प्रोफाइल
विद्यार्थीलाई ९० देशमा इन्टर्सनसीपको अवसर दिने कान्तिपुर सिटी कलेज
विगत २३ वर्षदेखि नेपालमा आइटी शिक्षा दिइरहेको शैक्षिक संस्था हो, कान्तिपुर सिटी कलेज । काठमाडौंको पुतलीसडकमा रहेको कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेको छ ।
सन् २००० देखि सञ्चालनमा आएको कलेज पठनपाठन र अध्ययन अनुसन्धानका लागि प्रभावशाली केन्द्रका रुपमा चिनिन्छ । स्थापना कालमा बीसीए कार्यक्रमबाट आईटी पढाउन सुरु गरेको कलेजले अहिले बीआईटी हुँदै कम्प्युटर इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ जस्ता विभिन्न कोर्षहरु पढाउँदै आएको छ ।
औद्योगिक क्षेत्र र समुदायको सहकार्य, नवीनता र प्राज्ञिक सर्वोत्कृष्टतालाई कान्तिपुर सिटी कलेजले शैक्षिक कार्यमा आफ्नो मूल मान्यता राखेको छ । शिक्षा, तालिम, सञ्जाल र व्यावसायिक विकास, अनुसन्धान र विश्व एजेन्डामा नवीनताका साथ स्थापना भएको कलेज अहिले आईटी क्षेत्रमा निकै राम्रो छवी बनाएको छ । आइटी पढाउने उत्कृष्ट कलेजको नाम लिनुपर्दा जो कोहीको मूखबाट कान्तिपुर सिटी कलेजको नाम सुन्न सकिन्छ ।
कान्तिपुर सिटी कलेजले बीसीए, बीआईटी, बीबीए, र बीई सिभिल र बीई कम्प्युटरका स्नातक तहका कार्यक्रमदेखि एमसीए, पीडीजीसीए र एमए एमसिजे सम्मका स्नातकोत्तर तहका कार्यक्रमबाट दक्षजनशक्ति उत्पादन गर्दै आएको कलेजका प्रिन्सिपल राजु कट्टेल बताउँछन् ।
कलेजबाट अहिलेसम्म आइटीका मात्र ४ हजार भन्दा बढी विद्यार्थीहरु ग्राजुएट भएर गइसकेका छन् । यस कलेजमा उत्पादन भएका विद्यार्थीहरु बजारमा बिक्न योग्य भइसेकेको उनको दाबी छ ।
‘कान्तिपुर सिटी कलेजले आफ्नो पठन-पाठन शैली प्रोजेक्ट बेस लर्निङमा केन्द्रित गरेको छ । यसअन्तर्गत विद्यार्थीहरूले आफ्नो विषयसँग सम्बन्धित आफै नयाँ-नयाँ आयोजना बनाउँछन् र त्यही आयोजना पूर्ण गर्न अनुभवी र दक्ष शिक्षकबाट सिक्छन्,’ कट्टेलले आइसिटी समाचारसँग भने, ‘अहिलेसम्म ४ हजार भन्दा बढी विद्यार्थीहरु यस कलेजबाट ग्राजुएट भएर गइसकेका छन् । सबै मार्केटमा बिक्न सक्ने भइसकेका छन् ।’
प्रविधिमैत्री वातावरणमा पठनपाठन हुँदै आएको कलेजमा एमआईएसमार्फत सबै शिक्षक, कर्मचारी र विद्यार्थीको प्रशासनिक, आर्थिक र शैक्षिक रेकर्ड हेर्न र प्रतिवेदन निकाल्न मिल्छ । यससँगै कलेजले विद्यार्थीहरूले अनलाइनमार्फत पनि सबै पाठ्य सामग्री प्रयोग गर्न सक्छन् र आफ्नो शैक्षिक रेकर्ड सजिलैसँग हेर्न सक्छन् ।
