कीवर्डहरू -

प्रोफाइल

नेपालमै अन्तर्राष्ट्रिय आईटी डिग्री दिने कलेज प्रेसिडेन्सियल बिजनेश स्कूल 

प्रेसिडेन्सियल बिजनेश स्कूल (पीबीएस) नेपालमै गुणस्तरीय शिक्षा दिने उद्देश्यले करिब १२ वर्ष अगाडि स्थापना भएको थियो । काठमाडौंको थापागाउँमा रहेको कलेजले विद्यार्थीलाई घोकन्ते शिक्षा भन्दा पनि व्यवहारिक शिक्षामा जोड दिएको छ ।

विश्वकै प्रतिष्ठित विश्वविद्यालय अमेरिकाको वेष्टक्लिफ विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजमा व्यवस्थापन तथा सूचना प्रविधिका विषयमा अध्ययन अध्यापन हुँदै आएको छ ।

प्रेसिडेन्सियल बिजनेश स्कूल नेपालमै आईटी कोर्षमा अन्तर्राष्ट्रिय डिग्री दिदै आएको छ । कलेजमा आईटीतर्फ बीएसी आईटी साइबर सेक्युरिटी, बीएसी इन एआई र मेशिन लर्निंग र बीएसी आईटी इन मल्टिमिडिया एण्ड एआर/भिआर मोबाइल गेम जस्ता कोर्षको अध्ययन अध्यापन हुँदै आएको कलेजका आईटी प्रोग्राम डाइरेक्टर डा.सुरेश पोखरेलले बताए ।

‘हामीले आईटी प्रोग्राम अन्तर्गत, बीएससीआइटी र एमएससी आइटी प्रोग्राम सञ्चालन गर्दै आएका छौं,’ उनले आइसिटी समाचारसँग भने, ‘अहिलेको बजारको प्रवृत्ति, अहिलेको प्रविधि र भविष्यमा आउन सक्ने प्रविधिलाई ध्यानमा राखेर पाठ्यक्रम तयार पारी अध्ययन अध्यापन गराईरहेका छौं ।’

कलेजले पाठ्यक्रम बाहेक विद्यार्थीको सीप तथा ज्ञानलाई निखार्न मनोविज्ञान, दिगो विकास लगायत विविध अतिरिक्त विषय समेत अध्यापन गराउँदै आएको छ । दक्षिण एशियाकै सर्वोत्कृष्ट शैक्षिक संस्था बन्ने लक्ष्य बोकेको कलेजले आइटी क्षेत्रमा अहिलेसम्म राम्रो नतिजा ल्याउन सफल भएको छ ।

प्रयोगात्मक अभ्यासमा पनि जोड दिँदै आएको कलेजले विद्यार्थीको चौतर्फी विकासका लागि डिजिटल ट्रान्सफर्मेशन सेसन, गेष्ट स्पीकर सेसन, वर्कसप, टोस्टमास्टर्स क्लब, राईटिंग सेन्टर, जब प्लेसमेन्ट सेल, स्कील ल्याब लगायतको व्यवस्था गरेको छ ।

विद्यार्थीलाई अभिप्रेरित र प्रोत्साहन गर्दै छात्रवृत्तिको कार्यक्रम समेत पिबिएसमा रहेको छ । विद्यार्थीको सर्वाङ्गीण विकासका लागि पाठ्यक्रम सम्बन्धि विविध गतिविध समावेश गरिएको छ ।

विद्यार्थीको क्षमता विकासका लागि विदेशमा समेत इन्टर्नसिपको व्यवस्था गरेको उनी बताउँछन् । त्यसकारण पनि विद्यार्थीको रोजाईमा पिबीएस पर्दै आएको छ । कलेजमा खेलकुद, शैक्षिक भ्रमण, श्रोतयुक्त लाइबेरी, प्रविधियुक्त कक्षा कोठा,सुन्दर शान्त वातावरणमा अध्यापन, लगायतका सुविधाहरू पोखरेलको दावी छ ।

प्लस टु सकेर आईटी र व्यवस्थापनमा उच्च शिक्षा हासिल गर्न खोजिरहेका विद्यार्थीहरुका लागि यो कलेज उपयुक्त गन्तव्य बन्न सक्ने छ ।

प्रोफाइल

पूर्वाञ्चल विश्वविद्यालयका आईटी कोर्ष पढाउने हिमालयन ह्वाईट हाउस इन्टरनेशनल कलेज

विगत २२ वर्षदेखि लामो इतिहासमा बोकेको ह्वाइट हाउस इन्टरनेशनल कलेज काठमाडौंको मुट…

बीएससी सीएसआईटी र बीसीए कोर्ष पढाउने सेन्ट लरेन्स कलेज, के के छन् सुविधा ? 

