समाचार
महावीर पुनसँग सरकारले आज पनि वार्ता गर्दै
सरकारका प्रतिनिधि र राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनबीच आज पनि वार्ता हुँदैछ । आइतवार भएको वार्ता निष्कर्षमा नपुगेपछि आज पुनः वार्ता हुन लागेको हो ।
वार्तामा सहभागीहरुले आइतबारको वार्ता मौखिक रुपमा सहमति नजिक पुगेको बताएका छन् । सोमबार लिखित रुपमा सहमति हुनसक्ने उनीहरुको भनाइ छ ।
पुनले अनुसन्धान, नवप्रवर्तन र आविष्कारको क्षेत्रमा राज्यले लगानी बढाउनुपर्ने माग गर्दै गत शुक्रबारबाट माइतीघर मण्डलमा अनिश्चितकालीन धर्ना दिंदै आएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने चितवनमा पत्रकारहरुसँग कुरा गर्दै महावीर पुन सल्लाहमै धर्नामा बसेको बताएका छन् ।
अनुसन्धान, नवप्रवर्तन र आविष्कारसहित ४ बुँदे मागसहित माइतीघरमा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनको धर्ना आज चौथो दिन पनि जारी छ । सरकारसँगको वार्ता दिउँसो साढे ३ बजेदेखि सुरू हुने महावीर पुनले बताए ।
उनले आईसिटी समाचारसँग भने, ' सरकारसँगको हिजोको वार्तामा कुरा मिलेन। आज फेरि दिउँसो साढे ३ बजेदेखि वार्ता हो। सरकार विकास बजेटको १ प्रतिशत अनुसन्धान, नवप्रवर्तन र आविष्कारमा छुट्याउन तयार छैन। हामी सरकारलाई यसबारे बुझाइरहेका छौं। '
सरकारले खोज अनुसन्धान र आविष्कारमा बेवास्ता गरेको भन्दै उनले आन्दोलनस्वरुप शुक्रबारबाट धर्ना सुरु गरेका हुन् । महावीरसँगै धर्नामा हरेक दिन राजनीतिक दलका पार्टीका नेता तथा सामाजिक अभियन्ताहरु पनि सहभागी भएका हुँदै आएका छन्।
तस्रो दिन राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीलगायतले पुनको धर्नामा ऐक्यवद्धता जनाएका थिए ।
यस्तै विभिन्न क्षेत्रका युवाहरु ‘स्टार्टअप उद्यमीहरुलाई प्रोत्साहन गर’, ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कार जगतमा युवा सहभागिता’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए।
वार्ताका लागि पुनले ४ बुँदे माग अघि सारेका छन्।
१. अनुसन्धान, नवप्रवर्तन र आविष्कार गर्ने प्रतिभाशाली र सिर्जनशील नेपालीहरूलाई अनुसन्धान गर्ने काममा ठोस सहयोग गर्न हरेक वर्ष संघीय र प्रदेश सरकारले आफ्नो विकास बजेटको १ प्रतिशत रकम छुट्याउनु पर्ने र ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कार कोष’ मा राख्नुपर्ने। सो कोषबाट नेपालका सम्पूर्ण प्रतिभाशाली सन्ततिहरूलाई आवश्यक अनुसन्धान, नवप्रवर्तन र आविष्कार गर्न सहयोग गर्नुपर्ने। कोषमा जम्मा भएको रकम सोही वर्ष खर्च नभए आगामी वर्षमा पनि खर्च गर्न पाउने व्यवस्था गर्नुपर्ने।
२. सो कोषको रकम सहज तरिकाले समयमा नै प्रतिभाशाली र नवीनतम् सोच भएका नेपालीहरूलाई उपलब्ध गराउन संसदले नेपाल सरकारको सार्वजनिक खरिद ऐनभन्दा छुट्टै ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कार प्रवर्द्धन, सञ्चालन तथा खरिद ऐन’ बनाउनुपर्ने र आवश्यकताअनुसार अनुसन्धानको कामलाई बहुवर्षीय कार्यक्रममा राख्न मिल्ने गरी नीति नियम बनाइनु पर्ने।
३.अनुसन्धान, नवप्रवर्तन र आविष्कार गरेर बनेका र सफलतापूर्वक परीक्षण गरिएका चिजलाई उत्पादन गरी नवउद्यमी बन्न चाहने नेपालीहरूलाई उद्यम सुरू गर्नको लागि चाहिने अनुमति, लाइसेन्स, अनुदान र सहज ऋण उपलब्ध गराउनु पर्ने र स्वदेशी उत्पादनलाई बजारीकरण गर्न ठोस सहयोग गर्ने नीति नियम बनाउनु पर्ने। सो कामलाई सहज बनाउन र आवश्यकताअनुसार नीति नियम बनाउनका लागि ‘नव उद्यमी प्रवर्द्धन समिति’ बनाउनु पर्ने र सो समितिले सरकारलाई आवश्यक कदम चाल्न अनुरोध गर्ने व्यवस्था गर्नुपर्ने।
