कीवर्डहरू -

प्रोफाइल

राइड शेयरिङ बजारमा हात हाल्दै एफवान सफ्ट ग्रुप, ‘जुम जुम’ ल्याउने तयारी

नेपालको डिजिटल इकोसिस्टममा महत्त्वपूर्ण योगदान दिदै आएको एफवान सफ्ट ग्रुप अब राइड शेयरिङ बजारमा समेत प्रवेश गर्ने भएको छ । एफवान सफ्ट ग्रुपले छिट्टै राइड शेयरिङ प्लेटफर्म ‘जुम जुम’ बजारमा ल्याउने तयारी गरेको हो ।  

नेपाल मोबिलिटी सोलुसन प्रालि अन्तर्गत जुम जुम बजारमा आउँदैछ । एफ्वान सफ्टले एपका लागि आवश्यक पर्ने प्रविधि श्रीलंकाबाट खरिद गरेको हो । तर कम्पनीमा सबै स्वामित्व नेपालीको नै रहेको छ । ब्राण्ड पनि नेपाल कै हो ।  

अहिले सफ्ट लञ्चको रूपमा सार्वजनिक भएको जुम जुम एप पूर्ण रूपमा केही समयमा सार्वजनिक हुनेछ । आक्रामक रूपमा बजारमा प्रवेश गर्ने गरी जुमजुमले विगत डेढ महिनादेखि निरन्तर काम गरिरहहेको छ । अब छिट्टै औपचारिक रूपमा सार्वजनिक हुने कम्पनीको भनाइ छ । 

पछिल्लो समय नेपालमा राईड शेयरिङ बजारमा प्रतिस्पर्धी बन्दै छ । बजारमा स्वदेशी देखि विदेशीसम्मका राइड शेयरिङ प्लेटफर्म उपलब्ध छन् । तर जुमजुम अन्य राईड शेयरिङभन्दा केही फरक बन्ने प्रयास गरेको कम्पनीको दावी छ । त्यसैअनुसार नयाँ नयाँ सुविधा ल्याउने योजना बनाएको छ ।

सुरूमा दुई पांग्रे राईड शेयरबाट सेवा सुरू गर्ने तयारी छ । बजारमा आवश्यक अनुसार अन्य सेवा थप गर्दै जाने कम्पनीले जनाएको छ । एपका लागि आवश्यक पर्ने प्रविधि मात्रै श्रीलंकाबाट किनेको हो । तर कम्पनीमा सबै स्वामित्व नेपालीकर्ताको नै रहेको छ । ब्राण्ड पनि नेपाल कै हो ।  

ट्रिप ‘एसेप्ट’ भएपछि बीमा लागु

जुम जुमले प्रयोगकर्तालाई बीमा सुविधा उपलब्ध गराउने छ । यसका लागि नेको इन्स्योरेन्ससँग एक्सक्लुसिभ सम्झौता गरिएको छ । 

जुमजुममा ड्राइभरले ट्रिप एसेप्ट गरेपछि बीमा लागु हुनेछ । यस बीमा अन्तर्गत यात्राका क्रममा कुनै दुर्घटना भएमा ५० हजार रूपैयाँसम्मको स्वास्थ्य बीमा तथा ५ लाख रूपैयाँसम्मको मृत्यु वा स्थायी डिसाबिलिटी बीमा पाइने छ । 

ड्राइभरलाई टिप्सदेखि बोनस

जुमजुमको अन्य राइड शेयरिङभन्दा फरक सुविधा भनेको ‘टिप्स’ हो । एपमा रहेको टिप्सको सुविधा प्रयोग गरेर यात्रुले ड्राइभरलाई सिधैं टिप्स (थप रकम) दिन सक्छन् । यात्रुले ड्राइभरलाई दिने टिप्समा कम्पनीले कुनै पनि कमिसन नलिने जनाएको छ ।

यसका साथै ड्राइभरहरूले निश्चित राईड पुरा गरेपछि बोनस दिने समेत कम्पनीको योजना छ । एप प्रयोग गर्न समेत एकदमै सजिलो छ । ड्राइभरले एपबाटै राइड लिएको, कमिसन काटिएको सबै हिसाब किताब थाहा पाउने छन् । ड्राइभरले खर्च र आम्दानी ट्रयाक गर्न सक्ने छन् । 

यस बाहेक ड्राइभरका लागि एपमा डिरेक्सनल हाइरिङ भन्ने सुविधा छ । यदी तपाई बसन्तपुर जानु हुँदै छ भने बसन्तपुर जाने ‘ट्रिप’ मात्रै आउने बनाउन मिल्छ । 

