बैंकिङ
माछापुच्छ्रे बैंकले सुरू गर्यो पिओएस मेसिनमा इन्सट्यान्ट पेमेन्ट नोटिफिकेसन प्रविधि
माछापुच्छ्रे बैंकले नेपालमै पहिलो पटक पिओएस मेसिनमा इन्सट्यान्ट पेमेन्ट नोटिफिकेसन प्रविधिको सुरूवात गरेको छ । अब माछापुच्छ्रे बैंकका फिनपस मर्चेन्टहरुले कार्ड, क्युआर (नेपाल पे वा फोनपे) र एम-स्मार्ट एनएफसीमार्फत भुक्तानी प्राप्त गर्दा कारोबार सफल भएको जानकारी ध्वनी (Sound) मार्फत हुने बैंकले जनाएको छ।
यसले गर्दा सेवाग्राही तथा मर्चेन्टहरुमाझ कार्ड कारोबार प्रति लोकप्रियता एवम् विश्वासनियता अझ बढ्ने अपेक्षा गरिएको बैंकले जनाएको छ । नेपालभरका FINPOS ब्रान्डको मेसिनमा रिसिप्टको साथै ध्वनी (Sound) बाट पनि भुक्तानीको सुचना दिने गरी माछापुच्छ्रे बैंकले यो नविनतम प्रविधिको सुरुवात गरेको हो ।
बैंकका अनुसार यस सुविधाबाट माछापुच्छ्रे बैंकका हजार भन्दा बढी FINPOS POS राख्ने मर्चेन्टहरु प्रत्यक्ष लाभान्वित हुने छन् । साथै अन्य कुनै मर्चेन्टहरुलाई यो प्रविधि चाहिएको खण्डमा माछापुच्छ्रे बैंकको ग्राहक सेवा केन्द्रमा सम्पर्क राखि उक्त सेवा सजिलै जाडन गर्न सक्ने बैंकले जनाएको छ ।
बैंकिङ
सिटिजन्स बैंकका मोबाइल बैंकिङ्ग ग्राहकहरूलाई सूर्या हेल्थ केयरमा १५ प्रतिशतसम्मको छुट
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नयाँ बानेश्वरस्थित सूर्या हेल्थ केयर बीच सिटिजन्स…
एनएमबि बुद्ध भिसा डेबिट कार्ड सार्वजनिक
एनएमबि बैंक लिमिटेड र बुद्ध एयरले एनएमबि बुद्ध भिसा डेबिट कार्ड सार्वजनिक गरेको छ…
ग्लोबल आइएमई बैंकका ग्राहकलाई मेट्रो मार्टमा क्यूआरमार्फत पेमेन्ट गर्दा १५ प्रतिशत छुट
ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकका ग्राहकहरुलाई मेट्रो मार्टका काठमाडौं उपत्यका भि…