कलेजमा डिजिटल लाइब्रेरीको सुविधा पनि रहेको छ । कलेजले आफ्नै सफ्ट्वेयर कम्पनी समेत स्थापना गरेको उनी बताउँछन । ‘आईटी र कम्प्युटर इन्जिनियरिङका विद्यार्थीहरुका लागि हामीले कलेजभित्र नै सफ्टवेयर कम्पनी पनि स्थापना गरेका छौं, जहाँ विद्यार्थीले इन्टर्नसीप गर्न पाउँछन्,’ उनले भने, ‘हामीसँग भएको कोर्षहरु सबै अपडेटेड छन । सबै कोर्षहरु २ वर्ष अगाडी परिवर्तन भएका छन । अरु विश्वविद्यालयको तुलनामा पूर्वाञ्चल विश्वविद्यालयले कोर्ष एकदमै अपडेटेड राखेको छ ।’
कान्तिपुर सिटी कलेज युनाइटेड यूएन एसडीएसएनको एकेडेमिक सदस्य पनि हो, जहाँ विद्यार्थीहरु ९० भन्दा बढी देशमा विविध प्राविधिक विषयका विद्यार्थी तलबी इन्टर्नसिप अनुभवका लागि जान पाउँछन् भने अन्य देशबाट नेपालमा पनि प्राविधिक विषयका विद्यार्थीहरु इन्टर्नसीपका लागि नेपाल आउने गर्छन ।
इन्टरनेशनल इन्टर्नसीपका लागि विद्यार्थीहरु पठाउने कान्तिपुर सिटी पहिलो कलेज समेत कट्टेलको दावी छ । यस बाहेक नेपालका पनि विभिन्न कम्पनीमा इन्टर्नसीपको सुविधा दिन कलेजले कम्पनीसँग सहकार्य गरेको छ ।
उनी अगाडि भन्छन्, ‘नेपालमा हामी मात्र होइन, विद्यार्थीलाई अन्तर्राष्ट्रिय संस्थामा समेत इन्टर्नसीपका लागि पठाउँछौं । हामी युएनको प्रोजेक्टमा पनि जोडिएका छौं, जहाँ विद्यार्थीहरु फरक फरक प्रकृतिको क्रियाकलाप गरिरहेका हुन्छन् । कलेजले सीपसहितको डिग्रीलाई पहिलो प्राथमिकता दिएको छ । सबै कोर्षका विद्यार्थीहरुले छुट्टाछुट्टै स्किल लिएर मात्र बाहिर निस्कन्छन् ।’
कलेजले ९० वटा देशमा विद्यार्थीलाई इन्टर्नसीपका लागि पठाउदै आएको छ । विदेशका विद्यार्थी समेत नेपालमा इन्टर्नसीप गर्न आउँछन् । त्यस कारण पनि आइटी क्षेत्रमा यो कलेज निकै अगाडी बढेको छ ।
कान्तिपुर सिटी कलेजमा टिचिङ लर्निङ र फूल टाइम फ्याकल्टीहरुको संख्या एकदमै राम्रो भएकाले राम्रो वातावरण पाउने अवसर कान्तिपुर सिटी कलेजमा धेरै छ । कान्तिपुर सिटी कलेजले आईटीका साथसाथै अन्य विषयको अध्यापन गराउँदै आएको छ । स्नातकोत्तर तहमा पत्रकारिता पढाउने पहिलो कलेज पनि यही नै हो ।
यति मात्र होइन यस कलेजमा पढेका विद्यार्थीहरु देश तथा विदेशका विभिन्न कम्पनीमा समेत काम गरिरहेका छन् । कान्तिपुर सिटी कलेजमा अन्य कलेजको तुलनामा शुल्क पनि महँगो नभएको उनको भनाइ छ ।
विद्यार्थीलाई विश्वविद्यालयको नियम अनुसार १० प्रतिशत छात्रवृत्तिको पनि व्यवस्था रहेको छ । यस पटक पनि कलेजमा आइटी कोर्षमा भर्ना खुलिसकेको छ । कलेजमा छुट्टै काउन्सिलिङ कक्षा, व्यवस्थित कम्प्युटर ल्याब, तालिम र सिपमुलक शिक्षक, डिजिटल लाइब्रेरी र विद्यार्थीका लागि अतिरिक्त क्रियाकलाप लगायतका व्यवस्था छन् ।
बाहेक कलेजले विद्यार्थीलाई रोजगारीका लागि समेत सघाउँदै आएको छ । त्यसका लागि कलेजमा छुट्टै प्लेसमेन्ट सेल छ । कलेजले विभिन्न कम्पनीसँग सहकार्य समेत गरेको छ ।
प्रोफाइल