इसेवाबाटै सिधैं भुक्तानी 

जुम जुममा इसेवालाई डिरेक्ट इन्टिग्रेट गरिएको छ । त्यसले गर्दा यात्रुले डिजिटल भुक्तानी गर्दा पटक पटक इसेवामा जानु पर्ने छैन् । पहिलो पटक जुमजुममा इसेवा लगइन गरेपछि सिधैं जुम जुम एपबाटै रकम भुक्तानी गर्न सकिने छ । पटक पटक लगइन पनि गर्नुपर्दैन् ।  

सफ्ट लञ्च भएको जुमजुम अहिले काठमाडौं उपत्यकाका मुख्य ठाउँ ठाउँमा उपलब्ध छ । काठमाडौं उपत्यकामा आक्रामक रूपमा आफ्नो सेवा विस्तार गरिरहेको छ । राइडरबाट सुरूवाती चरणमा जिरो प्रतिशत कमिसन लिएपनि निकट भविष्यमा २० प्रतिशतसम्म कमिसन लिने कम्पनीको योजना छ । 

‘मल्टिपल’ राइड बुकको सुविधा

अहिलेसम्म हामीले राइड शेयरिङबाट एउटा राइड पुरा नभएसम्म अर्को राइड बुक गर्न सक्दैनौं । तर जुम जुमले यो समस्या समाधान गर्दैछ । कम्पनीका अनुसार एक पटकमा एउटा मात्रै नभएर ‘मल्टिपल’ राइड समेत बुक गर्न सकिने छ । जुम जुमबाट वान वेको मात्रै नभएर टुवे अर्थात रिटर्न ट्रिप समेत एकैपटक बुक गर्न सकिने छ । 

यसबाट एकैटपक आफ्ना साथीभाई, आफन्तका लागि धेरै राइड बुक गर्न सकिने छ । जुम जुममा ४०० बढी ड्राइभर आवद्ध भइसकेका छन् भने दिनदिनै आवद्ध हुनेको संख्या बढ्दै गएको कम्पनीले जनाएको छ । जुम जुमको ड्राइभर एपबाट गएर लाइसेन्स, सवारीसाधन र नवीकरण भएको ब्लुबुक पठाउन सकिन्छ । त्यसपछि जुम जुमको सानेपामा रहेको कार्यालयमा गएर एउटा तालिम लिएपछि जुम जुम राइडरको रूपमा काम गर्न सकिने छ । 

अहिले ‘HelloJumJum’ प्रोमो प्रयोग गरेर काठमाडौं उपत्यकाका सुरूवाती ३ वटा राइड निःशुल्क उपयोग गर्न सकिने छ । जुम जुम एप डाउनलोड गर्न एन्ड्रोइड प्रयोगकर्ताले यहाँ र आईओएस प्रयोगकर्ताले यहाँ क्लिक गर्नुहोस् । 

जुम जुममा अहिले २० भन्दा बढीले रोजगारी पाएका छन् । जुम जुम प्रयोगकर्ताले सेवा प्रयोग गरेवापत रिवार्ड समेत पाउने छन् । उक्त रिवार्ड प्रयोग गरेर विभिन्न अफरमा क्लेम समेत गर्न सकिने छ । यस बाहेक कम्पनीले विभिन्न अफर र स्कीमहरू पनि सार्वजनिक गर्ने तयारी गरेको छ । भविष्यमा जुम जुम नेपालका विभिन्न ठाउँ र विदेशमा समेत विस्तार गर्ने योजना छ ।


 

प्रोफाइल

मोफसलबाट उदाउँदै गरेको डेलिभरी तथा राइड शेयरिङ  स्टार्टअप ‘जाऔं’, सुपर एप बन्ने लक्ष्य

कुनै समय थियो, स्टार्टअपहरू राजधानीमा मात्रै केन्द्रित हुन्थे । तर समय, परिवेश र प्रविधिको विकासले पछिल्लो समय मोफसलमा समेत स्टा…

यस्ता छन् आइसिटी अवार्ड २०२३ का उत्कृष्ट ५ प्रडक्ट, कसरी गर्ने अनलाइन भोटिङ ?

