अटो
स्टाइल र पावरको संयोजनसहित भेस्पाको १५० सीसी स्कुटर सार्वजनिक
काठमाडौं । इटालियन स्कुटर ब्रान्ड भेस्पाले नेपाली बजारमा १५० सीसी क्षमताको नयाँ स्कुटर भित्र्याएको छ । नेपालका लागि भेस्पाको आधिकारिक वितरक डेल्टा अटोकर्प प्रालिले भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी (Vespa 150 FI OBD 2 Stage B) सार्वजनिक गरेको हो ।
काठमाडौंको त्रिपुरेश्वरस्थित डेल्टा अटोकर्पको शोरुममा आयोजित विशेष कार्यक्रममार्फत स्कुटर सार्वजनिक गरिएको कम्पनीले जनाएको छ । नयाँ मोडलमा भेस्पाको परम्परागत इटालियन डिजाइनलाई कायम राख्दै थप शक्तिशाली राइडिङ अनुभवमा जोड दिइएको छ ।
भेस्पा आफ्नो मौलिक डिजाइन, आकर्षक बनावट र विशिष्ट पहिचानका कारण विश्वभर परिचित छ । कम्पनीले स्कुटरलाई यातायातको साधनका रूपमा मात्र नभई व्यक्तिगत शैली र जीवनशैलीको प्रतीकका रूपमा समेत स्थापित गर्दै आएको छ । नयाँ १५० सीसी मोडलले यही पहिचानलाई निरन्तरता दिँदै नेपाली बजारमा भेस्पाका विकल्प थप गरेको छ ।
डेल्टा अटोकर्प प्रालिका निर्देशक केतन भिमसारियाले नयाँ मोडलमार्फत भेस्पाको कालजयी इटालियन डिजाइन कायम राख्दै नेपाली ग्राहकलाई थप शक्तिशाली राइडिङ अनुभव उपलब्ध गराउने उद्देश्य रहेको बताए ।
त्यस्तै, कम्पनीका निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत विजय महतोले नयाँ स्कुटरमा इटालियन डिजाइनसँगै आधुनिक प्रविधि र उत्कृष्ट कार्यक्षमतामा जोड दिइएको बताए । नेपालको भौगोलिक बनावट र सहरी यात्रालाई ध्यानमा राखेर ल्याइएको यो मोडलले ग्राहकलाई स्टाइल, आराम र पावरको अनुभव प्रदान गर्ने उनको विश्वास छ ।
महतोले भेस्पाको ऐतिहासिक विरासत र मौलिक पहिचानलाई कायम राख्दै नयाँ १५० सीसी मोडल ल्याउन पाउँदा खुसी व्यक्त गरे । साथै, देशभर विस्तार भइरहेको आधिकारिक बिक्री तथा सेवा सञ्जालमार्फत ग्राहकलाई उत्कृष्ट स्वामित्व अनुभव प्रदान गर्ने प्रतिबद्धता जनाए ।
नयाँ स्कुटरको सार्वजनिक कार्यक्रममा आमन्त्रित अतिथि, शुभचिन्तक तथा भेस्पाका पारखीहरूको उपस्थिति थियो । डेल्टा अटोकर्पले नेपालभर रहेका आधिकारिक शोरुममार्फत नयाँ मोडलका विशेषता र उपलब्धताबारे जानकारी लिन सकिने जनाएको छ ।
नयाँ स्कुटरले इटालियन डिजाइन, विशिष्ट पहिचान र दैनिक यात्राका लागि उपयुक्त विकल्प खोज्ने नेपाली ग्राहकलाई आकर्षित गर्ने कम्पनीको अपेक्षा छ ।
अटो
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान X5000e इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर
काठमाडौं । शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले सान्क्सी अटोमोबाइल ग्रुप (स्याकम्यान) सँगको सहकार्यमा स्याकम्यान X…
भृकुटीमण्डपमा ‘अचम्मैको महा एक्सचेन्ज’ मेला सुरु, टीभीएसका दुई नयाँ मोडल सार्वजनिक