सन् १९९७ मा काठमाडौंको चाबहिलमा स्थापना भएको सेन्ट लरेन्स कलेजले आइटी क्षेत्रमा निक…

नेपालमै विद्युतीय सामग्री उत्पादन गर्दै यार्सा टेक

हामीले वर्षौदेखि सुन्दै आएका छौं, नेपालमा सियो पनि बन्दैन । नेपालमै सम्भावना नै छैन। वर्षौदेखि यही भन्दै विदेशीनीको लर्कौ पनि उत्तिकै छ । तर देशमै सम्भावना…

वर्ल्ड लिंकसँग पब्जीको सम्झौता, गेमरले उच्च गतिको इन्टरनेट पाउने

चर्चित मोबाइल गेम पब्जीले नै नेपाली गेमरहरुको गेमिङलाई चुस्त बनाउने गरी प्रयास थालेको छ । वर्ल्ड लिंकसँग गेमरका ला…

The Urban Space: Your Next Address for Smart Homes

कुमारी बैंक लिमिटेडले उदयपुरको बेलकामा निर्माणाधीन अवस्थामा रहेको अक्सिजन प्लान्टल…

सिद्धार्थ बैंकका ग्राहकलाई अर्थोप्लास्ट रिह्याब सेन्टरमा २५ प्रतिशतसम्म छुट

सिद्धार्थ बैंक लिमिटेड र ललितपुरको इमाडोल स्थित अर्थोप्लास्ट रिह्याब सेन्टर बीच बैंकक…

महालक्ष्मी विकास बैंकका मोबाइल बैंकिङ प्रयोगकर्तालाई सिद्धार्थनगर सिटी हस्पिटलमा छुट

महालक्ष्मी विकास बैंक लिमिटेडले मोफसलमा रहेका आफ्ना ग्राहकहरुलाई सुलभ तथा गुणस्तरी…

टाटाको नेक्सन इभी खरिद गर्न एनएमबि बैंकको सहुलियतपूर्ण कर्जा

टाटा मोटर्सको नेक्सन इभी गाडी खरिद गर्न इच्छुकले अब एनएमबि बैंकबाट सहुलियतपूर्ण कर्…

सानिमा बैंकका ग्राहकलाई दराजको महाबचत बजारमा २० प्रतिशतसम्म छुट

सानिमा बैंकले अनलाइन सपिङ पोर्टल दराज केयमुसँगको सहकार्यमा बैंकको डेबिट तथा क्रे…

सानिमा बैंकका ग्राहकले दराजबाट सामान किन्दा २ हजारसम्म छुट पाउने

सानिमा बैंकले अनलाइन सपिङ्ग पोर्टल दराज केयमुसँगको सहकार्यमा बैंकको डेबिट तथा क्र…

एआईद्वारा सञ्चालित ‘एनएमबि सापटी’ कर्जाबाट एक हजार बढीले लिए सेवा

एनएमबि बैंकले बैंकिङ्ग जगतमै पहिलोपटक पूर्ण रुपमा आर्टिफिसियल ईन्टेलिजेन्सद्वारा सञ्…

एनसीसी बैंकका ग्राहकले आफ्नो बैंक खाता कनेक्ट आईपीएसमा सेल्फ भेरिफाई गर्न सक्ने

नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकका ग्राहकहरुले अब आफ्नो बैंक खाता कनेक्ट आईपी…

एनएमबि बैंकका ग्राहकले ग्यापु, फुडमाण्डु र किरानाबाट अर्डर गर्दा १० प्रतिशत क्यासब्याक पाउने

एनएमबि बैंकका ग्राहक तथा कर्मचारीहरुले फुडमाण्डु लगायतका स्टोरहरूमा विद्युतीय भुक्त…

मेगा बैंकले ल्यायो मेगा मेडि कार्ड, अस्पतालको बिल तिर्न डेढ लाखसम्मको क्रेडिट सुविधा

मेगा बैंक नेपाल लिमिटेडले आफ्ना ग्राहकहरुलाई अस्पतालमा उपचार गर्नका लागि आवश्यक रक…