कीवर्डहरू -

ग्याजेट्स

२५ मेगापिक्सेल फ्रण्ट क्यामेरा सहितको एफसेवेन सार्वजनिक गर्ने ओपोको तयारी

सेल्फी एक्स्पर्ट एण्ड लिडर, ओपोले आफ्नो सेल्फी एक्स्पर्ट सिरिजमा आर्टिफिसियल ईन्टेलिजेन्सी (एआई) सुविधा सहितको  नयाँ स्मार्टफोन एफसेवेन सार्वजनिक गर्ने तयारी गरेको  छ ।

नवप्रबर्तनात्मक प्रविधिमा केन्द्रित नयाँ ओपो एफसेवेनमा नेपाली यूवा माझ रहेको सेल्फी एक्स्पर्ट एण्ड लिडरको छवी अझ सुदृढ बनाउन अन्य अत्याधुनिक सुविधाहरुपनि समाहित गरिएको कम्पनीले जानकारी दिएको छ । मितिको घोषणा भइ नसकिएतापनि कम्पनीका अनुसार अप्रिल महिना भित्रै फोन सार्वजनिक गरिने छ ।

सेल्फीलाई थप वास्तविक, प्राकृतिक र ब्यक्तिगत तवरमा आकर्षक बनाउने सोचका साथ ओपोले एफफाइभको माध्यमबाट एआई ब्यूटी रेगक्निशन प्रविधि सार्वजनिक गरेको थियो । यसलाई थप परिस्कृत गरी ओपो एफसेवेनमा दोस्रो पुस्ताको एआई ब्यूटी २.० उपलब्ध गरिएको छ । फोनमा रियल टाइम हाई डायनामिक रेञ्ज (एचडीआर) प्रविधि सहित २५ मेगापिक्सेल क्षमताको फ्रण्ट क्यामेराको प्रयोग गरिएको छ ।

यसमा एआई ब्यूटी २.०, कभर सट र अगुमेन्टेड रियालिटी (एआर) स्टिकर्सपनि उपलब्ध गरिएको छ । नयाँ ओपो एफसेवेनले सेल्फीको गुणस्तरलाई नयाँ आयाम दिने मात्र नभइ सेल्फी लिने प्रकृयालाई थप रमाइलो र रोचक बनाउने छ ।

\"\"
२५ एमपी फ्रण्ट क्यामेरा
२५ एमपी एआई ब्यूटी फ्रण्ट क्यामेरा र रियल टाइम एचडीआर प्रविधिका कारण ओपो एफसेवेनद्वारा खिचिएका फोटो उज्यालो तथा छायाँ परेको स्थान दुबै अवस्थामा चहकिलो तस्विर सम्प्रेषण गर्न सकियोस् भन्ने सोचका साथ उच्च ल्यूमिनेन्स रेञ्जको ब्यवस्था गरिएको छ । त्यसैगरी तस्विरलाई थप विस्तृत, चहकिलो र जीवन्त बनाउन यसमा पिक्सेलको कन्ट्राष्ट र कलर रेञ्जमा समेत बृद्धि गरिएको छ ।

सेन्सर एचडीआर प्रविधि
नयाँ फोनमा उद्योगकै पहिलो सेन्सर एचडीआर फिचर ईनब्यूल्ट रुपमै समाहित गरिएको छ । उत्कृष्ट सेल्फी सहज रुपमा लिन सघाउने उक्त प्रविधि ओपो एफसेवेनमा डिफल्ट फिचरका रुपमा समाहित गरिएको छ । सामाजिक सञ्जाल लगायतमा आफ्ना तस्विर राख्न अत्यधिक रुचाउने यूवा जमातका लागि आवश्यकता अनुसार प्रकाश समायोजन गरी तिब्र गतिमा तस्विर परिमार्जनमा सघाएर उत्कृष्ट तस्विर पोष्ट गर्न सघाउँछ । साथै, यो फिचर तस्विरका साथै भिडियोका लागि पनि प्रयोग गर्न सकिन्छ ।

ग्याजेट्स

नोकिया ८ 

विश्व प्रसिद्ध मोवाईल कम्पनि नोकियाकोे नोकिया ८ अब नेपाली बजारमा आईसकेको छ । यो हाई पर्फमेन्स भएको नोकिया पहिलो नयाँ जेनेरेसन स्मार्टफोन हो ।

एचटिसी ड्जाइर १० प्रो 

एचटिसी विश्वमा कहलिएको नामुद स्मार्टफोन कम्पनी हो । नेपालमा भने यसले तहल्का पिट्न नसकेपनि ब्राण्ड खोजेर किन्नेहरुको लागि यो राम्रो अप्सन हो । अहिले नया वित…

