय कानुनलाई पालना गर्दै नियमनमा सघाइरहेको छ । 

अर्को चुनौती भनेको प्रतिस्पर्धा पनि हो । त्यसका लागि इन्ड्राइभको पियर टु पियर मोडलले धेरै सघाएको छ । यात्रु र ड्राइभरलाई स्वतन्त्रता प्रदान गरेको छ । 

प्रतिस्पर्धाको सामना गर्न र प्रयोगकर्ताको अनुभवलाई वृद्धि गर्न इन्ड्राइभले इन्नोभेसनको लाभ कसरी लिइरहेको छ ?  

सबै उयोगमा इन्नोभेसन आवश्यक छ । विशेष गरी मोबिलिटी उद्योगमा अझ धेरै । हामीले पियर टु पियर मोडेलमार्फत यात्रु र ड्राइभरलाई छनौटको सुविधा दिएका छौं । कमिसनमा पनि इन्ड्राइभले इन्नोभेसन ल्याएको छ ।

null

हाम्रो कमिसन १० प्रतिशतभन्दा बढी छैन्, जुन मार्केट लिडर हो । यसले ड्राइभरलाई बजारमा धेरै वित्तीय स्वतन्त्रता प्रदान गरेको छ । अर्को कुरा इन्ड्राइभले सेफ्टी फिचरमा धेरै ध्यान दिएको छ । नयाँ ड्राइभरलाई अनबोर्ड गर्ने प्रक्रिया पनि कठिन छ । हामीसँग रियलटाइम ट्रयाकिङ प्रणाली पनि छ । 

नेपालमा इन्ड्राइभलाई आगामी ५ वर्षमा हामी कहाँ देख्न सक्छौं ? 

५ वर्ष लामोसमय हो । अबको ५ वर्षमा काठमाडौंभन्दा बाहिर पनि फैलिन्छौं । सन् २०२५ मा धेरैभन्दा धेरै यात्रु र ड्राइभरलाई इन्ड्राइभसँग जोड्ने लक्ष्य छ । यस बाहेक हामीले राइडर इन्स्योरेन्स सुविधा ल्याउँदै छौं । नेपालमा कार्यालय पनि स्थापना गरिसकेका छौं । अब हामी सस्टेनिबिलिटीमा धेरै केन्द्रित हुनेछौं । त्यसै अनुसार प्लेटफर्ममा विद्युतीय सवारीसाधनलाई बढी जोड दिनेछौं । 

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत इन्ड्राइभले नेपालमा के के काम गरिरहेको छ ? 

नेपालमा इन्ड्राइभले विभिन्न प्रोजेक्टमा काम गरिरहेको छ । नेपाल सेन्टर फर डिजास्टर म्यानेजमेन्टसँग मिलेर पहिरोबाट पीडित काभ्रे नमोबुद्धमा ५ वटा घर बनाइदिदै छौं, जुन एउटा उद्घाटन पनि भइसकेको छ ।

यस बाहेक काठमाडौं म्यारथनसँग पनि योर पिस परियोजनामार्फत सहाकार्य गरेका छौं । यो सहकार्य यस वर्ष पनि जारी रहने छ । यसले नागरिहरूलाई दौडन उत्प्रेरित गर्नेछ । म पनि दौडने छु ।  


 

अन्तर्वार्ता

ग्राहकको सन्तुष्टि इन्ड्राइभको शीर्ष प्राथमिकतामा छः मार्केटिङ निर्देशक नतालिया माकारेन्को (अन्तर्वार्ता)

इन्ड्राइभ हाल नेपालमा सबैभन्दा लोकप्रिय राइड–हेलिङ सेवाहरू मध्ये एक हो । यसको मुख्य कारण भनेको सवारी चालक र ग्राहक दुवैल…

इन्ड्राइभले छिट्टै बीमाको सुविधा पनि ल्याउँदै छः निर्देशक रिता पोखरेल (अन्तर्वाता)

करिब २ वर्ष अगाडि नेपालमा विदेशी राइड हेलिङ प्लेटफर्म इन्ड्राइभ सुरू भएको थियो । सुरू २ वर्ष अगाडि भएपनि नेपालमा दर्ता नहु…

इन्ड्राइभ दर्ता प्रक्रियाको अन्तिम चरणमा छः पवित नन्दा (अन्तर्वाता)

पछिल्लो समय नेपालमा राइड शेयरिङ प्लेटफर्मको रूपमा इन्ड्राइभ लोकप्रिय हुँदै गइरहेको छ । 

