कीवर्डहरू -

अटो

जनकपुरमा प्रोटोनको नयाँ सोरुम, शुभारम्भसँगै ‘द अल-न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक

जनकपुर । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले जनकपुरमा नयाँ आधिकारिक सोरुम सञ्चालनमा ल्याएको छ । सोरुम शुभारम्भसँगै कम्पनीले प्रोटोनको नयाँ विद्युतीय गाडी ‘द अल न्यू प्रोटोन इ.मास ५’ समेत सार्वजनिक गरेको छ ।

कम्पनीका अनुसार इ.मास ५ नेपालमा प्रोटोन ब्रान्डको दोस्रो विद्युतीय सवारी हो । सहरी जीवनशैली र दैनिक यात्रालाई सहज, स्मार्ट तथा आधुनिक बनाउने उद्देश्यले तयार गरिएको यो गाडीमा अत्याधुनिक प्रविधि र व्यावहारिक फिचर समावेश गरिएको छ ।

हालै मलेसियामा आयोजित ‘Allianz DSF Vehicle of the Year Awards 2026’ मा इ.मास ५ ले ‘Electric Compact Vehicle of the Year 2026’ को अवार्ड जितेको कम्पनीले जनाएको छ ।

null

इ.मास ५ मा १४.६ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, वायरलेस एप्पल कारप्ले तथा एन्ड्रोइड अटो उपलब्ध छन् । त्यस्तै, ७० लिटरको फ्रन्ट फ्रङ्क, ३७५ लिटरसम्म विस्तार गर्न सकिने पछाडिको लगेज स्पेस तथा ३२ वटा स्टोरेज कम्पार्टमेन्ट रहेका छन् ।

सोरुम उद्घाटन तथा गाडी सार्वजनिक कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साह, व्यवसायिक साझेदार, सञ्चारकर्मी, अटो पत्रकार तथा अन्य अतिथिको उपस्थिति थियो ।

कार्यक्रममा जनकपुर तथा आसपासका क्षेत्रमा विद्युतीय सवारीप्रति बढ्दो आकर्षण देखिएको कम्पनीले जनाएको छ । कार्यक्रममा बोल्दै जगदम्बा मोटर्सका सिनियर जनरल म्यानेजर सुशील क्षेत्रीले जनकपुरका ग्राहकलाई आधुनिक प्रविधि, सुरक्षा, व्यावहारिकता र आकर्षक मूल्यको संयोजन भएको इ.मास ५ उपलब्ध गराउन पाउँदा उत्साहित भएको बताए ।

उनका अनुसार भक्तपुरबाट सुरु भएको इ.मास ५ को क्षेत्रीय सार्वजनिककरण अभियान धनगढी हुँदै जनकपुर पुगेको हो । आगामी कार्यक्रम वीरगञ्जमा आयोजना हुने तथा नेपालभरका प्रोटोन सोरुममार्फत गाडीलाई ग्राहकसम्म पुर्‍याउने कम्पनीको योजना छ ।

इ.मास ५ प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध छ । जनकपुरमा सार्वजनिक गरिएको अवसरमा प्राइम भेरियन्टको विशेष सुरुवाती मूल्य ३२ लाख ९९ हजार रुपैयाँ र प्रिमियम भेरियन्टको ३६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

नयाँ सोरुमबाट ग्राहकले इ.मास ५ को प्रत्यक्ष अवलोकन तथा टेस्ट ड्राइभ गर्न सक्नेछन् । कम्पनीले नेपालभर प्रोटोनको पहुँच विस्तार गर्दै विद्युतीय सवारीको बजारलाई थप विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ ।

अटो

नामीको भिगो ई-२ ‘फुल एसयूभी’ बुधबार सार्वजनिक गरिँदै

काठमाडौं । नेपालका लागि डोङफेङ नामीको आधिकारिक आयातकर्ता एमएडब्लू वृद्धि मोटर्सले बुधबार (अगस्ट १९) मा नयाँ नामी भिगो ई-२ सार्वजनिक गर्न…

नाइमा मोबिलिटी एक्स्पोमा ईभी ‘आर्कफक्स टी१’ सार्वजनिक

काठमाडौं । ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ को पाँचौँ दिन बहुप्रतीक्षित प्रिमियम फेमिली क्रसओभर ईभी…