४. प्राइभेट अनुसन्धान केन्द्र, मुनाफा वितरण नगर्ने अनुसन्धान केन्द्र र विश्वविद्यालयहरूमा व्यवहारिक अनुसन्धानलाई उच्च प्राथमिकताका साथ प्रोत्साहन गर्न र प्रवर्द्धन गर्नका लागि विज्ञान मन्त्रालयअन्तर्गत ‘व्यवहारिक अनुसन्धान र नवप्रवर्तन विभाग’ खोल्नुपर्ने। उक्त विभागलाई देशका प्रतिभाहरूलाई विदेश पलायन हुन नदिन र विदेश पलायन भैसकेका प्रतिभाहरूलाई के कसरी र कुन रूपमा हुन्छ स्वदेश फिर्ता ल्याउन र उनीहरूबाट फाइदा लिनको लागि चाल्नु पर्ने ठोस वातावरण तयार गर्ने पूर्ण अधिकारसहित जिम्मा दिइनुपर्ने।
समाचार
पारस खड्का हाइफ्युचरको ब्रान्ड एम्बेसडर नियुक्त
हाइफ्युचर, स्मार्ट वियरेबल र अडियो उत्पादनहरूको अग्रणी ब्राण्डलगायतको नेपालमा तपाईं …
पब्जी मोबाइल र वर्ल्डलिंकबीच सहकार्यको सम्झौता
विश्वको अग्रणी मोबाइल गेममध्येको एक पब्जी मोबाइल र इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकले…
बैतडी दोगडाकेदारमा ५ दिनदेखि सञ्चार सेवा अवरुद्ध
बैतडीको दोगडाकेदार गाउँपालिकामा विगत पाँच दिनदेखि सञ्चारसेवा अवरुद्ध भएको छ । द…
सूचना प्रविधि दिवस टेलिकमको अफर : ९८ रुपैयाँमा ६ जीबी डेटा
नेपाल टेलिकमले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२३ को अवसरमा ग्राहकहरुका …
\'विद्युतीय भुक्तानी कारोबार प्रभातफेरी – २०८०\' कार्यक्रम सम्पन्न
नेपाल राष्ट्र बैंकले काठमाडौँमा 'विद्युतीय भुक्तानी कारोबार प्रभातफेरी – २०८०' कार्…
च्याट जीपीटीलाई इटालीले लगाएको प्रतिबन्ध हटायो
एआई च्याटबट ‘च्याट जीपीटी’लाई इटालीले प्रतिबन्ध हटाएको छ।
…
किशोरी तथा महिलाका लागि ‘प्रि-जब ट्रेनिङ’ आयोजना गर्दै क्यान महासंघ
काठमाडौं । नेपालको सञ्चार तथा सूचना प्रविधि क्षेत्रको अभिभावक संस्था क्यान महासंघले…
लुम्बिनी आउने धर्मावलम्बीका लागि लक्ष्मी केयर्सद्वारा विद्युतीय सवारी साधन प्रदान
लक्ष्मी बैंकका कर्मचारीद्वारा स्थापित तथा सञ्चालित गैर सरकारी संस्था लक्ष्मी केयर्सले ल…
एनएमबि बैंकका ग्राहकलाई सामसुङ वासिङ मसिन र माइक्रोवेभको खरिदमा छुट
एनएमबि बैंक लिमिटेडले एनएमबि स्मार्ट नारी बचत खाताका ग्राहकहरूलाई वासिङ मेसिन र …
इटहरीमा अनलाइनबाटै घरको नक्सा पास गरिने
सुनसरीको इटहरी उपमहानगरपालिकाले अनलाइनबाटै घरको नक्सा पास सेवा सुरु गरेको छ । …
४ बुँदे माग राखेर महावीर पुन आन्दोलनमा
राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले ४ बुँदे माग राखेर माइतीघरमा धर्ना बसेका छन्।
…
मौलाकालिका केबलकारको ग्लोबल स्मार्ट प्लसबाट टिकट किन्दा १० प्रतिशत छुट
ग्लोबल आइएमई बैंक लिमिटेडले नवलपुरको गैडाकोटमा रहेको मौलाकालिका केवलकारको टिकट…
अब लाइसेन्स छपाइको जानकारी एसएमएसबाटै
यातायात व्यवस्था विभागले सेवाग्राहीलाई फेरि मोबाइलमा एसएमएसमार्फत सवारी चालक अनुम…
गर्ल्स इन आइसिटी डे : महिला सशक्तिकरणको अभियान
आज गल्र्स इन आइसिटी डे । विश्वव्यापी रुपमा अनेकन कार्यक्रमहरु गरी महिलाहरुलाई सूचना…
इम्बोस्ड नम्बर : प्रदेशको नाम नेपालीमा, अन्य यथावत
सवारी साधनको इम्बोस्ड नम्बर प्लेटमा प्रदेशको नाम देवनागरी र अन्य नम्बर अङ्ग्रेजीमा राख्…