मिडरेन्ज स्मार्टफोन - हुवावे नोभा टु आइ

चिनियाँ मोबाइल उत्पादक कम्पनी हुवावेले गत महिना अन्तर्रा्ष्ट्रिय बजारमा सार्वजनिक गरेको फोन ‘नोभा टु आइ’ नेपाली बजारमा भित्रिएको छ ।  यसमा प्रयोग भएको हुव…

वानप्लस ५ टि अब नेपालमा, ८ जीबीको र्याम र २० मेगापिक्सलको क्यामेरा

वानप्लसले आफ्नो प्रिमियम फ्ल्यागशिप स्मार्टफोनहरु मध्येको सबैभन्दा पछिल्लो स्मार्टफोन ‘वानप्लस ५ टि’सार्वजनिक गरेको छ । 

‘वानप्ल…

ओप्पोले ल्यायो फेस अनलक फिचर सहितको ५.७ इन्च डिस्प्ले भएको नयाँ मोडेल ओप्पो ए८३

ओप्पोले नयाँ मोडेलको स्मार्टफोन ओप्पो ए८३ चाईनामा लन्च गरेको छ । यो फोनमा फेस अनलक फिचर आकर्षणको केन्द्र रहेको छ र साथमा यसको डिस्प्ले १८:९ एस्पेक्ट रेसियोको …

ओप्पोले सार्बजनिक गर्यो 20 एमपी सेल्फि क्यामेरा सहितको ए ७५ र ए ७५ एस

छोटो समयमानै स्मार्टफोनको बजारमा धेरै राम्रो छवि बनाउन सफल स्मार्टफोन कम्पनि ओप्पोले अहिले सम्म  धेरै फोनहरु सार्बजनिक गरिसकेको छ ।यहि क्रमलाइ निरन्तरता दि…

सामसङले  अब ग्यालेक्सी जे २ (२०१८) सार्बजनिक गर्ने तयारीमा

 केहि समय अघि मात्रै सामसङ ग्यालेक्सी ए ८ (२०१८) र ए ८ प्लस(२०१८ ) जस्ता स्मार्ट फोनहरु सार्बजनिक गरेको सामसङ कम्पनिले अब चाँडैनै&nbs…

अनरले  सार्बजनिक गर्यो चार वटा क्यामेरा सहितको स्मार्टफोन \'अनर ९ लाइट\'

हुवावेको सब-ब्रान्ड अनरले आफ्नो बहुप्रतिक्षित स्मार्टफोन अनर ९ लाइट चीनमा सार्बजनिक गरेको छ । उक्त फोनमा मुख्य आकर्षणको केन्द्रनै २ वटा सेल्फी र २ वटा रियर क्य…

सामसङले लन्च गर्यो नयाँ स्मार्टफोन ग्यालेक्सी ए ८ र ग्यालेक्सी ए ८ प्लस

सामसङ कम्पनिले २०१७ को डिसेम्बर १९ मा  ए सिरिजको बहु – प्रतिक्षित स्मार्टफोन  ग्यालेक्सी ए ८ (२०१८ ) र ग्यालेक्सी ए ८ प्लस  (२०१८ ) लन्च गरेको छ ।नयाँ सामसङ…

शाओमीको एमआइ ए१ अब नेपाली बजारमा

नेपाली बजारमा छोटो समयमानै आफ्नो छबि स्थापना गर्न सफल मोबाइल कम्पनि शाओमीले धेरै प्रकारका स्मार्टफोनहरु सार्बजनिक गरिरहेको छ ।उक्त  क्रमलाई निरन्तरता दि…

नेपाली स्मार्टफोन बजारमा आइभुमी मोबाइल

विश्वको ७ भन्दा बढि देशहरुमा आफ्नो उपस्थिति जनाइसकेको चाइनिज मोबाइल कम्पनी आइभुमिले नेपालमा पनि आफ्नो पाइला राखेको छ । नेपालको प्रसिद्द व्यापारिक घराना श…

ओपोद्वारा ६ जीबी र्यामको \'एफफाइभ रेड एडिशन\' सार्वजनिक

नेपाली बजारमा एफफाइभ सार्वजनिक गरी आफ्नो परिचय सेल्फी एक्स्पर्ट तथा लिडरका रुपमा स्थापित गरेको ओपोले एफफाइभ अन्तर्गत नै पूणः नयाँ मोडल ओपो एफफाइभ सिक्स जी…