नेपालमा नेक्स्ट जेनेरेसन इलेक्ट्रिक थ्री-ह्विलर ‘सुपर अटो’ सार्वजनिक

काठमाडौं । पूर्णतया इलेक्ट्रिक कमर्सियल भेहिकलमा केन्द्रित भारतीय ब्रान्ड मोन्ट्रा इलेक्ट्रिक आफ्नो पहिलो अन्तर्राष्ट्र…

चेरी वान्डाका ईभी भ्यान, बिना धितो हायर पर्चेज सुविधासहित नाइमा एक्स्पोमा

काठमाडौं  । काठमाडौंको भृकुटीमण्डपमा मंगलबारदेखि सुरु भएको नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा चेरी…

बजाजका दुई विद्युतीय स्कुटर ‘चेतक सी-२५०१’ र ‘सी-३५०३’ सार्वजनिक

काठमाडौं । नाइमा मोबिलिटी एक्सपोमा बजाजले चेतक शृङ्खलाका दुई नयाँ विद्युतीय स्कुटर सार्वजनिक गरेको छ । नेपा…

काठमाडौंमा देखियो चेरी क्यू, नाइमा मोबिलिटी एक्स्पोमा हुनेछ औपचारिक अनावरण

काठमाडौं । बहुप्रतीक्षित विद्युतीय सवारी चेरी ‘क्यू’ आधिकारिक सार्वजनिक प्रदर्शनअघि नै काठमाडौंका…

स्वदेशमै विकसित ‘यात्री पी-टु’ ई-स्कुटर नाडामा सार्वजनिक हुने

काठमाडौं । नेपाली विद्युतीय सवारी बजारमा स्वदेशी ब्रान्डको नयाँ उत्पादन थपिने भएको छ । यात्री मोटरसाइकल्सले व…

याडियाका तीन नयाँ इलेक्ट्रिक स्कुटर सार्वजनिक

काठमाडौं । नेपालका लागि याडिया (YADEA) को आधिकारिक वितरक कुञ्ज नेपाल प्रालिले नयाँ पुस्ताका विद्युतीय स्कुट…

सीजी मोटर्ससँग साझेदारी गर्दै हिरोको ‘भिडा’ नेपालमा, दुई नयाँ ईभी सार्वजनिक

काठमाडौं । हिरोद्वारा सञ्चालित विद्युतीय दुई पाङ्ग्रे ब्रान्ड भिडाले आफ्नो पहिलो अन्तर्राष्ट्रिय बजारका रूपमा नेपा…

टीभीएस मोटरले नेपालमा सार्वजनिक गर्‍यो नयाँ विद्युतीय स्कुटर ‘TVS Orbiter’

काठमाडौं । TVS VENU समूहअन्तर्गतको तथा दुई र तीनपाङ्ग्रे सवारीसाधन उत्पादनमा विश्वव्यापी रूपमा परिचित TVS Mot…

जीडब्लुएम ओरा ५ ले एक महिनामै बनायो प्रिमियम विद्युतीय एसयूभी बजारमा बलियो उपस्थिति

काठमाडौं । नेपालमा औपचारिक रूपमा सार्वजनिक भएको एक महिनामै जीडब्लूएमको प्रिमियम विद्युतीय एसयूभी ओरा-५ ले …

इ.मास ५ सार्वजनिकसँगै देशभर चार नयाँ सोरुम तथा सर्भिस सेन्टर विस्तार

काठमाडौं । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले उत्कृष्ट मूल्यसहित बहुप्रतिक्षि…

प्रोटोन ई मास फाइभ सार्वजनिक, सुरुवाती मूल्य २९ लाख ९९ हजार

काठमाडौं । मलेसियन कार ब्रान्ड प्रोटोनको नयाँ विद्युतीय कार नेपाली बजारमा सार्वजनिक भएको छ । प्रोटोन ई मास फ…

होण्डाले आफ्ना ग्राहकका लागि नि:शुल्क ‘एयरब्याग सेफ्टी रिकल’ सेवा सञ्चालन गर्दै

काठमाडौं । नेपालका लागि होण्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा.लि. ले ग्राहकवर्गको सुरक्षा…

किन BAW Brumby को रियर-ह्विल-ड्राइभ प्रविधि काठमाडौंका साँघुरा सडकका लागि विशेष छ?

काठमाडौं । सात दशकभन्दा लामो अटोमोबाइल इन्जिनियरिङको गौरवशाली इतिहास बोकेको बेइजिङ अटो वर्क्स (BAW) ले अब …