काठमाडौं । जगदम्बा मोटर्स प्रालिले काठमाडौंको भृकुटीमण्डपमा ‘टीभीएस अचम्मैको महा एक्सचेन्ज’ मेला …
हाइपर स्पोर्ट सेगमेन्टमा पहिलो स्कुटर नेपालमा सार्वजनिक
काठमाडौं । नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले १५० सीसी हाइपर स्पोर्ट स्कुटर सेग्मेन्टमा पह…
दशैंमा बजाजको ‘गेम अफ पावर’, बाइक खरिदमा १ लाखसम्म पुरस्कारदेखि च्याम्पियनसँग भेट्ने मौका
काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रा.लि.ले दशैंलाई लक्…
सिप्रदी यात्रीले सार्वजनिक गर्यो नयाँ इलेक्ट्रिक स्कुटर ‘यात्री पी२’ को मूल्य
काठमाडौं । सिप्रदी यात्रीले नेपालमै उत्पादन गरेको नयाँ इलेक्ट्रिक स्कुटर ‘यात्री पी२’ को मूल्य औपच…
हुन्डाईको दसैँ-तिहार लक्षित ‘फेस्टिभ ड्राइभ २०८३’ सार्वजनिक
काठमाडौं । हुन्डाई गाडीको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले दसैँ, तिहार तथा छठ पर्…
पाँच वर्षपछि पनि नेपालमा फोर्डको यात्रा निरन्तर, ग्राहक सेवामा जीओ अटोमोबाइल्सको प्रतिबद्धता
काठमाडौं । भारतमा फोर्डले सवारी साधनको बिक्री तथा उत्पादन बन्द गर्ने घोषणा गरेको पाँच वर्ष पूरा भए पनि नेपाल…
दुई भेरियन्टमा उपलब्ध नयाँ नामी बक्स ई२ को बुकिङ तथा बिक्री खुला
काठमाडौं । नेपालका लागि डोङफेङ नामी इलेक्ट्रिक सवारीसाधनको आधिकारिक वितरक एमएडब्लू वृद्धि मोटर्सले नाडा अटो…
नामी भिगोको विशेष अफर समाप्त, नयाँ बुकिङ एमआरपीमै
काठमाडौं । नेपाली बजारमा सार्वजनिक भएको छोटो समयमै उच्च माग र उत्साहजनक प्रतिक्रिया पाएको नामी भिगो ई२ को र…
स्कोडाद्वारा नेपालमा नयाँ जेनेरेसन कोडियाक सार्वजनिक
काठमाडौं । स्कोडा नेपालको आधिकारिक वितरक एमएडब्लु एक्स्पान्ज प्रालिले नाडा अटो शो २०२६ (भृकुटीमण्डप, काठमाडौं…
भेस्पा र अप्रिलियाद्वारा नाडा अटो शोमा ‘द सेभिङ एक्स्ट्राभ्यागान्जा’ योजना सार्वजनिक
काठमाडौं । नेपालमा भेस्पा र अप्रिलियाका आधिकारिक वितरक डेल्टा अटोकर्प प्रालिले नाडा अटो शो २०२६ लाई लक्षित ग…
यात्रीले सार्वजनिक गर्यो नयाँ विद्युतीय स्कुटर पी-२, तीन भेरियन्टमा उपलब्ध
काठमाडौं । नेपाली कम्पनी यात्रीले नेपालमै निर्माण गरेको नयाँ विद्युतीय स्कुटर पी-२ सार्वजनिक गरेको छ । कम्पनी…
नयाँ नामी बक्स चाँडै आउँदै, नाडा अटो शो २०२६ मा सार्वजनिक हुने
काठमाडौं । नामीले आगामी नाडा अटो शो २०२६ मा नयाँ नामी बक्स सार्वजनिक गर्ने तयारी गरिरहेको छ । सन् २०२४ मा …
वीरगञ्जमा प्रोटोनको ११ औँ सोरुम शुभारम्भसँगै ‘द अल-न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
काठमाडाैं । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले मधेश प्रदेशको प्रमुख व्यापारिक…
टोयोटा विजय उत्सव सुरु हुँदै, दशैंसम्म आकर्षक अफर
काठमाडौं । टोयोटा नेपालले नेपालीहरूको महान् पर्व दशैंलाई लक्षित गर्दै भोलि अगस्ट २४ देखि ‘टोयोटा विजय…