फिनटेक
अहिलेसम्म ४२ हजार बढीले लिए आईएमई पेको भिसा कार्ड, यो वर्ष १ लाखलाई वितरण गर्ने योजना
अहिलेसम्म ४२ हजार बढी प्रयोगकर्ताले आईएमई पेको भौतिक भिसा कार्ड लिएका छन् । आईएमई पेको निःशुल्क भिसा कार्ड वितरण गर्ने योजना अनुसार हालसम्म ४२ हजार बढीले भौतिक भिसा कार्ड लिएका हुन् ।
आईएमई पेले भर्चुअल र फिजिकल दुबै कार्ड प्रदान गर्दै आएको छ । नेपालको वालेट उद्योगमै भौतिक कार्ड प्रदान गर्ने आईएमई पे पहिलो वालेट भएको कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत आमोद भट्टराईले बताए ।
अहिले बैंक तथा वित्तिय संस्थाले भिसा कार्ड उपलब्ध गराइरहेका छन् । बैंकबाट कार्ड लिन बैंकमा गएर खाता खोल्नु पर्यो । त्यसपछि कार्डका लागि आवेदन दिनुपर्यो, यो प्रक्रिया झन्झटिलो छ ।
सीईओ आमोद भट्टराई
बैंकबाट कार्ड पाउन कम्तिमा पनि एक हप्ता लाग्छ । तर आईएमई पेबाट भने तुरून्तै कार्ड पाउन सकिन्छ । यस सुविधाले बैंकमा गएर कार्ड लिने झन्झटबाट मुक्त गर्ने कम्पनीको विश्वास छ ।
आईएमई पेको भौतिक भिसा कार्ड भनेको एटिएम कार्ड जस्तै हो । भिसा कार्डबाट कारोबार गर्न आईएमई पे वालेटमा पैसा भने हुनुपर्नेछ । उक्त भिसा कार्डमार्फत अनलाइन कारोबार, पोस मेसिन र एटिएमबाट पैसा झिक्न सकिने छ ।
एपबाट क्युआर स्क्यान गरेर कार्ड लिंक गरेपछि मात्र कार्डबाट कारोबार गर्न सकिन्छ । कारोबारका लागि आईएमई पेमा पैसा भने हुनुपर्छ ।
यो वर्ष १ लाखलाई भौतिक भिसा कार्ड वितरण गर्ने योजना राखिएको उनले बताए । भौतिक भिसा कार्ड केन्द्रिय कार्यालय वा नजिकको एजेन्टबाट लिन सकिन्छ ।
कार्ड हराएमा एपबाटै ब्लक, अनब्लक गर्न सकिन्छ । साथै कार्डको पीन रिसेट र डिएक्टिभेट पनि एपबाटै गर्न सकिन्छ । भौतिक कार्डबाट पस मेसिनमा ट्याप गरेर पेमेन्ट पनि गर्न सकिन्छ ।
भिसा नेटवर्कमा उक्त कार्ड प्रयोग गर्न सकिन्छ । भौतिक र भर्चुअल दुबै कार्डको भ्यालिडिटी ३ वर्षको हुन्छ । भौतिक कार्ड रिन्यु केन्द्रिय कार्यालय वा एजेन्टबाट गर्न सकिने छ । त्यस्तै आईएमई पे एपबाटै भर्जुअल कार्ड लिन सकिन्छ भने एपबाटै रिन्यु गर्न पनि सकिन्छ ।
युवा वर्गलाई लक्षित गर्दै ग्लोबल आईएमई बैंकसँगको सहकार्यमा भिसा कार्ड वितरण गरिरहेको भट्टराईको भनाइ छ ।
फिनटेक
डिजी पे र स्टार हस्पिटलबीच सहकार्य, डिजी पेका ग्राहकलाई स्टार अस्पतालमा छुट
डिजी पे प्रा.लि र स्टार हस्पिटलबीच सहकार्य गर्ने सम्झौता भएको छ। सम्झौताअनुसार डिजी …
डिजी पे र स्टार हस्पिटलबीच सहकार्य, डिजी पेका ग्राहकलाई स्टार अस्पतालमा छुट
डिजी पे प्रा.लि र स्टार हस्पिटलबीच सहकार्य गर्ने सम्झौता भएको छ। सम्झौताअनुसार डिजी …
नमस्ते पेको लोयल्टी पोइन्ट सुरू, कसरी पाउने र खर्च गर्ने ?