तर नेपालमा सेवा सुरू गरिसकेको करिब द…

‘नेपालको आईटी क्षेत्र दश वर्ष पछाडि छ, यस्तै ढिलासुस्ती हुँदै गयो भने झन झन पछाडि पर्छ’

सूचना प्रविधिले गर्दा विश्वलाई एउटै ग्लोबल भिलेजको रूपमा अगाडि बढाएको छ । हामीहरू विदेशको काम नेपालको कुनै पनि ठाउँमा ब…

‘साइबर सुरक्षाका नयाँ ट्रेन्डहरूलाई सम्बोधन गर्ने गरी नयाँ कानुन ल्याउन आवश्यक छ’

नेपालमा सूचना प्रविधिको प्रयोग र विस्तार बढिरहेको छ । देशको अधिकांश भुभागमा इन्टरनेट पुगेको छ । सबैको हातहातमा डिजिटल डिभाइहरू पुग्न थालेका छन् । प्र…

‘३ करोड जनसंख्या भनेको सानो होइन, सम्भावना देखेरै इन्ड्राइभ नेपाल आएको हो’

करिब डेढ वर्ष अगाडि नेपालमा विदेशी राइड शेयरिङ प्लेटफर्म इन्ड्राइभ सुरू भएको थियो …

नेपालमा अवसर देखेरै लिडस्क्वार्ड आएको होः श्रीधर सम्पत (अन्तर्वार्ता)

लिडस्क्वार्ड एक सास प्रडक्ट हो । सन् २०२३ देखि लिड स्क्वार्डले मेन्टर ल्याबसँग स…

‘एआईको युग सुरू भएको छ, कार्यान्वयनको खाँचो छ’

च्याटजीपीटी सार्वजनिक भएपछि विश्वभर आर्टिफिसयल इन्टेलिजेन्स (एआई) अर्थात कृतिम बौद्धिकताको चर्चा व्यापक भइरहेको छ । नेपालमा पनि एआईको चर्चा हुन थालेको छ …

नेपालमा पोष्टग्रे एसक्युएल कम्युनिटी विकास गर्न खोज्दै छौः बालकृष्ण बाल (अन्तर्वाता)

आउँदो वैशाख २८ र २९ गते अर्थात मे ११ र १२ तारिखमा धुलिखेलको काठमाडौं व…

इन्टरनेट नभएपनि मोबाइल बैंकिङबाट भुक्तानी गर्न मिल्ने सुविधा ल्याउँदै छौः दिवस सापकोटा

नेपालकाे अग्रणी फिनेटेक कम्पनी फोनपेले गत माघमा इन्टरनेट नभएपनि भुक्तानी गर्न मिल्ने अफलाइन भुक्तानी सुविधा ल्यायो । यो नेपाली फिनेटक क्षेत्रका लागि आफै…

‘राज्यलाई आधा धण्टा बत्ति गयो र सर्भर डाउन भयो भन्ने छुट छैन्’

सरकारले ३ महिना अगाडि सूचना प्रविधि (आईटी) क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्न, नीति निर्माण र सोको कार्यान्वयन गर्न उच्च स्तरीय निकायको महशुस शक्तिशा…

बैंकमा म्यानुअल्ली हुने कामलाई फास्ट बैंकिङले डिजिटाइज गर्छः सीईओ भुजु

विगत २० वर्षदेखि नेपालको वित्तिय क्षेत्रलाई डिजिटल बनाउन तल्लिन संस्था हो । स्मार्ट च्वाइस टेक्नोलोजी (एससीटी) । कार्डबाट सुरू भएको एससीटीको यात्रा फास्ट ब…

दूरशिक्षाबाट तालिम लिएका विद्यार्थीहरू खालि छैनन्, जब प्लेसमेन्ट राम्रो छ - सीईओ पाण्डे

पछिल्लो समय नेपालमा सूचना प्रविधिको प्रयोग बढ्दै गइरहेको छ । कोरोना महामा…

नेपालमा सूचना प्रविधिको भविष्य राम्रो छ, त्यसका लागि हामीले नयाँ नयाँ सिप सिक्नुपर्छः पन्थी 

भक्तपुरका कोविद पन्थी उमेरले १८ वर्ष भए । १८ वर्षकै उमेरमा उनले २ वटा कम्प…

स्टार्टअपका लागि १५ प्रतिशतको लगानी पोर्टफोलियो बनाउँदैछौंः डा. मनिष थापा

सन् २०१९ मा स्थापना भएको ग्लोबल इक्विटी फण्ड, प्राइभेट इक्विटी तथा भेन्चर क्या…