आइसिटी अवार्ड २०२३ का उत्कृष्ट ५ प्रडक्ट छनौट भइसकेका छन् । यसअघि छनौट भएका उत्कष्ट १४ प्रडक्टबाट उत्कृष्ट ५ घोषणा गरिएको हो । …

लोकेसन म्यापिङसँगै प्रडक्ट खरिद, बिक्री गर्न सकिने एप ‘कहाँ’

पछिल्लो समय प्रविधिले हरेक काममा सहज बनाइरहेको छ । कतै नयाँ ठाउँ जानुपर्‍यो भने अहिले हामी मोबाइलमा प्रायले गूगल म्याप ख…

रेष्टुरेन्टबाट घरमै खाना डेलिभर गर्ने प्लेटफर्म भोजमाण्डु

नेपालमा कोरोना महामारीको संक्रमण रोक्न लकडाउन हुनुभन्दा २ महिना अगाडि काठमाडौंका सुनिल यादवले पार्सल पुर्‍याउने स्टार्टअप …

अनलाइनबाटै मानसिक स्वास्थ्य परामर्श दिने प्लेटफर्म ह्याप्पी माइन्ड्स

काठमाडौंकी श्रेया गिरीले बेलायतमा मास्टर्स अध्ययन गरिरहेकी थिइन् । अध्ययन गर्दा गर्दै कोरोना महामारी सुरू भयो । महामारीपछि उनको…

रासन टेक्नोलोजी : नेपाली खुद्रा विक्रेता र उत्पादकहरूको सम्बन्धलाई परिभाषित गर्दै

कुनै वस्तु वा सेवाको मार्केटिङ गर्ने उत्तम थलो नै अनलाइन बनिरहेकै बेला अनलाइनमै खरिदविक्री हुनु अचम्म रहेन । सूचना, सञ्चार र प्…

वेयर प्लान मिरर जसले ऐना मार्फत सुहाउँदो लुगा ट्राइ गर्न दिन्छ

सपिङ । साना देखि ठूला सबै जो कोहिले सपिङ गर्छन् । कोहीले ठूला ठूला मलमा गएर सपिङ गर्छन् त । कोहीले साना साना बजारमा गएर सपि…

दियो एआई च्याटबट : एआई इनोभेसन मार्फत नेपाली सञ्चार शैलीमा परिवर्तन ल्याउँदै

संसारमा सबैभन्दा बढी विवेकी प्राणी को होला ? धेरैको स्वाभाविक उत्तर ‘मानिस’ नै हुने गर्छ । हुन पनि मानिसको दिमाग…

साना व्यवसायीका लागि उपयोगी एप खातापाना, व्यवसाय दर्तादेखि सञ्चालनसम्म सघाउने

कैलाश पाण्डे । पेशाले चार्टर्ड अकाउन्टेन्ट (सीए) र कर्पोरेट वकिल हुन् । विगत १० वर्षदेखि व्यवसायहरूलाई कानूनी, आर्थिक र करसँग सम्ब…

सफ्टवेयर कम्पनीका लागि दक्ष जनशक्ति नपाएपछि सुरू भएको आईटी तालिम दिने संस्था माइन्ड राइजर्स

५ वर्ष अगाडि काठमाडौंका प्रशन्न चुँडालले सफ्टवेयर कम्पनी सुरू गरे । सफ्टवेयर कम्पनी सुरू त गरे, उनले सूचना प्रविधि (आईटी) मा का…

पुराना फोन किनबेच गर्न मिल्ने प्लेटफर्म ‘नयाँ पुरानो’, फोन बेच्दा तपाईको नाममा रूख रोपिदिने

बजारमा हरेक महिना नयाँ नयाँ सुविधासहित नयाँ नयाँ मोबाइल फोन सार्वजनिक भइरहेका हुन्छन् । त्यस्तो अवस्थामा हामीलाई पनि नयाँ फोन…

बेलायती विश्वविद्यालयको आईटी कोर्ष पढाउने सफ्टवेरिका कलेज, यस्ता छन् सुविधा

सफ्टवेरिका कलेज अफ आईटी एण्ड ई-कमर्स काठमाडौंको डिल्ली बजारमा रह…

नेपालमै अन्तर्राष्ट्रिय आईटी डिग्री दिने कलेज प्रेसिडेन्सियल बिजनेश स्कूल 

प्रेसिडेन्सियल बिजनेश स्कूल (पीबीएस) नेपालमै गुणस्तरीय शिक्षा दिने उद्देश्यले करिब १…

सफ्टवेयर इन्जिनियर बन्न चाहनेका लागि भिरिञ्ची कलेजको बीआईसिटी कोर्ष, कति छ शुल्क ?

एक दशक अगाडि नेपालमा सूचना प्रविधि भर्खर भर्खर विस्तार हुँदै थियो । सबैले सूचना प्रविधि बारे थाहा पाउँदै थिए । त्यो बेला सूचना प्रविधि शिक्षा दिने शैक्षिक …

पढाइसँगै अतिरिक्त क्रियाकलापमा जोड दिदैँ आएको हिमालय कलेज अफ इन्जिनियरिङ

हिमालय कलेज अफ इन्जिनियरिङ ललितपुरको च्यासलमा रहेको छ । सन् २००० मा स्थापना भएको …