वर्ल्ड लिंकसँग पब्जीको सम्झौता, गेमरले उच्च गतिको इन्टरनेट पाउने
चर्चित मोबाइल गेम पब्जीले नै नेपाली गेमरहरुको गेमिङलाई चुस्त बनाउने गरी प्रयास थालेको छ । वर्ल्ड लिंकसँग गेमरका ला…
The Urban Space: Your Next Address for Smart Homes
कुमारी बैंक लिमिटेडले उदयपुरको बेलकामा निर्माणाधीन अवस्थामा रहेको अक्सिजन प्लान्टल…
सिद्धार्थ बैंकका ग्राहकलाई अर्थोप्लास्ट रिह्याब सेन्टरमा २५ प्रतिशतसम्म छुट
सिद्धार्थ बैंक लिमिटेड र ललितपुरको इमाडोल स्थित अर्थोप्लास्ट रिह्याब सेन्टर बीच बैंकक…
महालक्ष्मी विकास बैंकका मोबाइल बैंकिङ प्रयोगकर्तालाई सिद्धार्थनगर सिटी हस्पिटलमा छुट
महालक्ष्मी विकास बैंक लिमिटेडले मोफसलमा रहेका आफ्ना ग्राहकहरुलाई सुलभ तथा गुणस्तरी…
टाटाको नेक्सन इभी खरिद गर्न एनएमबि बैंकको सहुलियतपूर्ण कर्जा
टाटा मोटर्सको नेक्सन इभी गाडी खरिद गर्न इच्छुकले अब एनएमबि बैंकबाट सहुलियतपूर्ण कर्…
सानिमा बैंकका ग्राहकलाई दराजको महाबचत बजारमा २० प्रतिशतसम्म छुट
सानिमा बैंकले अनलाइन सपिङ पोर्टल दराज केयमुसँगको सहकार्यमा बैंकको डेबिट तथा क्रे…
सानिमा बैंकका ग्राहकले दराजबाट सामान किन्दा २ हजारसम्म छुट पाउने
सानिमा बैंकले अनलाइन सपिङ्ग पोर्टल दराज केयमुसँगको सहकार्यमा बैंकको डेबिट तथा क्र…
एआईद्वारा सञ्चालित ‘एनएमबि सापटी’ कर्जाबाट एक हजार बढीले लिए सेवा
एनएमबि बैंकले बैंकिङ्ग जगतमै पहिलोपटक पूर्ण रुपमा आर्टिफिसियल ईन्टेलिजेन्सद्वारा सञ्…
एनसीसी बैंकका ग्राहकले आफ्नो बैंक खाता कनेक्ट आईपीएसमा सेल्फ भेरिफाई गर्न सक्ने
नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकका ग्राहकहरुले अब आफ्नो बैंक खाता कनेक्ट आईपी…
एनएमबि बैंकका ग्राहकले ग्यापु, फुडमाण्डु र किरानाबाट अर्डर गर्दा १० प्रतिशत क्यासब्याक पाउने
एनएमबि बैंकका ग्राहक तथा कर्मचारीहरुले फुडमाण्डु लगायतका स्टोरहरूमा विद्युतीय भुक्त…
मेगा बैंकले ल्यायो मेगा मेडि कार्ड, अस्पतालको बिल तिर्न डेढ लाखसम्मको क्रेडिट सुविधा
मेगा बैंक नेपाल लिमिटेडले आफ्ना ग्राहकहरुलाई अस्पतालमा उपचार गर्नका लागि आवश्यक रक…
कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा दृष्टि द भिजन आइ सेन्टरमा छुट पाइने
कुमारी बैंक र नेपालमा आँखा सम्बन्धी गुणस्तरीय उपचार सेवा प्रदान गर्दै आइरहेको दृष्ट…
एनएमबि बैंकका ग्राहकले मोबाइलबाटै २ लाखसम्म ऋण लिन सक्ने
आर्टिफिसियल इन्टेलिजेन्सद्वारा संचालित एनएमबि बैंकले ‘एनएमबि सापटी २.०’ कर्जा सेवा…
नेपाल बैंकले शुरु गर्यो क्रेडिट कार्ड सेवा
नेपाल बैंकले क्रेडिट कार्ड सेवाको शुभारम्भ गरेको छ । यस सुविधा अन्तर्गत क्रेडिट कार्…