डिजिटल वालेट नमस्ते पेले लोयल्टी सेवा सुरू गरेको छ । नमस्ते पेले प्रयोगकर्ताहरूलाई…
माई पेले सार्वजनिक गर्यो माइपे क्वाइन, १ क्वाइनको मूल्य १ रूपैयाँ नै हुने
पछिल्ला दिनहरुमा युवा पुस्ताहरुमाझ लोकप्रिय बन्दै गएको माई पे डिजिटल वालेटले नयाँ…
एसईई दिएका विद्यार्थीलाई इसेवाको बम्पर अफर, एक हजार जनालाई शतप्रतिशत छात्रवृत्ति
नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले एसइइ परिक्षा उतिर्ण गरेका विद्या…
आईएमई पेबाट मोबाइल रिचार्ज गर्दा २ प्रतिशत क्यासब्याक, साथमा वानप्लस टेन प्रो जित्ने मौका
आइएमई पेले मोबाईल रिचार्ज गर्दा २ प्रतिशत क्यासब्याक पाइने भएको छ । यस अन्तर्गत कुनै…
खल्तीले फेरि ल्यायो १ रुपैयाँमा फ्लाइट टिकट र आईफोन १३ जित्ने अफर
खल्तीले फ्लाइट बुकिङमा ‘रु.१ को फ्लाइट टिकट’ अफर पुनः ल्याएको छ्र । यस अफर अन्तर्गत् …
डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न दराज र नेप्सबीच सहकार्य
नेपालको अग्रणी अनलाइन बजार दराजले नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) सँग दरा…
९६ प्रतिशत रकम भुक्तानी हुँदा पनि सञ्चालनमा आएन नेशनल पेमेन्ट गेटवे
नेशनल पमेन्ट गेटवे सञ्चालनका लागि सम्झौता भएको ४ वर्ष बितिसक्दा पनि सञ्चालनमा आउन स…
जेठमा क्युआरबाट ११ अर्बको कारोबार हुँदा वालेट र मोबाइल बैंकिङबाट कति भयो ?
जेठ महिनामा क्युआर कोड स्क्यान गरेर ११ अर्ब १ करोड ५० लाख भुक्तानी भएको छ । नेपाल …
ग्लोबल आइएमई बैंकका ग्राहकलाई मिनिसो र मिसियोका स्टोरबाट सामान किन्दा १० प्रतिशत क्यासब्याक
ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुलाई मिनिसो र मिसियोका स्टोरहरूबाट सामान किन्दा …
गरिमा विकास बैंकको मोबाइल बैंकिङ तथा डेबिट कार्ड प्रयोगकर्तालाई ४५ प्रतिशतसम्मको छुट
गरिमा विकास बैंकले काठमाडौंको त्रिपुरेश्वरमा अवस्थित ब्लुक्रस हस्पिटलसँग सेवामा छुट…
क्रिप्टोकरेन्सी, बिटक्वाइन जस्ता गैरकानुनी कार्यमा आईएमई पे प्रयोग नगर्न अनुरोध, गरे कारबाही हुने
आईएमई डिजिटल सोलुसनले नेपाल राष्ट्र बैंक क्रिप्टोकरेन्सी, बिटक्वाइन, वान एक्सबेट तथा…
फोनपे नेटवर्कबाट एक महिनामा ६७ अर्बको कारोबार
भुक्तानी प्रणाली सञ्चालक फोन पे सर्भिस लिमिटेडको नेटवर्कबाट वैशाख महिनामा मात्र ६७ …
इसेवाबाट बीमा शुल्क तिर्दा एक लाख जित्ने अवसर
नेपालको भुक्तानी सेवा प्रदायक इसेवाले “बीमाशुल्क भुक्तानी गरिन्छ, लखपति बनिन्छ” योज…